काठमाडौँ — कान्तिपुरकर्मी सुदीप कैनीमाथि सांघातिक आक्रमण भएको छ । गोरखा र तनहुँको सीमामा पर्ने मर्स्याङ्दी नदीमा बिना टेण्डर बालुवा उत्खनन भइरहेको समाचार संकलनमा जाने क्रममा आबुखैरेनीमा उनीमाथि सांघातिक आक्रमण भएको हो ।
उनको गर्धनमा चोट लागेको छ । यस्तै उनको साथमा रहेको क्यामरा र मोबाएल समेत आक्रमणकारीले फुटाएका छन् । आक्रमणकारीले उनी माथि हमला गर्दै उनले खिचेका तस्बिरहरु मेटाउन लगाएर क्यामरा तोडफोड गरेका थिए ।
घटनाबारे फोनमा जानकारी गराउँदै उनले भने, ‘म ठिक छु, मेरो क्यामरा फुटाइदिएका छन् । म भागेर प्रहरी कार्यालय गएर जोगिएको हुँ । तनहुँ तर्फको प्रहरी कार्यलयले कुनै वास्ता नगरेपछि मैले गोर्खा तर्फको प्रहरी चौकीमा आएर साथीहरुलाई खबर गरेको थिएँ ।’
आक्रमणकारीको पहिचान भईसकेको जानकारी दिंदै प्रहरीले खोजी कार्य सुरु गरिएको दाबी गरेको छ ।
ekantipur




















