×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नम्की-सिरानडाँडाः टहरोभित्र लुकेको संवृद्धि

  •  
  • सोमबार, माघ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल अजिरकोट

    (गोरखा) माघ १ । गोरखाको अजिरकोट गाउँपालिकास्थित सिम्जुङमा झुरुप्प परेका दुइवटा गाउँ छन्, नम्की र सिरानडाँडा। यो बस्तीमा तामाङ समुदायको बाहुल्यता छ। स्थानीय खानीबाट झिकेको ढुङ्गाले छाएका चिटिक्कका घरहरु ०७२ को भुइँचालोले भत्केपछि यहाँका बासिन्दा जस्तापाताले छाएको, बारेको टहरोमा बस्दै आएका छन्।

    यहाँ तामाङ सेलो, तामाङ संस्कृति, मनास्लु, हिमालचुली, गणेश, बौद्धलगायत हिमश्रृंखलाको मनोरम दृश्य तथा सुर्योदय र सुर्यास्तको दृश्य बढो मनमोहक देखिन्छन्। सिरानडाँडास्थित चिया बगान आन्तरिक र बाह्य पर्यटकलाई गाउँसम्म तान्ने अर्को आकर्षण बनेर उभिएको छ ।

    नम्की–सिरानडाँडाका बासिन्दासंग बास बस्ने गतिलो घर नभएर के भयो? पाहुनालाई न्यानो स्वागत गर्ने र स्थानीय परिकारहरुको स्वाद चखाएर यही बसुँबसुँ लाग्ने बनाउन सक्ने मन र खुवी छ। मकै, भटमास, लप्सी र सिलामको अचार, कोदोबाट बनाएको रक्सी, लोकल कुखुरा होमस्टेमा बसोबास गर्ने पाहुनाले खान पाउँछन्।

    हिउँदको चिसोमा बिहानैदेखि लाग्ने पहारियो घामले यहाँको वातावरण न्यानो बनाउँछ भने गर्मीयामको सितलताले लोभिएर पाहुनाहरु यहाँ पुग्छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक रात बसेको तथा खाएको पैसा धेरै छैन। एक हजार रुपैयाँमा मज्जासंग खानबस्न पुग्ने होमस्टे संचालकहरु बताउँछन्।

    सिरानडाँडाकी ३९ वर्षीय तुलसा तामाङ गाउँमा होमस्टे प्रबद्र्धन गर्दै पर्यटक भित्र्याउन केही वर्षदेखि तल्लिन छिन्। उनकै सुझावमा सिरानडाँडाका तीन वटा घरमा तथा नम्कीका १२ वटा घरमा होमस्टे संचालनमा आएको हो। नम्कीमा होमस्टे संचालनका लागि भूकम्प अघि हरियो बनको सहयोगमा एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। तर भूकम्पले ध्वस्त बनाएपछि नयाँ व्यवस्थापनका साथ होमस्टे चलाउन नम्कीबासीलाई दुई वर्ष लाग्यो।

    नम्कीबासीले घर बनाउन सरकारी अनुदान पाएनन्। अर्को एक गैरसरकारी संस्थाले तीन लाखका दरले खर्च गरी ४२ वटा जस्ताकै छानो जस्ताकै गारो भएका भूकम्प प्रतिरोधी ट्रस जस्ता घरहरु बनाइदिएको छ। यही घरका एक–एक कोठामा दुई जना पाहुना राख्ने गरी होमस्टे संचालन गरिएको हो।

    होमस्टे संचालक मीरा तामाङका अनुसार नम्कीमा २० जना पाहुना राख्न सकिन्छ । सुन्दर हिमश्रृंखला, ढुङ्गा खानी, लालीगुरास, स्थानीय स्तरमा उत्पादन हुने परिकार, नागेपोखरी र दूधपोखरी हेर्न नम्कीमा बसोबास गर्न आउँदा उपर्युक्त हुन्छ । यहाँका किसानहरु व्यवसायिक अलैंची खेती र भुइँस्याउ खेतीतर्फ आकर्षित भएका छन् जसबाट उनीहरुले मनग्य आम्दानी लिने गरेका छन्।

    कच्ची सडक सुविधा पुगेको यस गाउँका घरघरमा मिटर प्रणालीअनुसार खानेपानी सुविधा व्यवस्थापन गरिएको छ। कुहिने फोहोरलाई मल बनाउने तथा नकुहिने फोहोरलाई गाउँलेले व्यवस्थापन गरेका छन्। भूकम्पपछि तहसनहस भएको होमस्टे पुनःसंचालनमा ल्याउन भने अक्सफाम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा एकिकरण नेपालले सहयोग गरिरहेको छ।

    होमस्टे अझै गुणस्तरीय बनाउन अक्सफाम र एकिकरणले नम्की–सिरानडाँडाका गरी ७ जना र ताक्लुङ, केरौंजा, उहियालगायत क्षेत्रका अरु १५ जनालाई होमस्टे तालीम दिइरहेको छ। नेशनल इष्टिच्युट अफ स्टडिज एण्ड अपरेशन काठमाण्डौंका डाइरेक्टर अजितकुमार आचार्य नेतृत्वको प्रशिक्षकहरुले गृहणीहरुलाई होमस्टे व्यवस्थापन र स्वादिलो परिकार तयार पार्ने तालीम दिइरहेका छन्।

    होमस्टे संचालक चन्द्रमाया तामाङका अनुसार होमस्टे संचालनपछि गृहणीहरुलाई पैसाको हर्ज हुन छाडेको छ। घरव्यवहार चलाउन सजिलो भएको छ भने छोराछोरी पढाउन सहज भएको छ। नम्की र सिरानडाँडाको मध्य क्षेत्रमा एभरेष्ट लर्निङ एकेडेमी (इएलए) खुलेको छ। आमाबाबु गुमाएका अनाथ बालकहरुलाई यस भवनमा आवासीय सुविधा दिएर राख्नुका साथै उनीहरु सबैलाई पठनपाठनको व्यवस्थापन गरिएको छ।

    इएलएमा बसेर अनाथ बालकहरुको सेवा गर्दै आएका कृष्णप्रसाद धिताल भन्छन्, ‘बिरौटाका १२ वर्षे प्रेम गुरुङ, सिरानडाँडाका १३ वर्षे सुनिल तामाङ, घ्याच्चोकका रोजन श्रेष्ठ, नेपाने गाउँका ८ वर्षे रोजेश श्रेष्ठलाई निःशुल्क आवास, पठनपाठनमा सहयोग गर्दै आइएको छ।’ इएलएले तनहुँ र चितवनमा पनि यस्तै सेवा दिइरहेको छ। अनाथ बालकहरुलाई खानपान र उनीहरुले पढेजति पढ्न सहयोग गर्ने संस्थाको लक्ष्य रहेको उनले बताए।

    एकिकरण नेपालका कार्यक्रम संयोजक तुलसी धिताल भन्छन्, ‘नम्की–सिरानडाँडा पर्यटकीय क्षेत्रमा होमस्टे संचालनमा ल्याउन सजिलो थिएन। जनचेतना अभिबृद्धि गर्नुका साथै यहाँको संस्कार, संस्कृति ब्यबस्थापन गरी पाहुनालाई न्यानो स्वागत, सत्कार गर्न संस्थाले सहयोग गरेको हो। होमस्टे व्यवस्थापनका लागि आर्थिक सहयोग पनि भएको छ।’

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.