गोरखा समाचारदाता
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्वअध्यक्ष एवं पूर्व सांसद डा. बाबुराम पोखरेलको ६३ वर्षको उमेरमा निधन भएको छ । घरमै आराम गरिरहेका बेला बिहान श्वास फेर्न असजिलो भएपछि अस्पताल लैजांदै गर्दा उनको निधन भएको हो ।
केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्किएका पोखरेल लामो समयदेखि मधुमेह र मुटु रोगको बिरामी थिए । श्रद्धाञ्जलीका लागि पोखरेलको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि भीएस निकेतन स्कूलमा राखिने प्याब्सनले जनाएको छ । उनी भीएस निकेतन स्कुलको संस्थापक समेत हुन् ।
तात्कालिन जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद निर्वा्चित पोखरेलका २ छोरा र एक श्रीमती छन् । पोखरेलको शव नर्भिक अस्पतालमा राखिएको छ ।
विस २०११ कात्तिक १० गते गोरखाको छोप्राकमा जन्मिएका पोखरेल चार दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल थिए ।


