गोरखा समाचारदाता
पुस २१ गते । भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी गरेको भन्दै संयुक्त सर्घष समितिले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । हाल गाँउपालिकाको केन्द्र रहेको वडा नम्बर ४ बगुवाबाट वडा नम्बर १ स्थित घ्याम्पेसालमा सार्ने तयारी भएसगै आन्दोलन चर्किएको हो ।
कार्यालयमा ताला लागेसंगै दैनिक कामकाजमा समेत समस्या भएको छ । बिहिबार दिउँसो सर्घष समितिको टोली पुगेर गाउँपालिकाको कार्यालयमा ताला लगाएको समितिका सदस्य शंकर बि.क.ले जानकारी दिएका छन् । केन्द्र सार्न लागेको आरोपमा समितीले गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलको कार्य कक्षमा ताला लगाएका हुन् । आज बस्ने मन्त्री परिषद्को बैठकले भिमसेन गाँउ पालिकाको केन्द्र सार्ने निणर्य गर्ने बताइएको छ । सर्घष समितिका संयोजक समेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले गाउँपालिका अध्यक्ष पाण्डेले किर्ते माइन्युट बनाएर संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयमा पेश गरेको आरोप लगाएका छन् ।
गत कात्तिक १९ गते गाउँपालिकाको बैठकमा बगुवाबाट घ्याम्पेशाल केन्द्र सार्न बहुमतले गरेको निर्णयको माइनुट पुस्तिका च्यात्ने प्रयास हुदा झडप समेत भएको थियो । केन्द्र सार्न निर्णय नै नभई अध्यक्ष पाण्डेले मन्त्रालयमा पेश गरेको संघर्ष समितीका संयोजक श्रेष्ठले आरोप लगाएका छन् । ‘अध्यक्षले मन्त्रालयमा पेश गरेको निणर्यको प्रतिलिपि मैले फेला पारेको छु निर्णय नै नभएको एजेण्डालाई अध्यक्षले किर्ते गरेको अध्यक्ष ज्यूले किर्ते गरेर निर्णय भएको भनेर मन्त्रालयमा पेश गर्नुभएको छ ।’ निति नियम मिचेर एकलौटी हिसाबले केन्द्र सार्न लागिएको असन्तुष्टहरुको आरोप छ ।
यता अध्यक्ष पाण्डेले भने कानून अनुसार नै उक्त काम भएको बताएका छन् । कार्यपालिकाको बहुमत सदस्यले उक्त निर्णय गरेको भन्दै उनले आफ्ना असन्तुष्टिहरुलाई विधि र प्रक्रिया मार्फत प्रस्तुत गर्न आग्रह गरेका छन् । ‘उहाँले जनताको सेवा गर्न रोकेर कानून मिच्नु भएको छ, हामी कार्यालय खुलाएर काम गछौं’ पाण्डेले भने । निर्वाचन अघि देखि चर्किएको विवाद उत्र्कषमा पुगेपछि विहीबार ताला लागेको हो । असन्तुष्ट पक्षले बुधबारप्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
केन्द्र विवादले भिमसेनको कामकाज ठप्प
केन्द्र विवादले भिमसेनको कामकाज ठप्प
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


