मोहसिन अलि मियाँ/गोरखा
सिराञ्चोक गाँउपालिका ४ चोरकाटेमा नेतृत्व, पैरवी तथा न्याय र सुरक्षा सम्वन्धि तालिम सम्पन्न भएको छ । डिएफआइडीको सहयोग र केएर नेपाल र स्वारा सघन गाँउ विकास केन्द्रको साझेदारीमा तालिम सम्पन्न भएको हो ।
निश्पक्ष तथा समतामुलक न्यायमा पहुँच सुदृढिकरण परियोजना अन्तरगत भएको चार दिने तालिममा परियोजना संग सम्वन्धित सामुदायिक न्याय स्रोत व्यक्तिहरु, प्रहरी न्याय स्रोत व्यक्तिहरु, वडा अध्यक्षहरु र सिराञ्चोक गाउँपालिकाको कार्यपालिका सदस्य गरि २६ जनाकोे सहभागिता रहेको थियो । नेतृत्वको परिभाषा, पैरवीको अर्थ ,पैरवी योजना निर्माण, मौलिक हक घरेलु हिंसाका बारे जानकारी गराइएको थियो ।
त्यस्तै वालविवाह, वहुविवाह, यौनजन्य दुरव्यवहार, वोक्सी, जातिय भेदभाव तथा छुवाछुत सम्वन्धि रहेका कानुनी प्रावधान तथा सामुदायिक सुरक्षा सम्वन्धि विषयहरुमा छलफल भएको परियोजना अधिकृत अमृत तामाङले जानकारी दिएका छन् ।
संस्थाले यस परियोजना अन्तरगत पालुंटार नगरपालिका, मसेल, ताकुकोट, बारपाक जौवारीमा समेत यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।


