गोरखा समाचारदाता
गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ८ को बोलाङमा बिहीबार दिउसो ट्याकटर दुरघटना भएको छ । दुरघटनामा परी भिमसेन गाउँपालिका ५ का सहचालक २२ बषिय दिपक दानकोटी गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बोरलाङको महादवेटारमा ग. १ त २४१९ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घ टनामा परी ट्याक्टरमा सवार भिमसेन गापा ८ का ९ बर्षका सन्दिप रोका घाइते भएका हुन् । घाइते मध्ये सह चालकको अबस्था गम्भिर भए पछि दुवैजनालाई उपचारको लागि राजधानीको अस्पताल लगिएको ।

घटना लगत्तै स्थानियले घाइतेलाइ उद्वार गरेको थियो । घटना पछि बोर्लाङ प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थालमा पुगेका थिए ।
तस्बिर बासु थापाको फेसबुक वालबाट कपी गरीएको हो




















