×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

झुपडीमा स्कुल : २७ महिनादेखि शिक्षकले पाएनन् तलब

  •  
  • बिहिबार, पुष १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • सामुदायिक स्कुलका दुःख

    महेश केसी

    रुकुम पश्चिम : कुनै कारण स्रोत अभाव भएमा एउटा व्यक्तिले कति समयसम्म बिना तलब काम गर्ला? केही दिन? हदै भए केही महिना? तर रुकुम पश्चिममा एउटा यस्तो विद्यालय पनि छ जहाँ कार्यरत शिक्षकले २७ महिनादेखि तलब पाएका छैनन्।

    रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पेउघामा रहको श्री शुभप्रभात आधारभूत विद्यालयमा निजी तहबाट भर्ना गरिएका पाँच जना शिक्षकले विगत २७ महिनादेखि बिना तलब काम गरिहेका छन्। ११ वर्ष अघि २०६३ सालमा जिल्ला शिक्षा कार्यालय रुकुमबाट पठनपाठन सञ्चालन अनुमति पाएको यो विद्यालय अभिभावकको सहयोगमा ९ वर्ष जसोतसो चलाए पनि प्राविबाट निमावि बनाएपछि स्रोत साधन अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर खड्काले बताए।

    ‘गाउँका साना विद्यार्थीहरूलाई हिँडेर टाढा जान गाह्रो भएपछि समुदायको अग्रसरतामा विद्यालय स्थापना गरिएको हो। पहिले जसोतसो चलायौँ, कक्षा थपिएपछि भार थपियो र अहिले सञ्चालन गर्न गाह्रो भयो’, विद्यालय स्थापनाको उद्देश्यबारे अध्यक्ष खड्का भन्छन्, ‘अर्को विद्यालय जान भिरको बाटो आधा घण्टा हिँड्नुपर्छ, आउन जान गाह्रो छ।’

    कक्षा ८ सम्म पठनपाठन रहेको विद्यालयमा राहत कोटाबाट प्राथमिक तहका सर्वजित खड्का प्रधानाध्यापक छन् भने राहत कोटाकै एक बाल शिक्षिका छन्। अन्य पाँचजना शिक्षक निजी कोटाबाट प्रावि तहमा कार्यरत छन्। प्रावि तहका शिक्षकलाई निमाविसम्मलाई पढाउने बाध्यता त छ नै, २७ महिनादेखि तलब नपाउनुको पीडा पनि छ।

    ‘आफ्नै गाउँको विद्यालय भनेर समुदायकै अनुरोधमा पढाउन थालेको थिएँ। पहिले–पहिले त जसोतसो तलब पाइएको थियो’, शिक्षक नरेन्द्र कुमार खड्का भन्छन्, ‘मासिक १० हजार रुपैयाँका दरले दुई लाख ७० हजार पाउन बाँकी छ।’ खड्कासहित अन्य शिक्षकको पनि अवस्था उस्तै छ।

    समुदायको सहयोगमा प्राथमिक तह जसोतसो चलेको विद्यालयलाई निमावि बनाएपछि शिक्षकको तलबको समस्यामात्र थपिएन, भौतिक अवस्था पनि नाजुक बनेको छ। २०६५ मा जिल्ला शिक्षा कार्यालयको बजेटबाट निर्माण भएको दुई कोठे कच्ची भवन जीर्ण भइसकेको छ भने जनश्रमदानबाट बनाइएको अर्को कच्ची भवन पनि कक्षा चलाउन लायक छैन।

    तीनवटा भवनमा जम्मा ६ वटा कोठा छन् जहाँ एउटामा कार्यालय, अर्कोमा स्टोर र बाँकी चारवटा कोठामा कक्षा चलाउनुपर्ने बाध्यता छ। १६२ जना विद्यार्थी रहेको विद्यालयमा शिशु कक्षादेखि कक्षा दुई सम्मका तीनवटा कक्षाका विद्यार्थीहरूलाई एउटै कोठा बारेर सँगै पढाइएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्का न विद्यालय बन्द गर्न सक्ने न चलाउन सक्ने अवस्थामा पुगेको बताउँछन्। विद्यालयको अवस्था सुधारका लागि शिक्षा कार्यालयसहित सरोकारवाला निकायहरूमा हारगुहार गरे पनि यो विद्यालयले कुनै सहयोग पाएको छैन।

    रुकुमका जिल्ला शिक्षा अधिकारी कर्ण कवँर नयाँ संविधानले शिक्षा सम्बन्धी सबै अधिकार स्थानीय तहलाई दिएको प्रतिक्रिया दिन्छन्। तर स्थानीय तहका आफ्नै समस्या छन्। त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती यस्ता समस्या अन्य विद्यालयहरूमा पनि देखिएकोले समाधानका उपायमा छलफल चलिरहेको बताउँछन्।

    ‘हामी निरन्तर छलफलमा छौँ। गाउँपालिका भित्रका सबै विद्यालयलाई आफ्नो अवस्था यथार्थ प्रतिवेदनसहित उपस्थित हुन अनुरोध गरिएको छ’, गाउँपालिका प्रमुख घर्ती भन्छन्, ‘स्रोत साधनको अभावमा रहेका विद्यालयहरूलाई गाभ्ने (मर्ज गर्ने) सम्मको विकल्पमा छलफल भइरहेको छ।’

    विगतमा बिना मापदण्ड विद्यालय सञ्चालनको अनुमति दिइएकाले अहिले व्यवस्थापनमा चुनौती आएको घर्ती बताउँछन्। ‘मापदण्ड बिना नै जथाभावी विद्यालय सञ्चालनको अनुमति दिइएको परिणाम अहिले देखिएको छ’, उनी भन्छन्, ‘समस्या समाधानका विकल्पमा हामी गम्भीर भएर लागेका छौँ।’

    कक्षा दुई, शिक्षक एक

    रुकुम पूर्वको प्रस्तावित जिल्ला सदरमुकाम रुकुमकोटको एउटा विद्यालयमा एक शिक्षकले दुईवटा कक्षा सञ्चालन गरिरहेका छन्। सिस्ने गाउँपालिका वडा नम्बर ५ दुरिल्ला गैरामा रहेको सहिद स्मृति आधारभूत विद्यालयमा अस्थाई छाप्रो निर्माण गरी कामचलाउ ढंगले पठनपाठन भइरहेको छ।

    २७ जना विद्यार्थी रहेको यो विद्यालयलाई २०६८ सालमा कक्षा २ सम्म पठनपाठन गर्न शिक्षा कार्यालयले अनुमति दिएको थियो। विद्यालयका लागि आवश्यक भौतिक अवस्था समेत नहेरी हचुवाका भरमा शिक्षा कार्यालयले अनुमति दिदाँ यस्तो अवस्था आएको हो।

    विद्यालयकी एक मात्र शिक्षिका गंगा थापा अस्थाई छाप्रोमा दुई वटा कक्षाका विद्यार्थीलाई कुनै बेला सँगै राखेर त कुनै बेला आलोपालो पढाइरहेकी छन्।  ‘अर्को स्कुल जान भिरको बाटो हुँदै एक घण्टा हिँड्नुपर्ने भएकोले यहीँ स्कुल खोलिएको हो’, थापा भन्छिन्, ‘६ वर्षदेखि मासिक पाँच हजारमा पढाउँदै छु।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.