कैलासबावु श्रेष्ठ/गोरखा
पुस १० गते । गएको मंसिर १० गते भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट हार ब्यहोरेका माओवादीका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्रि नारायणकाजी श्रेष्ठले आफ्नो हारको बिषयमा मुखै खोल्न चाहेन ।
निर्वाचन सम्पन्न भएको १ महिना पछि सनिबार गोरखा सदरमुकाममा चुनाव तथा आन्तरीक छलफलका लागि गोरखा आइ पुगेका श्रेष्ठले आइतबार बिहान पत्रकार सम्मेलनमा ‘गोरखा क्षेत्र नम्बर दुईका हामीलाइ चयन नगर्नु नै हाम्रो हार हो’ भन्दै हारको आन्तरीक कारण भने खोल्न चाहेनन । पत्रकारहरुले दोहरयाइ दोहरयाए उही प्रश्न राखे पछी भने श्रेष्ठले ‘हामी आन्तरीक छलफलमा छौ’ भन्दै जवाफ दिएर टारेका थिए ।

‘मेरो जित हारको बिषयमा हाम्रो पार्टीको अध्यक्ष ज्यूको बढी चासो थियो । हाम्रा सबै साथीहरु जिताउन लाग्नु भएको हो । म सबैलाई धन्यबाद दिन चाहान्छु’ भन्दै नेता श्रेष्ठले ‘हाम्रो केही कमीकमजोरीहरु छन । हामी आन्तरीक छलफल गर्दै छौ’ भने ।
प्रतिनिधी सभाका लागि गोरखा क्षेत्र नम्बर २ बाट टिकट पाए लगत्तै श्रेष्ठका बिरुद्वमा पार्टी भित्रैका केही परिचीत ब्यत्तीहरु उनलाइ हराउन लागि परेका थिए ।
पत्रकारहरु संग बाम एकता संगै पार्टी एकताको बिषयमा बोल्दै श्रेष्ठले मंगलबार वा बुधबार सम्ममा पार्टी एकताको बिषयमा राजधानीमा बैठक हुने बताए ।


