मोहसिन अलि मियाँ/गोरखा
पुस ९ गते । जिल्लाको गण्डकी गाँउपालिकामा रहेको गाँउबालसंरक्षण समितीको क्षमताअभिबृद्धि सम्बन्धिदुइदिने तालिम सम्पन्नभएको छ । युनिसेफ नेपालको सहयोगमाबाल स्वास्थ्य र वाताबरण बचाउ समाज (चेस) गोरखाको आयोजनामातालिम सम्पन्नभएको हो ।
गण्डकी गाँउपालिकाका ८ वटा वडाहरुमा रहेकाबाल संरक्षण समितीहरुकापदाधिकारीको क्षमता अभिबद्धि गर्ने उदेश्यले बाल संरक्षण सम्बन्धि योजनातर्जुमागोष्ठी भएको चेस गोरखाकीकार्यक्रम संयोजक रचना सापकोटाले जानकारी दिएकी छिन् ।
गोष्ठीमा गण्डकी गाँउपालिकाकीउप–प्रमुखललिताअधिकारी, वडा सचिवहरु, स्वास्थ्यचौकीकाकर्मचारीको सहभागिता रहेको थियो । साथै वडामा रहेकागाँउबाल संरक्षण समितीका संयोजकहरु, सदस्यहरु, वडा सदस्यहरु लगायत सहभागिभएको संयोजक सापकोटा बताउछिन् ।
समुदायमाहुने बाल हिंसा, बाल र्दुव्यवहार, यौन शोषण, बालश्रम र यसको रोकथामकाबिषयमा छलफल भएको थियो । त्यस्तै बाल संरक्षण सम्बन्धि राष्ट्रिय तथाअन्तराष्ट्रिय ऐन, कानुनको समेत सहभागिहरुलाई जानकारी गराइएको चेस गोरखाले जनाएको छ । दुई दिने गोष्ठीको चेस नेपालका संस्थापकएवमबालअधिकारकर्मी राजकुमार पाण्डेले सहजिकरण गरेकाथिए ।
संस्थाले युनिसेफको सहयोगमाजिल्लाको साविकको १६ गाविस र एक नगरपालिकामाजोखिममा परेकाबालबालिकाको संरक्षणका निम्तीकार्यक्रम सञ्चालनगर्दै आएको छ ।


