×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘समझदारी र आवश्यकताअनुसार आलोपालो नेतृत्व हुन्छ’

  •  
  • आइतबार, पुष ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — अहिले मन्त्री को हुने मुख्य प्राथमिकताको विषय होइन । प्राथमिकता हामीले कस्तो टिम बनाउँदा जनताको अपेक्षा गरेअनुसार दौडन सक्छौं भन्ने हो । त्यहीअनुसार मन्त्रीको टिम बनाउने हो । अब भागबन्डा गरेर मात्र पुग्दैन ।

    रुकुम (पश्चिम) बाट ठूलो मतान्तरसहित प्रतिनिधिसभामा विजयी माओवादी केन्द्रका नेता एवम् निवर्तमान गृहमन्त्रीजनार्दन शर्मा चुनावअघि वामपन्थी गठबन्धन निर्माणमा सक्रिय सूत्रधारमध्येमा पर्छन् । उनी अब एमाले र माओवादीबीच एकीकरण हुनेमा ढुक्क छन् । राष्ट्रिय सभा गठनको विवाद राजनीतिक ढंगले छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ छ । शनिबार कान्तिपुरसँगको कुराकानीमा उनले अब बन्ने वामपन्थी सरकारले पाँच वर्षका लागि नीति तथा कार्यक्रम बनाउने सुनाए । शर्मासँग कान्तिपुरका दुर्गा खनाल र गंगा बीसीले गरेको कुराकानी :
    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकियो तर परिणाम घोषणामै अहिले विवाद भइरहेको छ, यसको कारण के हो ?
    निर्वाचन आयोगले परिणाम घोषणा गर्न गृहकार्य गर्दै होला । आजसम्म ठीकै छ तर अब पनि समानुपातिक निर्वाचन परिणाम घोषणामा ढिलाइ गर्नु हुन्न । विवादका केही कुरा आएका छन् । त्यसमा निर्वाचन आयोग अल्झिनु हुँदैन । निर्वाचनको परिणाम आएपछि छिटो घोषणा गरेर अघि बढ्ने बाटो खोल्नुपर्छ ।
    राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा विवाद भएकैले परिणाम घोषणामा असर परेको भन्ने छ नि?
    अध्यादेशका कारण निर्वाचन परिणाम घोषणामा अप्ठेरो पर्नुपर्ने कुनै कारण छैन । त्यो राजनीतिक कुरा हो । राजनीतिक समस्यालाई राजनीतिक ढंगले नै हल गर्नुपर्छ । हामीले प्रदेशको निर्वाचन गरेर पछि संघको निर्वाचन गरेको भए सहज हुन्थ्यो । दुवै चुनाव एकैपटक गर्दा समस्या आएको हो । यसलाई राजनीतिक स्तरबाट समाधान गर्ने हो । कसैले एकलौटी गरेर समाधान हुने कुरा होइन । म गृहमन्त्री हुँदा नै राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक अघि बढाएको थिएँ । त्यसबेला राज्य व्यवस्था समितिमा छलफल पनि भएको थियो । सल्लाह गरेरै ल्याइएको थियो तर समितिमा छलफलका क्रममा अवरुद्ध गरियो । त्यसबेला अवरुद्ध गर्नुको कारण त अध्यादेशबाट ल्याउने मनसाय रहेछ, अहिले थाहा भयो । अध्यादेश मूल पार्टीहरूको सहमतिमा हुुनुपर्छ तर अध्यादेश नआएकै कारण आयोगले निर्वाचनको परिणाम रोकेर राख्न मिल्दैन ।
    राष्ट्रिय सभा सदस्यको निर्वाचन बहुमतीय कि एकल संक्रमणीय प्रणालीबाट गर्ने भन्ने मूल विवाद छ । यसमा तपाईंहरूचाहिं कुन विधिका पक्षमा हुुनुहुन्छ ?
    सुरुमा तयार गरिएको विधेयकमै बहुमतीय भन्ने थियो । त्यसबेला सबैको सहमति पनि भएको हो तर पछि अध्यादेशमा एकल संक्रमणीय पद्धति राखियो । दुवै निर्वाचन विधि हुन् । केही सिट बढी–घटी हुने कुरा होला तर जुन विधि प्रयोग गरे पनि अब पार्टीहरूबीच सहमति गर्नुपर्छ तर एकल संक्रमणीय प्रणालीमा जाँदा जटिलता के छ भने संविधानअनुसार महिला तीनजना र दलित एकजना हुनैपर्छ । एकल संक्रमणीय विधि प्रयोग गर्दा तोकिएका व्यक्तिलाई निर्वाचित गरेर ल्याउन गाह्रो हुन्छ ।
    एमाले र कांग्रेस अडान लिएर बसेका छन्, माओवादीले सहजीकरणका लागि केही विकल्प दिएको छैन ?
    हामीले त सहजीकरणको पहल गरेका छौं । सहमतिबाट अघि बढौं भनिरहेका छौं । कांग्रेस पहिलेका सहमति छाडेर अघि बढ्न खोज्दा समस्या आएको हो । यो ठीक भएन । फेरि पनि सबै मिलेर देश बनाउने हो । सत्ता र प्रतिपक्ष मिलेरै जानुपर्छ । सबै पार्टीले यो महसुस गरेर विवाद समाधान गर्नुपर्छ ।
    अध्यादेश प्रकरणले राष्ट्रपति पनि विवादमा आउने अवस्थाबन्यो नि ?
    राष्ट्रपतिलाई सहमति नभएकाले अप्ठेरो परेको हो । राष्ट्रपतिलाई विवादमा ल्याउनु हुँदैन । हामीले सहमति गरेर उहाँलाई सहज बनाइदिनुपर्छ ।
    अहिलेसम्म त तपाईं पनि मन्त्री हो, त्यसैले सरकारले सिफारिस गरेको अध्यादेशलाई नै राष्ट्रपतिले जारी गर्नुपर्ने बाध्यता छ नि ? कि नमाने पनि हुन्छ ?
    म मन्त्री औपचारिक रूपमा मात्र हँ‘, व्यावहारिक रूपमा होइन । पार्टीको अनुशासनका कारणले मात्र बाध्य भएर मेरो मन्त्री भन्ने पद छ तर म औपचारिक रूपमा मन्त्रीको व्यवहार गर्न सक्ने अवस्थामा छैन । जहाँसम्म अध्यादेशको कुरा हो, सरकारले पठाएकैमा राष्ट्रपतिले हस्ताक्षर गर्नु स्वाभाविक हो । तर सरकारले सहमति नभएर एकलौटी ढंगले गरेकाले यस्ता कुरामा मिलेर जाओ भन्नु राष्ट्रपतिको पनि कर्तव्यभित्र पर्छ । त्यसैले उहाँले ‘सहमति गरेर ल्याउनुहोस्’ भन्नु अन्यथा होइन । अन्तत: राष्ट्रपतिले सरकारले पठाएकै कुरामा हस्ताक्षर गर्ने हो । अब एकल संक्रमणीयमा जाँदा पनि तीनवटै पार्टी मिलेर जानुपर्छ र बहुमतीय जाँदा पनि त्यही हुनुपर्छ । यसमा विवाद निकालेर सरकार लम्ब्याउनेतर्फ कांग्रेस लाग्नु हुँ‘दैन । एउटा जनादेश आइसकेको छ, त्यसलाई मान्नुपर्छ । विभिन्न कुरा जोडेर निहुँ खोज्नु हँ‘दैन ।
    वाम गठबन्धनले अहिले ल्याएको परिणाम अपेक्षित हो ? तपाईंहरूले यति धेरै सिट आउने अनुमान गर्नुभएको थियो ?
    गठबन्धन निर्माणको छलफल अघि बढ्दै जाँदा मैले नेताहरूसँग छलफल गरेको थिएँ । त्यसबेला यस्तै परिणाम आउँछ भन्ने आकलन थियो । त्यसैले यो परिणाम अपेक्षित हो । बरु केही ठाउँमा कमी–कमजोरीका कारण सिट गुम्यो । माओवादीका तर्फबाट अधिकतम ४० सिट अपेक्षा गरेका थियौं । केही कम आयो । खासमा हाम्रो दुई तिहाइ बहुमतको अपेक्षा थियो । मूलभूत रूपमा देशभर हाम्रो ‘स्पिरिट’ मिल्यो । पार्टी एकताको धारणाअनुसार गठबन्धन निर्माण गरेकाले जनमत हाम्रो पक्षमा आयो । सीमित ठाउँमा तालमेल नमिलेकाले बामदेव गौतमजस्ता केही नेता हार्नुभयो ।
    छवटा प्रदेशमा वामपन्थी लहर आए पनि प्रदेश २ मा तखस्कियो नि ?
    त्यहाँ संघीय समाजवादी फोरम र राजपाजस्ता मधेसकेन्द्रित दलहरूले आपसी तालमेल गरे । उनीहरूको तालमेलका कारण पनि हाम्रो अपेक्षित परिणाम आएन । मधेसका जनताको अधिकारका विषयमा हाम्रो पार्टीले भूमिका खेलेको थियो तर चुनावका बेला तालमेललाई बुझाउने कुरामा केही कमी रह्यो ।
    वाम गठबन्धन निर्माणमा तपाईं पनि सामेल हुनुहुन्थ्यो । यो कसरी बन्यो, बाह्य प्रभावले कि आफ्नै विवेकले ?
    नेपालमा हामी आफैं केही गर्न सक्दैनौं, केही हुँ‘दैन भन्ने मानसिकता छ । त्यो गलत हो । प्रत्येक सरकार आठ–नौ महिनामा परिवर्तन हुने अनि केही काम अघि नबढ्ने † त्यसैले अब यसरी हुँ‘दैन भन्ने महसुस भयो । विगतमा हामी राजनीतिक अधिकारका लागि लड्यांै । नयाँ संविधानपछि राजनीतिक अधिकार प्राप्त भयो । अब देशको आर्थिक समृद्धि गर्नुबाहेक अर्को लडाइँ लड्नु छैन । राष्ट्रलाई विकास र समृद्धिमा लैजाने हो । त्यसका लागि राजनीतिक स्थायित्व चाहिन्छ भन्ने भयो । त्यसैले दुवै पार्टीका नेताबीच कुरा भयो । विगतका र स्थानीय तहको निर्वाचनको मत हेर्दा वामपन्थी मत दुई तिहाइ छ तर परिणाममा चाहिँ एमालेका कारण माओवादी र माओवादीका कारण एमालेले हारेको छ, फाइदा अन्य पार्टीलाई भएको छ । त्यसैले यो वामपन्थी मतलाई एकै ठाउँमा किन नल्याउने भन्ने हिसाबले कुरा अघि बढ्यो । वामपन्थी जनमत जोड्दा विकास–समृद्धिमा जान सकिन्छ भन्ने महसुस भयो । त्यसलै दुई पार्टीका नेतृत्वबीच गठबन्धन बनाउने कुरा अघि बढ्यो । विगतमा हाम्रा फरकफरक कार्यदिशा थिए तर अब संविधान निर्माण गरेपछि हामी एउटै एजेन्डामा आयांै । आर्थिक समृद्धि र समाजवादतर्फ जाने कुरा नै दुवैको मूल लक्ष्य भयो । सुरुमा निर्वाचन तालमेलको कुरा भयो । पछि तालमेल मात्र पर्याप्त हँ‘ुदैन, पार्टी एकता नै हुनुपर्छ भन्ने निष्कर्षमा पुगियो । यो नितान्त हाम्रै पहलमा भएको एकता हो, अन्य कसैको पहलमा होइन ।
    सहमतिअनुसार पार्टी एकता कसरी अघि बढ्छ ?
    यो सहमति हुने क्रममा मैले नेताहरूलाई केही नजिकबाट सुन्न पाएको छु । पार्टी एकताको मूल आधार मुख्य गरी दुई कुरा हुन् । पहिलो, कम्युनिस्ट पार्टीले २००६ सालदेखि हालसम्म खेल्दै आएको मुख्य भूमिका छ, खासगरी विविध खालका संघर्ष, किसान आन्दोलन, जनयुद्ध हुँदै राजनीतिक परिवर्तनको यो अवस्थामा आइपुगेका छौं । कम्युनिस्ट पार्टीहरूले जनयुद्ध, जनआन्दोलनमा खेलेको भूमिका र त्यसबाट प्राप्त उपलब्धि अहिलेको संविधान हो । त्यसमा जनताको अधिकार लेखिएको छ । हामी दुवै पार्टीले प्राप्त उपलब्धिलाई स्वीकार गरेर कार्यान्वयन गर्ने कुरामा विवाद भएन । संविधान निर्माण गर्ने कुरामा कतिपय एजेन्डामा पनि हाम्रो सहमति थियो । जस्तो कार्यकारी प्रमुख हुनुपर्छ भन्ने कुरामा हामीबीच सहमति नै थियो । दोस्रो, हामी भावी दिनमा कसरी जाने मुख्य कार्यनीति हो । अब अगाडि जाने कुरामा सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादउन्मुख राज्यव्यवस्था भनेका छौं । संविधानमा लेखिएका विगतका आन्दोलनमा पनि हाम्रो सहमति भयो, भविष्यमा जाने बाटामा पनि सहमति भयो । एकताका मूल आधार यिनै हुन् । यिनै आधारमा टेकेर कतिपय शब्द र नाममा सहमति गर्ने प्राविधिक कुरा हुन् । त्यसलाई हामी मिलाउँछौं ।
    पार्टीको नेतृत्व गर्ने विषयमा के सहमति भएको छ ?
    सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । राष्ट्रिय सभागृहबाट सार्वजनिक गरिएको लिखित सहमतिमा पनि केही बुँदा छन् । अगाडि कसरी जाने भन्ने कुरामा शीर्ष नेताहरूमा पनि केही समझदारी छ । त्यही समझदारीअनुसार हामी अघि बढ्छौं ।
    अध्यक्ष पुष्पकमल दाहालले चितवनमा सरकारको नेतृत्व आलोपालो गर्ने भन्नुभयो, कसले–कति समय सरकारको नेतृत्व गर्ने हो ?
    कसले कति समय नेतृत्व गर्ने आपसी समझदारीका आधारमा हुन्छ । पार्टीको नेतृत्व पनि समझदारीअनुसार जान्छ । पार्टी र सरकारको नेतृत्व समझदारी मिलाएर जानुपर्छ, एकता भनेको व्यक्ति मिसाउने कुरा मात्र होइन । समग्र आन्दोलनका धारलाई एक ठाउँमा ल्याउने कुरा हो । कम्युनिस्ट आन्दोलनका दुई धारलाई एक ठाउँमा ल्याएर समायोजन गर्ने कुरा पनि हो । सन्तुलित ढंगले दुइटै पार्टीको सम्मान, नेताहरूको व्यवस्थापन, मूलत: भावी कार्यदिशा कार्यान्वयन गर्ने स्पिरिट नै एकता हो ।
    पार्टी महाधिवेशनसम्म शीर्ष तहबीच आलोपालो नेतृत्व हुने हो ?
    मूल एकताका मुद्दाहरूमा सैद्धान्तिक रूपमा निष्कर्ष निकाल्ने महाधिवेशनले नै हो । हामी एकीकृत भएर मात्र महाधिवेशन हुने हो ।
    पाँच वर्ष सरकार चलाउने भनेर मत आयो, अहिले फेरि आलोपालो गर्दा कसरी स्थिर भयो ?
    सरकार निरन्तरतामा लैजान्छौं । समझदारी र आवश्यकताअनुसार नेतृत्व आलोपालो लिने हो । अहिले गठन भएको सरकारले निरन्तर काम गर्छ, मूल स्पिरिट यही हो । अहिले सरकारको नीति तथा कार्यक्रम जे बन्छ, त्यही पाँच वर्ष निरन्तर लागू गर्ने हो । दुई पार्टीको एकता भएको सन्दर्भमा नेतृत्व हेरफेर गर्ने हो ।
    कांग्रेसले पाँच वर्ष सरकार चलाउन दिनेगरी माओवादीसँग प्रस्ताव राखेको सुनिन्छ नि ?
    कांग्रेसको यो राजनीति हो । हामीले आफ्नो राजनीति गर्ने हो । दुई पार्टीबीच एकताका लागि सहमति भयो । यो नेताहरू र कमिटीबीचमा मात्र भएन, यसलाई आम मतदाता र कार्यकर्ताले अनुमोदन गरिसकेका छन् । यो कुराबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन । सबैको चाहना लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रिय समृद्धि, राष्ट्रिय स्वाधीनतालाई महत्त्वका साथ अघि बढाउने हो भने यही बाटो सही छ । यो बाटोमा अघि बढ्ने सन्दर्भमा अन्य विकल्प खोज्ने अवस्थामा हामी छैनांै । हामी एउटै सरकार र नीतिअन्तर्गत पाँच वर्ष चलाउँछौं । आवश्यकताअनुसार सरकारको नेतृत्व व्यवस्थापन हुन्छ ।
    पार्टी एकतामा पनि ६० र ४० प्रतिशतको भागबन्डा लागू हुन्छ ?
    पार्टी एकतामा यो लागू हुँदैन । पार्टी एकता विचार र सिद्धान्तका आधारमा हुने भएकाले यसलाई ६०, ४० प्रतिशतमा विभाजन गर्न मिल्दैन । प्रतिशतको विषय चुनावमा हो ।
    पार्टीमा धेरै केन्द्र भए काम गर्न गाह्रो हुन्छ, त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ भन्ने कुरा पनि आएको छ नि ?
    पार्टीमा एउटै केन्द्र हुने कुरालाई नराम्रो भन्न मिल्दैन । अब पार्टीमा केन्द्र एउटै हुन्छ । केन्द्र भनेको विचारमा, योजनामा हुन्छ । हामी काम एउटै स्पिरिटमा लान्छौं, त्यही नै केन्द्र हो । पार्टीभित्र र सरकारमा कार्यविभाजन हुन्छ । कार्यविभाजन गरेर एकीकृत, केन्द्रीकृत स्पिरिटमा लैजान्छौं । नेतृत्वबीच कार्यविभाजन हुनु राम्रै हो ।
    विगतमा पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुने परम्परा छ नि ?
    यो परम्परा भए पनि अहिले छलफलकै क्रममा छ । दुई पार्टी एकताका सन्दर्भमा अलि फरक अवस्था छ । पार्टी एकीकरण गर्ने घोषणा निर्वाचनको पूर्वसन्ध्यामा भयो, पार्टी एकीकरणका लागि हामी निर्वाचनमा झन्डै दुई तिहाइको अवस्थामा पुग्यौं । यो महत्त्वलाई सामान्य आँखाले हेर्न मिल्दैन । एउटै गति र योजनामा जाने गरी काम हुन्छ ।
    सरकारको पहिलो नेतृत्व कसको हुन्छ ?
    हाम्रा पार्टी अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ– सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्माले गर्नुहुन्छ ।
    वाम गठबन्धनको सरकारमा अरू साना दल पनि सहभागीहुन्छन् कि ?
    यसबारे छलफल भएको छैन । पार्टी एकता संयोजन समिति बैठकमा कसरी अघि जाने भनेर छलफल हुन्छ । अहिले साना दल सरकारमा जान्छन् वा जाँदैनन् भन्न सकिँदैन ।
    कांग्रेससित कस्तो सम्बन्ध हुन्छ ?
    कांग्रेस प्रतिपक्षको भूमिकामा हुनेछ तर राष्ट्र निर्माणमा कांग्रेसलगायत सबै दल सँगै जानुपर्छ ।
    अबको सरकारको स्वरूप कस्तो होला ?
    हाम्रा अघि धेरै चुनौती छन् । राजनीतिक स्थिरतासहित आर्थिक समृद्धि भन्ने मूल नारा हो । त्यहीअनुसार हामीले जनमत प्राप्त गरेको हो । घोषणापत्रमा लेखेको कुरा व्यवहारत: कार्यान्वयन गरेर देखाउनुपर्छ । यो देशका लाखौं युवालाई विकास निर्माणमा लगाउनुपर्ने गम्भीर दायित्व हाम्रो छ । जनतालाई सामाजिक न्यायसहितको समृद्धि चाहिएको छ । पछि परेका वर्ग र समुदायलाई अगाडि ल्याउने कार्यक्रम सँगसँगै लैजानुपर्छ । समृद्धि र सामाजिक न्याय एकअर्कासँग गाँसिएका छन् । यी कुरा गर्न भ्रष्टाचार र अनियमिततालाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती छ । अब बन्ने सरकारले यी चुनौती सामना गर्नुपर्छ । त्यहीअनुसार संरचना र सोच विकास गर्नुपर्छ । पुराना संरचना हाम्रो सोचअनुसार काम गर्न सक्ने अवस्थामा छैनन् । प्राविधिक दक्षता विकास राज्यका हरेक निकायमा जरुरी छ । चुनौती सामना गरी सबैलाई साथमा लिएर जानुपर्छ । हामीसँग समय छैन । पाँच वर्षभित्र जनतासमक्ष भनेका धेरै कुरा पूरा गर्नुपर्छ । हामी सुनको पहाडमा उभिएका गरिब हौं, राष्ट्र निर्माणमा सबै लाग्ने अवस्था हामीले बनाउने हो ।
    सातवटा प्रदेश छन्, ती कसरी टिक्लान्, कसरी काम सुरु गर्लान् ?
    एउटा भनाइ छ– हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । हामीले संघीयता भर्खर सुरु गरेका छौं । संरचनाहरू भर्खर निर्माण हँ‘ुदै छन् । संविधानले स्थानीय तह, प्रदेश र केन्द्रको अधिकार बाँडफाँट गरेको छ । ती अधिकार प्रयोग गरेर जाने हो । समृद्धिका लागि प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा हुनेछ । विगतमा राज्यको ध्यान धेरै ठाउँमा पुगेन । समृद्धिको पूर्वाधार बन्दै जानेछन् । हामी नयाँ उपलब्धितिर अघि बढ्छौं । यो पाँच वर्षमा धेरै पूर्वाधार निर्माण गरिसक्छौं । कुवा पहिले गहिराइमा खनिँदैन । प्रदेशमा हामीलाई ठूला भवन चाहिएको छैन । हामीलाई समृद्धि चाहिएको हो । अहिले नै प्रदेश मुख्यमन्त्रीको निवास चाहिएको होइन । आवश्यकताअनुसार ठूला भवन बन्लान् नि !ठूला सभाहल बनाऔंला । अहिले हामीसँग जे छ, त्यसरी अघि बढ्ने हो । त्यसैले यो समस्या होइन ।
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.