नरेन्द्र ढकाल/गोरखा
पुस ७ गते । शहिद लखन गाउँपालिकामा सरकार क्रमागत योजना मार्फत निर्माण गरिरहेका खानीपानी आयोजना एकै वर्षमा बनेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले हरेक वर्ष बजेट बिनियन गरी निर्माणमा रहेको ओर्खेपानी, कोटकाली र बासकोट खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अक्सफामको आर्थिक सहयोगमा तुलसी मेहर युनेस्को क्लवले सरकारको क्रमगत खानेपानी आयोजनाको कामलाई एक वर्षमा पुर्णता दिएको हो । ‘हामीले झण्डै १० वर्ष देखि उक्त क्षेत्रमा खानेपानीको काम गर्दै आएका थियौं, सरकारले थोरै÷थोरै रकम छुट्याउँथो’ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख रत्न लामिछाने भने ‘अहिले अक्सफाम र हामी मिलेर एक वर्षमा काम सम्पन्न गर्ने चरणमा पुगेका छौ ।’ ति सबै आयोजनाको आधा काम खानेपानी डिभिजनले गरिसकेको थियो ।
मुहान देखि संकलन केन्द्र (रिजर्भ ट्याङ्की) सम्मको काममा सरकारले लगानी भइसकेको अवस्थामा संकलन केन्द्र र देखि जनताको घर-घरमा पानी पु¥याउने काम तुससी मेहरले गरेको हो । ‘हामीले इनट्याङ्क निर्माण गरि मुख्य पाइलन हुँदै कतिपय स्थानमा रिजर्भ ट्याङ्की समेत बनाइसेका थियो, बाँकी उहाँहरुले जिम्मा लिनु भयो सोही अनुसार हामी सफल भएका हौं’ लामिछानेले भने ।
शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ ले उपभोग गर्नेगरी निर्माण गरिएको ओर्लेपानी कोटकााली र वडा ६ घैरुङको बासकोट गरी ३ वटै आयोजना लिफ्टिङ प्रविधिमा आधारित योजना हुन् । ‘यी ३ वटै आयोजना महंगा खालका हुन, फरक-फरक रुपमा झण्डै १० वर्ष देखि वर्षेनी वजेट पनि आइरहेको हो’ कार्यालयका खानेपानी तथा सरसफाई प्राविधिक अनन्त रेग्मीले भने । उक्त योजना निर्माणका लागि हाल सम्म ८ करोड भन्दा बढि रकम खर्च भइसकेको छ । घरघरमा धारा जोड्ने र केही अन्तिम चरणका काम जारी रहेका खर्चको सम्पुर्ण विवरण भने सार्वजानिक भइसकेको छैन् ।‘केही दिनमा सार्वजानिक लेखा परिक्षण गराएर सबै सार्वजानिक गछौ’ ओर्लेपानी खानेपानी आयोजनाका अध्यक्ष कृष्ण श्रेष्ठले भने ।
तिन वटै आयोजना निर्माणका लागि सरकारी तबरबाट ५ करोड भन्दा बढि लगानी भइसकेको कार्यालयका प्राबिधिक रेग्मीको भनाई छ । अक्फामका तर्फबाट तुलसी मेहरले झण्डै ३ करोड खर्च भइसकेको छ । ‘हामीले अफ्ठेरो काम त अधिकाशं सकिसकेका थियौं, त्यसमा राज्यकै बढि लगानी भएको छ’ खानेपानी डिभिजन प्रमुख लामिछानेले भने ‘अक्सफाम र तुलसी मेहरले पनि महत्वपुर्ण सहयोग गर्नुभयो नत्र उक्त योजना सम्पन्न गर्नहामीलाई अझै धेरै वर्ष लाग्थ्यो ।’
ओर्लेपानी र कोटकाली २०६८ र बासकोट २०७१ सालबाट निर्माण थालिएका योजना हुन् । ‘खानपानीका क्षेत्रमा काम गर्ने हाम्रो योजना थियो, त्यहाँ खानेपानीको निकै समस्या रहेछ, खानेपानी डिभिजनले मिलेर काम गरौं भन्नुभयो, हामीले पनि अबसर पायौं र महत्वपुर्ण काम भएको छ’ अक्सफामका बल बहादुर ठकुराठीले भने । खानेपानी आयोजना निर्माण भएपछि स्थानीय उपभोक्ता पनि निकै खुसी भएका छन् ।
बुंकोटकी हिम कुमारी श्रेष्ठ भन्छिन् ‘पानी बोक्दा बोक्दै जिन्दगी बित्यो, अब निकै खुसी लागेको छ ।’ घैरुङकी मनमायाँ रोका पनि निकै खुसी छिन् ‘पानी बनेपछि निकै खुसि लागेको छ, अब त पानी बोक्न टाढा जानुपर्दैन काम भ्याउन सजिलो हुने भयो ।’ उनी मात्र होइन शहिद लखन गाउँपालिकाको वडा नम्बर ७ र ८ बुंकोटका झण्डै २,००० र ६०० भन्दा बढि घर धुरीले खानेपानी सुबिधा पाउने भएपछि निकै खुसि भएका छन् । ‘खानेपानी र अक्सफाम दुबैको अबसर एवं स्थानीयको सहयोगका कारण हामीले महत्वकाक्षीं योजना एक वर्षमा सम्पन्न गर्न सफल भयौं’ तुलसी मेहर युनेस्को क्लवका जिल्ला कार्यक्रम संयोजक हेमराज ढकालले भने ।
उक्त आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, सदस्य इन्द्रा गुरुङ, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यक्रम खानेपानी तथा सरसफाई प्राबिधिक अनन्त रेग्मी, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष देवी प्रसाद श्रेष्ठ, साझेदार सस्थाहरुका अक्सफाम, गोरेटो, तुलसी मेहर युनेस्को क्लवका प्रतिनिधि, सञ्चारकर्मी लगायतको टोलीले उक्त खानेपानी आयोजनाको बारेमा अनुगम गरेको हो ।


