नरेन्द्र ढकाल/ गोरखा
कात्र्तिक ६ गते । अनेक आंशकाका विच पहिलो चरणको प्रदेश र प्रतिनिधी सभा निर्वाचनको उम्मेदवारी दर्ता भएको छ । दलहरुले निकै उत्साहपूर्वक बाजागाँजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मनोनय दर्ताका बेला अनावश्यक शक्ति प्रर्दशन नगर्ने सहमती गरेका जिल्लामा क्रियाशिल दलहरुको क्रियाकलाप अघिल्लो निर्वाचनका बेला भन्दा निकै सभ्य देखिन्थ्यो । उम्मेदवारी दर्ताका बेला उम्मेदवार प्रतास्वक र सर्मथक सहितका ५० जना मात्र नेता कार्यकता लैजाने सहमती गरेका दलहरुले मुख्य सडकमा नाराजुलुसमा कार्यकताहरु मनग्ये उतारे पनि जिविसचोक भित्र भने लगेएका थिएनन् । बाम गठबन्धनले उम्मेदवारी दर्ता गरेर सक्ने बित्तिकै काँग्रेस नयाँ शक्ति गठबन्धनले मनोनय दर्ता गराएको हो । प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि उल्साहपुर्ण रुपमा दुई वटै निर्वाचन क्षेत्रमा तोकिएको समय भित्रै मनोनय दर्ता कार्य सकिएको निर्वाचन अधिकृतहरुले बताएका छन् । मनोनय दर्ता कार्य सकिएसँगै आसन्न निर्वाचनलाई लिएर हुने गरेको आंशका पनि हटेको छ ।
भट्टराई र श्रेष्ठको भिडन्त
बहुचर्चित गोरखा क्षेत्र नम्बर २ मा अन्ततः माओवादीका दुई पूर्व उपाध्यक्षहरुको चुनावी भिडन्त हुने भएको छ । दुवै नेताले एउटै निर्वाचन क्षेत्र दाबी गरेपछि बाम गठबन्धनबाट बाहिरिएका भट्टराईले अन्ततः नेपाली काँग्रसको समर्थनमा उम्मेदवार बनेका हुन् । माओवादीमा छँदा दोश्रो र तेश्रो वरियतामा रहेका भट्टराई र श्रेष्ठ क्रमश पूर्व प्रधानमन्त्रि र उपप्रधानमन्त्री पनि हुन् । माओवादी बाट अलग्एिर नयाँ शक्ति पार्टी निर्माण गरेका भट्टराई अन्ततः आफ्नै पूर्व सहकर्मी नेता श्रेष्ठ सँग चुनावी प्रतिस्पर्धा गनुपर्ने भएको छ ।

नयाँ शक्ति र काँग्रेसको संयुक्त उम्मेदवार बनेका भट्टराई अपराह्न ३ः३० बजे दुबै पार्टीका नेता कार्यकता सहित क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेर आफ्नो मनोनय दर्ता गरेका हुन् । नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेल प्रस्ताव र नेपाली काँग्रेसका जिल्ला सभापती हरी बहादुर घलेको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्का पूर्व उपाध्यक्ष श्रेष्ठले भने एमाले माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवारी दिएका छन् । बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ दलबल सहित अपराह्न १ बजे क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेका थिए । शहिद शुरेश वाग्लेका छोरा बिकास वाग्ले प्रस्ताव र नेकपा एमालेका अध्यक्ष प्रेम गुरुङको समर्थनमा उनले मनोनय दर्ता गराएका हुन् ।
यसैगरी गोरखा क्षेत्र नम्बर १ मा माओवादी एमाले गठबन्धनबाट माओवादी केन्द्रका ४ नम्बर प्रदेश संयोजक हरिराज अधिकारी र नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठको उम्मेदवारी परेको छ । माओवादीको संगठनमा प्रभावशाली मानिएका अधिकारी पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् भने नेपाली काँग्रेसका मुख्य सचेतक समेत भईसकेका नेता चिनकाजी श्रेष्ठ काँग्रेसका पूर्व जिल्ला सभापती समेत रहेकाले यो क्षेत्रमा पनि रोचक चुनाबी प्रतिस्पर्धा हुने देखिएको छ ।
काँग्रेसका श्रेष्ठले नेता जिवनप्रेम श्रेष्ठको प्रस्ताव र नयाँ शक्तिका लक्ष्मण गुरुङको समर्थनमा मनोनय दर्ता गराएका छन् भने बाम गठबन्धनका अधिकारीलाई माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा प्रस्ताब र एमालेका जिल्ला उपाध्यक्ष यादब बहादुर बस्नेतले समर्थन गरेका छन् । दुई गठबन्धनका अलवा अन्य साना दलहरुले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
पछिल्लो समय चर्चामा आएका बिवेकशिल साझा पार्टीले पनि पहिलो पटक गोरखामा चुनाव लड्ने भएको छ । उक्त पार्टीका तर्फ बाट गोरखा क्षेत्र नम्बर १ मा अमृत पुडासैनी र २ नबराज थापाले मनोनय दर्ता गराएका छन् । यसैगरी देशभक्त जनतान्त्रिक मोर्चाले क्षेत्रमा १ मा रामबहादुर नेपाली र दुईमा नारायण अधिकारीलाई चुनावी मैदानमा उतारेको छ ।
संघिय समाजबादी फोरम नेपालबाट क्षेत्र नम्बर १ दिपेन्द्र गुरुङ र २ मा सुकदेव गुरुङ (तामाङ) ले मनोनय दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाईजेसनबाट क्षेत्र नम्बर १ मा आश्रय राना मगर र २ मा सोम बहादुर गुरुङ, नेकपा मालेबाट क्षेत्र नम्बर १ मा नारायणबाबु आर्चायले उम्मेदवारी दिएका छन् ।
नेपाल संघिय समाजबादी पार्टीबाट क्षेत्र नम्बर १ मा कृष्णगोपाल बञ्जारा र २ मा रामकृष्ण ढकाल, आमुल परिर्वतन माक्र्सबादी नेपालबाट क्षेत्र नम्बर २ मा देवप्रसाद प्रधान, नेपाल मजदुर किसानपार्टीले क्षेत्र नम्बर २ मा गोबिन्द सिं बस्नेत, राष्ट्रिय जनमुक्ति पार्टीका नारायण बहादुर अर्यालले मनोनय दर्ता गराएका छन् ।

प्रदेश सभामा को कहाँ ?
प्रदेश सभा निर्वाचनका लागि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा एकै साथ उम्मेदवारी दर्ता भएको छ । बाम गठबन्धनका तर्फबाट माओवादीले प्रदेशसभा तर्फ गोरखा १ (क) मा लेखबहादुर थापा गोरखा २ (क) मा कमला नहर्की र (ख) मा अमर तमुले उम्मेदवारी दिएका छन् । गठबन्धनकै तर्फबाट गोरखा १ (ख) मा एमालेका रामशरण बस्नेतले उम्मेदवारी दिएका छन् । काँग्रेस नयाँ शक्ति गठबन्धनबाट भने गोरखा १ को (क) मा नेपाली काँग्रेसका धिरन थापा र (ख) मा राजेन्द्र बजगाइँले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ को (क) मा नयाँ शक्तिका हरिशरण आर्चाय र (ख) मा काँग्रेसका प्रकाशचन्द्र दवाडीको उम्मेदवारी परेको छ । अन्य साना केही दलहरुले पनि प्रदेश सभा पनि उम्मेदवारी दिएका छन् ।


