अबको नारा बिकास र समृद्धि हो : भट्टराई
गोरखा समाचारदाता
कात्र्तिक ६ गते । उम्मेदवारी दर्ता गरे लगतै काँग्रेस नयाँ शक्ति गठबन्धनका बाबुराम भट्टराई र बाम गठबन्धनका नारायणकाजी श्रेष्ठले जुहारी सुरु गरेका छन् । आ–आफ्नो उम्मेदवारी दर्ता गरेर बाहिरिने क्रममा छुट्टाछुटै प्रतिक्रिया दिदै दुबै नेताले जित सुनिश्चत भएको दाबी गरे । अबको नारा र अभियान बिकास र संबृद्धि भएको भन्दै उनि भन्छन् ‘हामी जुनसुकै पार्टीमा बिभाजित भए पनि अब बिकास र संबृद्धिले मात्रै देशको मुहार फेर्छ, त्यसका निम्ती राजनितिक स्थायित्व चाहिन्छ, त्यसैले हामी दुई सबै मिलेर जानुको बिकल्प छैन ।’
पछिल्लो समय देशमा राजनैतिक एजेण्डा फेरिएकोले समयानुकुल सबै परिवर्तन हुनु जरुरी रहेको डा भट्टराईले बताएका छन् । बिगतमा जस्तो लड्ने भिड्ने भन्दा पनि बिचार मिल्नेसंग तालमेल गरेर अघि बढेर देशलाई कसरी विकास तर्फ लैजान सकिन्छ भन्ने बारे सबैले सोच्नुपर्ने उनको तर्क छ । ‘नेपालमा लामो समय कम्युनिष्ट र काँग्रेसको दुइटा कित्ता लड्दै आएको, भिड्दै आएको अवस्था हो, गोरखाको हकमा पनि अबस्था त्यस्तै हो, तर हामी बिकास र संबृद्धिका निम्ती लड्ने भिड्ने भन्दा पनि मेलमिलाप कायम गरेर जानुपर्ने हुन्छ’ डा भट्टराईले भने ।
गोरखा २ को निर्वाचन राष्ट्रिय रुपमा मात्रै नभइ अन्तराष्ट्रिय स्तरमा समेत महत्वपूर्ण रुपमा हेरिएको भन्दै उनले बामपन्थी र लोकतान्त्रिक बिचको यो गठबन्धन गोरखामा नयाँ प्रयोग भएको बताएका छन् । माओवादीले हिजो चलाएको जनयुद्धका सम्पूर्ण तिक्ततालाई बिर्सेर अब सबै देशको विकास र निर्माणमा लाग्नुपर्ने समेत उनको भनाई छ ।
गोरखा सामान्य जिल्ला मात्रै नभइ पृथ्वीनारायण शाहले देश निर्माणको अभियान थालनी गरेको र राणा शाहीको बिरुद्ध सबै भन्दा पहिले बिद्रोहको सुरुवात गर्ने लखन थापाको जिल्ला पनि भएकाले अब विकास र संबृद्धिको अभियान थालनी गर्ने जिल्ला पनि गोरखा नै रहेको उनले बताएका छन् ।
खिचडी गठबन्धनले निकास दिदैन श्रेष्ठ

बाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले खिचण्डी गठबन्धनले निकास नदिने आरोप लगाएका छन् । आफ्नो मनोनय दर्ता गरेर बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा काँग्रेस नयाँशक्ति गठबन्धन प्रति लक्षित गर्दै नेता श्रेष्ठले उक्त आरोप लगाएका हुन् ।‘हाम्रो जति मनोबल उच्च भएर अरु कुनै पार्टीका उम्मेदवार आउन सक्दैन,हाम्रो स्पष्ट बैचारिक लाईन अब कसैको छैन ।’ आफ्नै पूर्व सहकर्मी डाक्टर भट्टराई गोरखा २ नदिन पार्टीमा अडान राखेका श्रेष्ठ अन्ततः उनी सँगै चुनावी मोर्चामा उत्रिने पक्का भएपछि मनोनय दर्ताकै दिन देखि छेडछाड सुरु भएको हो । ‘संगठन, बामपन्थी एकता, उच्च मनोवल र स्पष्ट राजनैतिक लाईन हाम्रो बिजय सुनिश्चित छ ’ श्रेष्ठ भने । गोरखाले नेपालको राजनितिक परिर्वतन ठुलो योगदान गरेको भन्दै नेता श्रेष्ठले अब गोरखा जिल्लाबाट समाजबाद निर्माणमा फेरी योगदान पु¥याउने विश्वास व्यक्त गरे । प्रदेश र प्रतिनिधि सभा निर्वाचन संबिधान कार्यन्वयनका हिसाबले महत्वपुर्ण रहेको भन्दै उनले अब देश स्थिरता आउने दाबी गरे ।
काँग्रेसले जनतालाई ढाँट्दैन : चिनकाजी

नेपाली काँग्रेसका नेता चिनकाजी श्रेष्ठले काँग्रेस जनताको भावना बिपरित काम नगरेकाले जनताले बिजयी गराउने दाबी गरेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा निर्वाचनमा मनोनय दर्ता गराएर फर्कने क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता श्रेष्ठ भने ‘काँग्रेसले जनताका हरेक सुख दुखमा साथ दिएको छ, यो भरपर्दो पार्टी हो यस्ले धोका दिदैन्, त्यसैले जनताले पनि काँग्रेसलाई नै जिताउँछन् ।’ यस अघिको संविधान सभा र व्यवस्थापिक संसदमा नेपाली काँग्रेसका मुख्य सचेतक समेत रहेका नेता श्रेष्ठले नेपालको राजनितिक परिर्वतन नेपाली काँग्रेसकै नेतृत्वमा भएकाले अबको आर्थिक विकासको काम पनि काँग्रेसले नै नेतृत्व लिने बताए ।‘काँग्रेसकै नेतृत्वमा संविधान बन्यो, स्थानिय निर्वाचन सम्पन्न भयो, त्यस अघिका राजनिति आन्दोलनहरु सम्पन्न भए, अब पनि काँग्रेस कै नेतृत्वमा देश अगाडी बढ्छ ।’ श्रेष्ठलाई काँग्रेस नयाँ शक्ति र राप्रपाको समर्थन छ ।


