मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक ६ गते । बामएकताले निषेधको राजनिती गरेकाले एकताबाट अलग्गिएको नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बताएका छन् । गोरखा सदरमुकाममापत्रकार सम्मेलनगर्दै उनले यस्तो बताएकाहुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाकालागिकाँग्रेससंग तालमेल गरि उम्मेदवार समेत बनेका भट्टराईले बामएकता दिर्घकालिनहुननसक्ने समेत बताएछन् । ‘बामएकताचुनावसम्मकालागिमात्रै हो, स्वार्थ पूरा भएपछि एकै ठाँउमा बस्नै सक्दैनन’ डाक्टर भट्टराईले भने ।
बाम गठबन्धनसंग मिलेर जानखोज्दाउनिहरुको ब्यवहारमा परिवर्तन नदेखिएकाले नयाँशक्तिबाहिरीनु परेको भन्दै भट्टराईले गठबन्धन रुपान्तरित हुननखोजेको दावी समेत गरेका छन् । ‘उनिहरु रुपान्तरित हुनै खोजेनन्, पुरनो सोचबाट बाहिर आउनै सकेनन्, त्यसैले हामीत्याहा अटाउन सकेनौ’ उनले भने ।
आफुले गोरखा २ नै रोज्नुको कारण स्पष्ट पार्दै डा. भट्टराईले पहिला सुरु गरेका पुरा गराउनकालागिआफु त्याहाबाट उठेको बताएका छन् । अर्थमन्त्री र प्रधानमन्त्री रहदाआफुले सुरु गरेकाविकास कामलाई पूरा गराउनपनिगोर्खालीजनताले आफुलाई भोट दिने उनको तर्क छ । ‘मैले गोरखा २ माबिरुवा रोपेको छु, त्यसलाई हुर्काउन र बढाउन मेरो कर्तब्यहुनजान जान्छ, त्यसकालागि यहाँबाट उठेको हुँ’उनले भने ।
अबकादिनमाबामलोकतान्त्रीक गठबनधन बनाएर अघि बढ्नुको बिकल्पनभएको बताउदै भट्टराईले अबविकास र संबृद्धिका लागि सबै मिलेर जानुपर्ने समेत बताएका छन् ।
काँग्रेसको जरा उखेल्नु पर्छ भनेर आफुले कहिल्यै नभनेको भन्दै उनले सामाजिक सञ्जालहरुमाभ्रम फैलाइएकोमादुखः समेत ब्यक्त गरेका छन् ।
बाम गठबन्धनले निषेधको राजनिती गरे–डा. भट्टराई
बाम गठबन्धनले निषेधको राजनिती गरे–डा. भट्टराई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


