×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘हेभिवेट’बीचको भिडन्तले बढ्यो चुनावी गर्मी

  •  
  • सोमबार, कार्तिक ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, कात्तिक ६ गते ।  ‘वामविरुद्ध लोकतान्त्रिक’ गठबन्धन र तालमेलका रूपमा पहिलोपटक जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका र प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ ।  पहिलो चरणमा तीन ठूला दल नेपाली काँग्रेस, एमाले र माओवादीमध्ये लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसले बढी स्थानमा मनोनयन दर्ता गराएको छ ।  सङ्घीय संरचनामा पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्रीको दाबीसहित केही ‘हेभिवेट’ उम्मेदवारले मनोनयन गरेका छन् ।  प्रतिनिधिसभामा केही नयाँ उम्मेदवारले मौका पाए पनि अधिकांश पुरानैको वर्चस्व छ ।
    वाम गठबन्धनमा सामेल भई अन्तिम समयमा कांँग्रेससँगको सहकार्यमा पुग्नुभएका पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले गोरखाबाट मनोनयन गर्नुभएको छ ।  आफ्नै मूल पार्टी  नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ भट्टराईका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।  बाबुरामलाई काँग्रेसले साथ दिएको छ भने श्रेष्ठलाई एमालेको साथ छ ।  तर, पछिल्लो स्थानीय तहको नतिजाअनुसार एमाले गोरखामा ‘निल’ भएको थियो ।  काँग्रेसले नौ र माओवादी केन्द्रले दुई स्थानमा जित हासिल गरेका थिए ।
    अन्तिम पटकका लागि भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा काँग्रेसको सहयोगमा सिन्धुपाल्चोकमा चुनावी मैदानमा हुनुहुन्छ ।  चार वर्षअघि संविधानसभा सदस्यमा सिन्धुपाल्चोक ३ बाट पराजित राणाले योपटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।  क्षेत्र फरक भए पनि भूगोल र प्रतिस्पर्धी फेरिएका छैनन् ।  २०७० मा राणालाई पराजित गरेका एमालेका शेरबहादुर तामाङ नै योपटक पनि उक्त क्षेत्रमा उम्मेदवार हुनुहुन्छ ।  गएको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन बागमती अञ्चलबाटै माओवादीका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटा योपटक नयाँ क्षेत्रमा प्रतिस्पर्धामा जानुभएको छ ।  सापकोटा बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  बस्नेत यसअघि पनि सिन्धुपाल्चोक १ बाटै संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो ।
    पूर्वअर्थमन्त्री रामशरण महत योपटक पनि नुवाकोटबाटै प्रतिस्पर्धामा हुनुहुन्छ ।  पहिलो संविधानसभा सदस्यमा महतसँग पराजित हितबहादुर तामाङसँग उहाँको पुनः प्रतिस्पर्धा हुनेछ ।  काँग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले पनि नुवाकोटबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।  केसीको प्रतिस्पर्धीमा वाम गठबन्धनका नारायण खतिवडा हुनुहुन्छ ।
    संविधानसभा सदस्य निर्वाचनमा दुईपटक काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएको छ ।  भट्टराईसँग काँग्रेसका केशव दाहाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
    दुई प्रभावशाली युवा सांसद ओखलढुङ्गामा एकै स्थानमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  एमालेबाट यज्ञराज सुनुवार र काँग्रेसबाट रामहरि खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
    माओवादी केन्द्रका अधिकांश केन्द्रीय स्तरका नेताले प्रदेश ५ र ६ बाट टिकट सुरक्षित गरी मनोनयन दर्ता गराएका छन् ।  बहालवाला मन्त्री जनार्दन शर्मा, महेन्द्रबहादुर शाहीसहित पूर्वगृहमन्त्री शक्ति बस्नेत, नेता देव गुरुङ, वर्षमान पुन लगायतका पहिलो चरणको निर्वाचनमै उम्मेदवार हुनुहुन्छ ।  वर्षमान पुनसँग काँगे्रसका युवा एवं बहालवाला सिँचाइ राज्यमन्त्री अमरसिंह पुन रोल्पामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  पूर्वगृहमन्त्री बस्नेत योपटक काँग्रेसका राजीवविक्रम शाहसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।  बस्नेत र शाह दुवै यसअघि संविधानसभा सदस्यमा जाजरकोटबाट निर्वाचित हुनुभएको थियो ।
    ‘प्रदेशमा झरे हेभिवेट’
    प्रादेशिक संरचनामा पहिलोपटक हुन गइरहेको निर्वाचनमा धेरै ‘हेभिवेट’ले प्रदेशसभा रोजेका छन् ।  मुख्यमन्त्रीको दाबीसहित केही शीर्ष नेता तथा पूर्वमन्त्रीसमेत प्रदेशसभा निर्वाचनको दौडमा हुनुहुन्छ ।
    धादिङबाट राजेन्द्रप्रसाद पाण्डे र शालिकराम जमरकट्टेल प्रदेशसभा उम्मेदवार बन्नुभएको छ ।  पाण्डेलाई प्रदेश ३ को सम्भावित मुख्यमन्त्रीका रूपमा एमालेले अगाडि सारेको हो ।  प्रदेश ३ कै दोलखाबाट एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईं पनि प्रदेशसभाकै सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  चौलागाईंले पनि मुख्यमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ ।  प्रदेश ३ को मुख्यमन्त्रीको दाबीसहित सिन्धुपाल्चोकबाट प्रदेशसभामा अरुण नेपालको पनि मनोनयन दर्ता भएको छ ।  एमालेकै अर्का पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ पनि प्रदेश नम्बर ४ को मुख्यमन्त्री दाबीसहित प्रदेशसभामै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
    प्रदेश ६ बाट मुख्यमन्त्रीको दाबीसहित बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई माओवादीले कालीकोटबाट प्रदेशसभाको उम्मेदवार बनाएको छ ।  यस्तै पूर्वमन्त्री जीवनबहादुर शाहीलाई काँग्रेसले प्रदेश ६ को सम्भावित मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।  शाहीले हुम्लाबाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ ।  पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि प्रदेशसभा नै रोज्नुभएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.