कैलासबावु श्रेष्ठ/गोरखा
कात्तिक १ गते । गोरखा जिल्लाको धार्चे गाउँ पालिका ३ उहियाँमा भिरबाट लड्दा स्थानिय जितमान गुरुङ्गको मृत्यु भएको जानकारी प्राप्त भएको छ । गुरुङ्गको लुम्चेतको भिरबाट लडेर मृत्यु भएको उहियाँका स्थानियले टेलिफोन मार्फत जानकारी दिएको हो ।
२६ बर्षिय गुरुङ्ग लुम्चेतको जंगलमा निगालो काटेर जंगलमा बास बस्ने क्रममा पानी लिन जादा मंगलबार भिरबाट लडेर मृत्यु भएको थियो ।


