×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अछाममा किन हट्दैन छाउपडी प्रथा ?

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • छाउपडी कुप्रथा हटाउने कानुन आउँदा खुशी
    – मेनुका ढुंगाना, अछाम

    आश्विन ५, २०७४-२०७३ साल मंसिर ४ गते साविकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साविकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा ज्यान गयो ।  १ महिनाको अविधिमा २ महिलाको छाउपडी गोठमा मृत्यु भयो भने  एक दशक (२०६३–०७४) मा ८ जना महिलाको छाउपडी गोठमा ज्यान गुमाए । प्रदेश नम्बर ७ को छाउपडी कुप्रथा धेरै मानिने अछाम जिल्लामा छाउपडी कुप्रथालाई ‘ फौजदारी अपराध’को रुपमा संसदमा विद्येयक पास हुँदा निकै चर्चा पाएको छ ।

    अछामको छाउपडी कुप्रथा न्युनिकरण गर्न साविकका ७५ वटा गाविसमा महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रुपमा बहिष्कार गर्नुका साथै गाविसबाट प्रदान गरिने सबै सेवा सुविधाबाट बञ्चित गरिने निर्णय गर्दा समेत गोठमा बस्नेको संख्यामा कमी भएन । उल्टै छाउपडी गोठमुक्त गाविस घोषणा भएको साविकको गाज्रा गाविसमा छाउपडी गोठमा ज्यान जाँदा छाउपडी कुप्रथा सम्बन्धी कानुन बनाउन सरकारलाई दबाब समेत पुगेको हो ।

    फेरी बने छाउपडी गोठ

    २०७२ साल असोज ९ गते छाउपडी गोठमुक्त गाविस घोषणा भएको साविकको गाज्रा गाविसमा पुन: गोठ निर्माण भएका छन् । महिला तथा बालबालिका सेवा केन्द्र अछामले गाज्रामा गरेको कार्यक्रममा ८ परिवारले मात्र छाउ भएको बेला घरमा बस्ने बताएका थिए । यस्तै तिमिल्सैमा गरेको कार्यक्रममा सहभागि ५७ जना महिला मध्ये ४जना महिलाले घरमा बस्ने बताएका थिए ।  कसैले सासुससुराको कारणले गोठमा बस्नु परेको सुनाए भने कसैले गोठ बाहेक अन्यत्र बस्नै नसकिने अडान राखे ।

    तिमिल्सैनकी सिता विकले छाउपडी भएको बेला घरमा बस्दा आफूलाई सञ्चो नभएको र आफ्नो देउताले समेत छाउगोठमा बस्न दबाब दिएकाले कुनै हालतमा घरमा बस्न नसकिने बताइन् । ‘मलाई सञ्चो पनि हुँदैन, मेरो देउताले खायो पनि गर्दैन,’उनले भनिन् । यस्तै तिमिल्सैनकै उर्मिला तिमिल्सैनाले आफूले नचाहँदा नचाहँदै बुबाआमाको कारण छाउपडी गोठमा बस्न बाध्य भएको सुनाइन् । ‘छाउगोठमा नबस्ने भनेर गोठ भत्काइएको हो,’ उनले भनिन्, ‘तर म गोठमा नजाँदा गाउँकाले र बुबाआमाले उल्टो शंका गर्न थाले । फेरी गोठमा बस्न बाध्य भएँ।’ छाउपडी कुप्रथा सम्बन्धी कानुन आउँदा आफू निकै खुशी भएको र कार्यान्यन गर्न चुनौती आउन सक्ने उनले बताइन् ।

    न्युनिकरण गर्न अभ्यास भए ,प्रतिफल पाइएन

    छाउपडी कुप्रथालाई न्युनिकरण गर्न अछाममा अभ्यास नभएको होइन । तर, जे जति लगानि गरियो त्यस अनुसारको प्रतिफल भने पाइएन । यो कुप्रथालाई न्यूनिकरण गर्नको लागि भनेर जिल्लास्थित महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय ,गैर सरकारी संस्था अन्तर्गतका धेरै एनजिओ/आइएनजिओले थुप्रै कार्यक्रमहरु सञ्चालन गरेका छन् । तर एक वर्ष भरी छाउपडी कुप्रथा न्यूनिकरण गर्नको लागि कति बजेट खर्च भयो ? कुन कुन ठाउँमा खर्च भयो ? कत्तिको प्रभावकारी भयो ? यसको लेखाजोखा न सरकारी कार्यालयहरुले राखेका छन् न त गैर सरकारी कार्यालयहरुले राखेका छन् ।

    यस्ता छन् छाउपडी गोठमा ज्यान जाने मुख्य कारण

    जबजब अछामका छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब सरोकारवालाहरुले जिल्लाका होटेलहरुमा बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी सदरमुकाममा चलाएर काम पुरा भएको प्रतिवेदन पेश गर्छन् । अहिलेसम्म जे जति छाउपडी गोठमा ज्यान गुमाउने महिलाको संख्या बाहिर आएको छ त्यो भन्दा धेरै ज्यान गएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

    चिसो महिना सुरु भएपछि छाउपडी गोठमा ज्यान जानेको संख्या बढ्छ । कारण, घरबाट टाढा गोठ हुन्छ, नुहाउनलाई, लुगा धुनलाई पानी हुँदैन, धोइएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ , घरबाट पातलो पातलो लुगा दिइन्छ । सिधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन र गोठ भित्रै निसास्सिएर बस्नु पर्छ । सुन्दा सामान्य लाग्ने यस्तै कारणबाट ज्यान गइरहेको छ ।

    अझै चिसो महिनामा छाउपडी गोठमा बसेकी आमसँग भएका कति बालबालिकाको निसास्सिएर, निमोनिया भएर, कठ्याङग्रिएर ज्यान जान्छन् त्यतापट्टी पनि कसैले ध्यान दिएको देखिँदैन । छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउने लगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै धेरै बालबालिकाले कुपोषणको सिकार बन्नु परेको छ। टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृत हुनु परेको छ ।

    कानुनले धामी-झाँक्रीलाई झस्कायो

    केहि धामी-झाँक्रीलाई भने छाउपडी कुपथा ‘फौजदारी अपराध’ बनेको कानुनले झस्काएको छ । देउता रिसाउने, आगलागी हुने, छाउपडी घरमा बस्दा अर्को जुनी नै नपाइने, गाई, भैसीले दूध दिन छोड्ने,अविवाहित छोरी छाउपडी भएको बेला घरमा बस्दा देउता लाग्ने, सन्तान नजन्मने लगायतका अन्धविश्वास मान्दै आएका उनीहरु कानुनलाई सहर्ष स्वीकार गर्ने अवस्थामा छैनन् ।  ४ जना धामी-झाँक्रीलाई, कानुन आयो यसलाई कार्यान्वयन गराउनको लागि तपाईंको सहयोग कत्तिको हुन्छ भन्ने प्रश्नमा उनीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    एक दशकमा छाउ गोठमा ८ महिलाको मृत्यु

    अछाममा पछिल्लो करिव एक दशकमा डम्बरालगायत आठ महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन् । चार वर्षअघि अछामको रिडिकोट गाविस-४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै भएका बेला मृत्यु भएको थियो ।

    त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हत्तिकोट लगायतमा गाविसमा महिलाले गोठमै ज्यान गुमाएको तथ्यांक छ । शर्मिला भुलको ज्यान गएपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको हो । उक्त अभियान अन्तर्गत हालसम्म साविकका ३१ गाविस छाउपडी गोठ मुक्त घोषणा भइसकेका छन् । जिल्लामा गोठमुक्त अभियान चलिरहे पनि महिलाले गोठमा ज्यान गुमाउने क्रम रोएिको छैन ।

    यसो भन्छन् ज्यान गुमाएका परिवार

    देवीदेवता रिसाउँछन् भन्ने डरले नै गोठमा राखेको  छाउपडी गोठमा ज्यान गएकी रोशनी तिरुवाका बुबा भरत तिरुवाले बताए ।  ‘यस्तो होला भन्ने थाहा भए त घरमै राख्थ्यौं,’ उनले भने ,‘रोशनीको ज्यान गाएको पछिल्लो दिन नै गोठ भत्काए अबदेखि महिनावारी हुँदा घरबाहिर राख्दिन घरको पल्लो कोठामा सुरक्षित राख्नेछु ।’

    पुस ५ गते साविकको गाज्रा गाविसमा बसेको सर्वपक्षीय बैठकले महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रुपमा बहिष्कार गर्ने र गाविसबाट प्रदान गरिने सबै सेवा सुविधाबाट बञ्चित गरिने निर्णय पनि गरेको तर कार्यान्वयन भने नभएको उनले बताए । कानुन आए लगत्तै कार्यान्यन गराउनको लागि आफूले पनि सहयोग गर्ने र अब छाउपडी कुप्रथा हटाउनको लागि आफू अभियन्ता भएर लाग्ने उनले बताए ।

    कानुनको बारेमा गाउँस्तरसम्म जानकारी गराउँछौ : सरोकारवाला

    ‘विधेयक प्रमाणीकरण हुनासाथ सक्रिय भएर लाग्छौं, ’ अछामका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘कहाँ कसरी उजुरी गर्ने प्रक्रिया के हुने भन्ने बारेमा लागु भइसकेपछि गाउँस्तरसम्म जानकारी गराउँछौं ।’ यसका लागि महिला, अगुवा, समाजसेवी, राजनैतिक दल सबैले एकजुट भएर लागेमात्र कानुनले सार्थकता पाउने उनले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.