×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाह्रैमास अनिकाल, जीवनभर दुःख

  •  
  • सोमबार, चैत २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा घ्याल्चोक, छतिवन गैराका प्रेम चेपाङ र उहाँकी बजै जुनकिरी चेपाङ ।अन्नपूर्ण

    चेपाङ नातिबजैको पीडा

    शिव उप्रेती

    गोरखाः कहिल्यै काइँयो नदेखेको बेस्याहार सेतो कपाल, सानो गाँठीको ख्याउटे शरीर, कर्कटपाताजस्तै चाउरी चेहरा, एकसरो गुन्यु र पुरुषले लगाउने लुगाले ढाकेको महिला आङ । यो काय विगत आठ दशकदेखि घ्याल्चोक, छतिनगैराको पखेरा खनीखोस्री गरिरहेको देखिन्छ, दिनहुँ । गाउँले उहाँलाई जुनकिरीको नामले बोलाउँछन् ।

    यो थलोमा चेपाङ समुदायको मात्र बस्ती छ । साँझ बिहान खोलेसिस्नु, गिट्ठा, तरुल पकाएर खान र रातको पहर कटाउन एउटा घरको पूर्वी गारो बाँसको कप्टेराले बारेर खोपी बनाउनुभएको छ जुनकिरी चेपाङले । आफ्नो उमेर उहाँलाई थाहा छैन, कति वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउन थालेको भन्ने पनि हेक्का छैन । शरीरले चार बीस काटिसकेको देखाउँछ तर छरितो जोश, बोलीको दम र मुहारको तेजले दुई बीस नपुगेको भान पार्छ ।

    केही दिनअघि उहाँलाई भेट्दा खोरियामा कोदालो मच्चाउँदै हुनुहुन्थ्यो मकै रोप्न । जुनकिरीको खोपीमा उहाँर १० वर्षको नाति प्रेमको बास छ । पतिले संसार छोडेको पाँच वर्ष नाघेको चाहिँ उहाँलाई मेसो छ । एउटा छोरो थियो सन्ते, आत्माहत्या गरेको १० वर्षजति भयो । छोरो एक वर्षको भएपछि आमा बेलीमायाले पनि प्रेमको माया मार्नुभएको थियो । प्रेम यसरी जुनकिरीको पोल्टामा पुग्नुभयो ।

    सबैले छोडेपछि काखको नाति लिएर जुनकिरी विवाहिता छोरीको घरको गारो बारेर बस्न थाल्नुभयो । चैत लागेपछि चेपाङ बस्तीमा अनिकालको राज चल्छ । तर जुनकिरीको खोपीमा बाह्रै महिना अनिकालको बास छ । दुई डोको मकै मात्र उहाँको बारीको कमाइ हो । बाँकी दिन आधापेट खोलेले दुईजना पालिन्छन् ।

    खान नपाएपछि प्रेमले पनि स्कुल जान छाड्नुभयो । ‘घरमा खाने दुःखले चार कक्षा पढेर स्कुल जानै छोड्यो’ सरमलाई हाँसोले छोप्दै जुनकिरी भन्नुहुन्छ, ‘बिहानभरि पानी बोक्छ । थकाइ लाग्छ होला अनि घरबाट भाग्छ । स्कुलै जान मान्दैन, छोड्यो ।’ प्रेम हिजोआज भूकम्पले भत्काएको घर बनाउन घडेरी खार्न हिँड्नुहुन्छ । ‘कहिले २० रुपैयाँ कमाएर दिन्छ, कहिले ४० रुपैयाँ’ निस्फिक्री हाँस्दै जुनकिरी भन्नुहुन्छ, ‘अहिलेसम्म मैले पालें, अब दुई तीन वर्षपछि उसले पाल्छ ।’ तीन चार वर्षमा बिहे गरेर नातिनी बुहारी पनि भित्र्याउने आशा हर्षका साथ उहाँ सुनाउनुहन्छ ।

    नातिबजैलाई बिहानै मकैको खोले, साँझै मकैको खोलेले पालेको छ । ‘तिउन त छैन । नुनको धुलोसित खोले खाने हो’ प्रेम भन्नुहुन्छ, ‘कहिले-कहिले पुसैं (फुपाजू) ले ब्वाइलरको मासु ल्यायो भने दिन्छ । अरुबेला फुक्कै भात ।’ चेपाङ बस्तीमा बिहान चिया र दिउँसो खाजा खाने चलन छैन । ८० वर्षसम्म पनि साबिककै दुःख, सबै आफन्तको बिछोड, साँझबिहानको चुलो र नातिको भविष्य सम्झेपछि उहाँको भक्कानो सम्हालिनै सक्दैन र आँखा र ओठबाट भेल बनेर उर्लिन सुरु गर्छ ।

    पढ्ने वातावरण नपाएर प्रेमले पढ्दापढ्दै छाडेका हुन् । ‘बाउआमा भए पो पढ् भन्छन्, स्कुल जा भन्छन् । अहिले त घरमा छ कि छैन, कसको घरमा ढुक्न पुगेको छ, कहाँ सुत्छ, दिनभरि कहाँ चहार्छ पत्तो हँुदैन । कसले रेखदेख गर्ने, कसले पढ् भन्ने, कसले स्कुल पठाउने ? ‘
    अनुप चेपाङ स्थानीय शिक्षक

    बसिरहेको सानो छाप्रो भुइँचालोले भत्काएपछि मर्मत गरिदिने कोही भएनन् । सरकारी सुबिधा लिएर नयाँ घर बनाउने त आकाशको फल भइहाल्यो । ज्वाइँले छोरीमाथि सौता हालेका छन् । निरुपाय छोरीज्वाइँको शरणमा बस्दा सहनुपरेको व्यवहारलाई उहाँको मनले सम्हाल्न सक्दैन, मुखले थुन्न सक्दैन, आँखाले रोक्न सक्दैन र बोल्दाबोल्दै असारे पाखेभल बारीको कान्ला नाघ्दै हाम्फाले झैं हाम्फाल्छ आँखा र गलाबाट । ‘यता सम्झे पनि चित्त बुझाउने बाटो छैन, उता सम्झे पनि चित्त बुझाउने ठाउँ छैन’, पूर्वजुनीको सरापले यो जीवन पाएको भन्दै उहाँ भक्कानिनुहुन्छ, ‘पापको सजाय कहिले सकिएला र मर्न पाइएला । निद्रा लाग्दैन । मर्न काल आएन । तिमी मर्‍यौ भने म पनि मर्छु भन्छ यो नाति ।’

    छोरीज्वाइँले गरेको व्यवहार भने उहाँले पूरै खुलाउन चहानुहुन्न । उहाँलाई आफ्नोभन्दा पनि नातिको भोक टार्न नसकेको असजिलो छ । भन्नुहुन्छ, ‘बालबच्चा भोकै छ, खानेकुरा छैन, खप्न सक्दैन अनि घरबाट भाग्छ, गाउँ चाहार्छ ।’ दिउँसो खाजा छैन भन्नु पर्दा उहाँको शिर सरमले झुक्छ । ‘खाजै छैन, के खान्छ र ? ‘ उहाँ भन्नुहुन्छ, ‘बारीको नाममा एउटा गरो छ । गोरु पनि छैन, जोत्ने मान्छे पनि छैन । आफंैले खनेर मकै रोप्छु । दुई डोको मकै आउँछ । त्यसले कति पुग्छ र ? ‘ ८० बर्से पाखुरा मच्चाएर गरेको निमेकले दुईजनाको पेट पाल्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

    प्रेमले नपाएको माया

    बज्यै हुन् तर डेढ वर्षको उमेरदेखि हुर्काकाले प्रेम बज्यैलाई आमा भनेर बोलाउनुहुन्छ । घडेरी खारेर उहाँले अहिलेसम्म पाँच सय रुपैयाँ जम्मा गर्नुभएको छ । कमाएको जति जम्मै पैसा बज्यैलाई दिएको खबर अरुलाई सुनाउन पाउँदा उहाँको अनुहारमा चमक आउँछ । ‘कसैकसैले चाहिँ बिहान सात बजेदेखि १० बजेसम्म काम लगाउँछन् र भात दिएर पठाउँछन्’, मुहार तेजिलो पार्दै प्रेम भन्नुहुन्छ, ‘एउटा घडेरी खारेको पाँच सय रुपैयाँ भा’थ्यो, बज्यैलाई दिएँ ।’ पाँच सय रुपैयाँ कमाउन उहाँले धेरै दिन श्रम गर्नुभएको थियो ।

    बाबुआमाको बात्सल्य नपाउनुभएका प्रेम बाल्यकालदेखि नै ढुंगामाटोमा लडिबुडी गर्दै हुर्किनुभयो । एउटी हजुरआमा हुन् त्यही पनि उदाएदेखि अस्ताएसम्म पखेरामै हुन्थिन् । भोक, तिर्खा चिन्ने कोही भएन । ‘भोक लाग्छ नि तर के खाने ? ‘ प्रेम भन्नुहुन्छ, ‘बिहानको खोले खाएपछि एक्कैचोटी बेलुका हो ।’ पढ्ने मन भएर पनि छोडेको उहाँले बताउनुभयो । ‘पोहोरसम्म त म पनि गा’थेँ स्कुल, अहिले गइनँ’ लजाउँदै प्रेम भन्नुहुन्छ, ‘सबै साथी स्कुल जाँदा म पनि जान पा’भे, भन्ने लाग्छ, तर ।’

    पढ्ने वातावरण नपाएर प्रेमले पढ्दापढ्दै छाडेको स्थानीय शिक्षक अनुप चेपाङको बुझाइ छ । ‘बाउआमा भए पो पढ् भन्छन्, स्कुल जा भन्छन्’, नजिकै घर भएका उहाँ भन्नुहुन्छ, ‘अहिले त घरमा छ कि छैन, कसको घरमा ढुक्न पुगेको छ, कहाँ सुत्छ, दिनभरि कहाँ चहार्छ पत्तो हँुदैन । कसले रेखदेख गर्ने, कसले पढ् भन्ने, कसले स्कुल पठाउने ? ‘ चेपाङ समुदायमा यस्तो समस्या धेरै रहे पनि प्रेमको समस्या अरूको भन्दा बढी रहेको उहाँ बताउनुहुन्छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.