×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

४२ बर्ष पछि घरमा कामी सार्की

  •  
  • बुधबार, चैत २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मानबसेवा आश्रमले गरायो परिवारवार पुनःमिलन 

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र २३ गते । तपाई हाम्रा आफन्त केही समयका लागि संगै नहुदाँको अनुभव हामीले गरेकै छौ । तर ४२ बर्ष सम्म पनि आफ्ना सन्तान घरमा नहुदाँ के होला ? त्यसैमा पनि २ दशक पछी घर आउदाँ बाटोमा हराए कस्तो होला ?
    हो यस्तै भएको छ गोरखा सौरपानीका कामी सार्कीलाई । आधा दर्जन छोरा छोरीका धनी सार्की उमेरले ८० बर्ष लाग्यो । साविक सौरपानी गाउँ बिकास समिति ४ ग्याजी घर भएका सार्की उमेरमै आफ्नी प्यारी अर्धाग्नीलाई गुमाउनुको पिडा भूल्न माइलो छोरो बोकेर बिहानको भाले नबास्दै भारत भासिए । केही रोजगारी र तनाब बिच रहेका सार्कीलाई घर आउने उत्कष्ठ ईच्छा भए पछि ४२ बर्ष पछि उनी भारतीय बुहारी संगै गएको दशैमा आफन्त भेट्न आए । तर भाग्यको नियती नै भन्नु पर्छ ४२ बर्ष पछि घर फर्किएका उनी राती चितवन बसपार्कको एक होटलबाट बेपत्ता भए ।

    Kami Sarki 4
    संगै आएको माइला छोरा र बुहारी आपतमा परे । पुलिस देखी आफन्त सबैले खोज्दा पनि नपाए पछि हरेस खाएर माइला छोरा भारत तिर लागे भने अरु आफन्त गोरखा तिर । केही बेर अगाडी बोलेको कुरा बिर्सने कामीलाई प्रहरीले जंङ्गल बिच फेला पारयो र चितवनमा सञ्चालनमा आएको मानस सेवा आश्रममा बुझाइ दियो । कात्र्तिकमा मानव सेवा आश्रम चितवनमा रहेका उनलाई स्याहार सुसार संगै सामान्य कुराको याद त आयो तर नाम र वतन फरक फरक बताउने उनले अन्तिम पटक आफ्नो घर गोरखाको सौरपानी भएको बताए संगै गोरखामा खुलेको मानब सेवा आश्रममा उनलाई पठाइयो ।

    Kami Sarki 5
    गोरखा बजारको पाटेचौरमा रहेको आश्रममा केही साता देखी बस्दै आएका कामीका बिषयमा सौरपानीका धेरैलाई बोलाएर देखाउदा चिन्न सकेनन् । संयोग नै मान्नु वा भाग्यको लेखा भनौ ०७३ चैत्र २३ गते आश्रमका केही अभियान्ताहरुले १३ किलो घुम्ती बजारमा मानिस फेला परेको कुरा जानकारी पाए संगै उनका जेठा छोरा काले सार्कीले आफ्नै हराएको बुवा हुन सक्ने भन्दै खोजी गर्दै मानबसेवा आश्रम आई पुग्दा सोचे जस्तै भयो ।

    Kami Sarki 1
    यो अबशर जुराई दिएको थियो मानबसेवा आश्रमले । एक साता अगाडी मात्रै आश्रममा रहेका अभियान्ताहरु संग कुरा गर्दै गर्दा आफ्नो घर गोरखाको १३ किलो घुम्ती बजारमा रहेको भन्ने आधारमा अभियान्ताहरुले आजै अर्थात बुधबार बिहान मात्र उत्त क्षेत्रमा गएर आश्रममा रहेको मानिसका बिषयमा स्थानियलाई जानकारी गराएका थिए ।

    Kami Sarki 6
    बावुलाई देख्नासाथै भावविलह भएका जेठा छोरा नै उमेरले ५० नाघी सकेका छन । जन्म थलो सौरपानी छाडेर हाल गोरखा नगरपालिका १० को १४ किलो भन्ने स्थानमा डेरा गर्दै आएका कालेलाई उनका बुवाको हात समेतर कानूनी प्रकृया पुरा गरेर प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण गर्दै बुवाको बिशेष ख्याल गर्न अनुरोध गनु भएको थियो ।
    प्रजिअ जितेन्द्र बस्नेतले सड्कमा विच्छीप्त अवस्थामा जिवन निर्वाह गर्न बाध्य असाह्यहरुलाई पुनःजिबन दिने उद्वेश्यका साथ स्थापित आश्रमको काम प्रति कृतज्ञता ज्ञापन गनु भएको थियो । वहाँले सरकारले गनु पर्ने काम आश्रमले गरेकोमा प्रशंसा गर्दै पारिवारीक पुनःमिलन पुण्यको कामभएकोले सबैले सकारात्मक सोचका साथ अगाडी बडे काममा सफलता पाइने बताउनु भयो ।

    Kami Sarki 3
    चार दशक सम्म पनि बुवाको अनुहार देख्न नपाएका कालेले खुशी हुदै बुवाको हेरचाहमा कुनै कसर बाँकी नराख्ने बचन दिनुभयो । फागुन अन्तिम साता मात्र गोरखा आश्रम ल्याईएका कामीले कार्यक्रममै भारतमा रोजगारीमा रहेका आफ्ना माहिला छोरा संग कुरा गर्दै आफु हराएको र अहिले घर आएको भन्दै आफुलाई भेट्न आउन भनेका थिए । बेल्ङ्गिग पेसा अंगालेका माईला छोराले आजै भारतबाट हिड्ने र भोली नै बुवालाई भेट्ने भन्दै फोनमा नै भक्कानीएका थिए । बावुका प्यारो छोरा मानिएका माइला बावु हराए पछि घर नआइ भारततिर गएका थिए ।
    हराएका कामीलाई लिन उनका ज्वाई तथा छर छिमेकी समेत आएका थिए ।

    Kami Sarki 2
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीका साथै मानब सेवा आश्रमका अभियान्ताका साथै समाजसेवी र सर्व साधारणहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा अभियान्ता शित्तलकाजी मास्केले समेत बोल्नु भएको थियो ।

    Kami Sarki 7

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.