×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

किन गायब पारियो सुगौली सन्धिपत्र ?

  •  
  • शनिबार, फागुन २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वसन्त खड्का

     काठमाडौं- सुगौली सन्धिमा के छ? यसको ऐतिहासिकता र औचित्य कति छ? भारतमा शासन गरिरहेको तत्कालीन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको यो सन्धिबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ।

    यसको कारण हो– सुगौली सन्धिको सक्कल प्रति नै कतै नभेटिनु। सन्धिकर्ता दुई देश न नेपालमा यो भेटिन्छ, न बेलायत। इतिहासकार, अध्येता, अन्वेषक मात्र होइन, सम्बन्धित अधिकारी नै यसबारे अनभिज्ञता प्रकट गर्छन्।

    सन्धिको सक्कल प्रति कतै भेटिँदैन, रेकर्डमा रहेको टाइपिङ प्रति अनेक किसिमले विवादित छ, सीमाविद् दाबी गर्छन्– सक्कली सन्धिपत्र भेटिए नेपालले ठूलो भूभाग फिर्ता पाउन सक्ने देखेर भारतले गायब पारेको हुनुपर्छ।

    चल्तीमा रहेको सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल र भारतबीच ‘उकुज’ बन्दै आएका छन्।

    आखिर कसरी गायब भयो सुगौली सन्धिको सक्कल प्रति?

    किन लुकाइयो सुगौली सन्धिको वास्तविकता?

    सक्कलप्रति मात्र होइन, यसको छायाप्रतिसम्म कतै फेला नपर्नुमा के रहस्य छ?

    सीमा–इतिहासका अध्येता यस्ता प्रश्नको जवाफ खोज्दाखोज्दा हैरान छन्।

    लगातार आठ वर्षदेखि सुगौली सन्धिको रहस्य खोतल्न लागिपरेका सीमाविद् बुद्धिनारायण श्रेष्ठ सक्कली सन्धिपत्र हराउनुमा गम्भीर आशंका व्यक्त गर्छन्।

    उनका अनुसार सामान्यतया दुई मुलुकबीच भएका सन्धिसम्झौताको सक्कल प्रति ती दुवैसँग सुरक्षित रहनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर सुगौली सन्धिको सक्कल प्रति वा त्यसको छायाप्रति न नेपालसँग छ, न बेलायत। न भारतले नै यो प्रति आफूसँग रहेको सकार्छ।

    ‘सुगौली सन्धिको सक्कल प्रति अस्तित्वमै छैन, हाल उपलब्ध टाइपिङ प्रति हो जसमा कहिल्यै विवाद नभएको क्षेत्रमा विवाद देखाइएको छ’, श्रेष्ठ भन्छन्, ‘यसका पछाडि रहस्य छ।’

    श्रेष्ठ लामो समयदेखि नेपालले अन्य मुलुकसँग गरेका सन्धि–सम्झौताबारे अध्ययन गरिरहेका छन्। उनले सुगौली सन्धिबारे  गहिरो अध्ययन थालेको लामो समय भयो। त्यस क्रममा आफूले नेपाल सरकार मातहतका निकाय, तत्कालीन ब्रिटिस सरकार मातहत रहेको भारत तथा बेलायतमा सन्धिको सक्कल प्रति व्यापक खोजी गरे।

    ‘सन्धिको सक्कल प्रति वा छायाप्रति खोज्न निकै प्रयास गरेँ, बेलायत, अमेरिकासम्म पुगँे, तर पाउन सकिनँ’, श्रेष्ठले भने। उनको निर्क्याेल छ– सन्धिको सक्कल प्रति नेपाल सरकार र तत्कालीन इस्टइन्डिया कम्पनी अर्थात् हालको भारतसँग हुनुपर्छ।

    नेपाल तथा भारत सरकारसँग पनि सन्धिको सक्कल प्रति नभएको जवाफ पाएपछि उनी सन्धि खोज्दै ब्रिटिस म्युजियम लाइब्रेरी तथा विश्वकै सबैभन्दा ठूलो पुस्तकालय अमेरिकास्थित ‘लाइब्रेरी अफ कंग्रेस’ सम्म पुगेका थिए। तर, त्यहाँ पनि उक्त सन्धिको टाइपिङ प्रति मात्र फेला पर्‍यो।

    उनका अनुसार चल्तीमा रहेको टाइपिङ प्रतिमा अनेक विवादास्पद विषय छन्। जस्तो कि सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गरेका भनिएका चन्द्रशेखर उपाध्यायको नाम नै टाइपिङ प्रतिमा देखिँदैन।

    ‘टाइपिङ प्रतिमा सन्धिमा कतिपय कुरा शंकास्पद छन्’, उनले सुनाए, ‘हाल उपलब्ध कतिपय प्रतिमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने मुख्य व्यक्ति चन्द्रशेखर उपाध्यायको नाम नै नरहेको र कतिपय प्रतिमा चन्द्रशेखर र अर्का हस्ताक्षरकर्ता गजराज मिश्रको हस्ताक्षर एउटै लिपिमा भेटिन्छ।’

    उनका अनुसार टाइपिङप्रतिको धारा ३ मा कहिल्यै विवाद नरहेको मेचीदेखि–टिष्टासम्मको भूभागमा विवाद देखाउन खोजिएको र गोर्खालीले ४० दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ। टाइपिङ प्रतिमा विवादै नभएको क्षेत्रमा विवाद देखाउनु र सक्कलप्रति गायब पार्नुका पछाडि रहस्य लुकेको उनी बताउँछन्।

    मेचीदेखि टिष्टासम्मको भूभाग कुनै विवादबिना तत्कालीन ब्रिटिस सरकारले भारतमा गाभेका कारण त्यो भूभाग पछि नेपाललाई फिर्ता गर्नुपर्ने त्रासले सक्कली सन्धि गायब पारिएको श्रेष्ठको अनुमान छ। उनको आशंका छ– सक्कल प्रतिमा मेची–टिष्टा भूभाग नेपालले त्याग्नुपर्नेबारे केही उल्लेख नभएको हुन सक्छ। सक्कलप्रति फेला परे उक्त भूभाग नेपालले फिर्ता पाउन सक्ने उनी सम्भावना देख्छन्। त्यही त्रासले सक्कल प्रति गायब पारिएको र त्यसमा भारत सरकारको हात रहेको उनको संशय बलियो देखिन्छ।

    त्यसो त सीमाविद् श्रेष्ठ सुगौली सन्धिको सक्कल प्रति अझै पाउन सकिनेमा आशावादी छन्। त्यतिबेला भारत सरकारका रुपमा सन्धि गर्ने बेलायतले सरकारलाई पत्र लेखे कहीँकतै अस्तित्वमा रहेको भए सक्कल प्रति पाउन सकिने उनको विश्वास छ।

    हुन त ०६० मा सर्वाेच्च अदालतले सक्कल प्रति माग गर्दा तत्कालीन नेपाल सरकारले त्यो उपलब्ध नभएको भन्दै टाइपिङ प्रति बुझाएको थियो। ०५६ मा स्वर्गीय योगी नरहरिनाथ तथा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले १९५० को नेपाल–भारत सन्धिले सुगौली सन्धि खारेज गरेको भन्दै गुमेको नेपाली भूभागमा नेपालीले भोगचलन गर्न पाउनुपर्ने भन्दै दायर गरेको रिटको सुनुवाइ गर्न सर्वोच्चले सन्धिको सक्कल प्रति मगाएको थियो। इतिहासका अध्येताका अनुसार सिंहदरबार आगलागी हुँदा सुगौली सन्धिलगायत थुप्रै ऐतिहासिक कागजात जलेको विश्वास गर्नेहरु पनि छन्। यसै भनेर चित्त बुझाउने ठाउँ भने छैन। किनकि, यसको गहिरो खोजी न त्यतिबेला भयो, न अहिले।

    सुगौली सन्धिमार्फत नेपालले गुमाएको मेचीदेखि टिष्टासम्मको भूभाग फिर्ता पाए नेपालको सीमा बंगलादेशसम्म जोडिने र यसले हाल नेपालले भोग्नुपरेको भूपरिवेष्टित हुनुको समस्यासमेत अन्त्य हुने भएकाले सन्धिको सक्कल प्रतिको खोजी गरिनुपर्ने श्रेष्ठको तर्क छ।

    सुगौली सन्धिको सक्कलप्रतिबारे सरकारी निकाय भने अनभिज्ञता प्रकट गर्छन्। अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे जानकारी राख्ने आधिकारिक निकाय परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्दा मन्त्रालयका सूचना अधिकारी सुधीर भट्टराईले यसबारे आफूलाई जानकारी नभएको बताए। ‘यस विषयमा मलाई जानकारी छैन, अध्ययन गरेपछि मात्र यसका विषयमा केही बोल्न सक्छु’, उनले भने। मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल बिदामा रहेको र आफूलाई यस विषयमा जानकारी नभएको भट्टराईको भनाइ थियो।

    के हो सुगौली सन्धि? 

    भारतमा शासन गरिरहेको तत्कालीन ब्रिटिस शासक र नेपालबीच सन् १८१६ मा नेपाल र भारत दुई देशको सीमा सम्बन्धमा भएको सन्धि नै सुगौली सन्धि हो। यो सन्धिमार्फत नेपालले पश्चिममा काँगडा तथा पूर्वमा टिष्टासम्मको एकतिहाइ भूमि गुमाएको थियो। भारतलाई उपनिवेश बनाएको ब्रिटिस शासक र नेपालबीच सन् १८१४ देखि सुरु भएको युद्ध लामो समयसम्म चल्दासमेत अन्त्य नभएपछि २ डिसेम्बर १८१५ मा ब्रिटिसले नेपालसँग सन्धिको प्रस्ताव गरेको थियो।

    १५ दिनभित्र जवाफ पठाउने गरी गरिएको प्रस्तावमा नेपालका तत्कालीन शासक तथा भाइभारदारबीच सन्धि गर्ने र नगर्नेबीच सहमति नजुटेपछि नेपालले लामो समयसम्म पनि ब्रिटिसलाई जवाफ फर्काएन। जवाफ नफर्काएपछि ब्रिटिस फौजले नेपालमाथि आक्रमण सुरु गर्ने चेतावनी दियो। त्यसपछि ४ मार्च १८१६ मा नेपालका तर्फबाट चन्द्रशेखर उपाध्याय र गजराज मिश्र तथा ब्रिटिस सरकारका तर्फबाट पेरिस ब्राडसले हालको हेटौंडा उपमहानगरपालिका–७ मा पर्ने सुगौली भन्ने ठाउँमा सन्धिमा हस्ताक्षर गरेका थिए।

    सन्धिलाई अंग्रेज गभर्नर (शासक) जनरल डिडी अक्टरलोनीले अनुमोदन गरेका थिए।  सोही सन्धिका कारण नेपाल सानो भूभागमा खुम्चिनुपरेको थियो।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.