×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेचिएर बौरिएकी नेता

  •  
  • आइतबार, फागुन २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बसन्त बस्नेत

    फाल्गुन २२, २०७३- झापा विद्रोहको विरासत बोकेर २०२८ सालयता अथक सक्रिय एमाले सांसद गौरा प्रसार्इंलाई ‘मानव बेचबिखनकी सिकार’ को फुर्को अझै जोडिरहनु कति उचित हो, थाहा छैन । कहिलेकाहीँ परिचय स्वयंमा हिंसा सन्निहित हुन्छ ।

    तर, एमाले पोलिटब्युरोकी वैकल्पिक सदस्य गौरालाई आफ्नो अतीतको अँध्यारो कालखण्ड कहन कत्ति संकोच छैन । नक्सलवादी रुझानमा जारी झापा विद्रोहको त्यस बेला पटाक्षेप हुँदै थियो । २०३२ सालको एक दिन उनी भूमिगत तवरले आसाम जाने क्रममा भारत, सिलिगुडीमा बेचिन पुगिन् । सिलिगुडी प्लेटफर्ममा रेल कुर्दैगर्दा कसैले उनलाई चिसो बर्कोजस्तो केही चिजले सर्लक्क छोपिदियो । भोलिपल्ट बेहोसीबाट ब्युँझदा उनी दलालहरूबाट फसाइएका यौनकर्मीहरूको माझमा थिइन् । त्यसपछिका २३ दिन नारकीय ढंगले सिलिगुडी कोठीमा बिते । क्रान्तिकारी किशोरी त्यहाँबाट निक्लने हिम्मत नजुटाएकी हुँदी हुन् त, आजको यो इतिहास सके लेखिन्नथ्यो ।

    कोठीको बाध्यकारी यौनकर्म झेल्ने क्रममा दोस्रो साता एक ग्राहक गौराको कोठामा छिरे । सबैभन्दा पहिले बिछयौनाको तन्ना झिकेर आङ ढाकिदिए । उनी छक्क परिन्– उसले के गर्न खोजिरहेको हो भनेर । उनले आफ्नो नाम जोशन विश्वकर्मा, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) को कार्यकर्ता भनी चिनाए । अनि आफ्नी बहिनीलाई यसैगरी सोही कोठीमा बेचिएको र मारिएको घटना रुँदै सुनाए । गौरालाई भर्खरै त्यहाँ ल्याइएको उनले सुइँको पाएका रहेछन् । उनीहरूबीच एक दुईपल्टको भेटमा गौरालाई त्यहाँबाट भगाउन जोशनले सघाउने सल्लाह भयो ।

    गौरा कोठीको पर्खाल नाघेर बाहिरसम्म पुग्ने, त्यहाँ जोशन र साथीहरू उनलाई उद्धारका लागि पर्खने । मिति, समय निश्चित गरेर जोशन निस्के । निस्कनुअघि भने, ‘कसैगरी आजको दिन असफल भइयो भने यहाँबाट तपार्इंलाई निकाल्न सकिँदैन । होसले पर्खालबाट हाम फाल्नुहोला ।’

    अलिकति चातुर्य, बाँकी साहस बटुलेर गौरा खुला संसारमा पुगिन् । उनलाई आफू कुन दिन निस्केकी हुँ, ठयाक्कै मिति थाहा छैन । यति थाहा छ, उनी तेइसौं दिनमा बाहिर आइन् ।

    ‘अलिकति मात्रै ढिलो भएको भए म त्यहाँबाट कहिल्यै निस्कन सक्ने रहिनछु, मैले साहस, धैर्य र विचारको मद्दतले आफूलाई त्यो नर्कबाट जोगाएँ,’ शुक्रबार कान्तिपुरसँग विगत सम्झिइन् गौराले, ‘त्यस बेला त जसरी पनि निस्किछाड्ने अठोट थियो । अहिले सम्झँदा आङ नै सिरिङ हुन्छ– कसरी त्यो कहालीलाग्दो समय पार गरे हुँला ।’

    गौराका ती दिन र त्यसपछि राजनीतिक आन्दोलनमा फेरि जोडिँदाका सबै कथा उनको पुस्तक ‘मेरा जीवनका पाना’ मा संगृहीत छन् । उनलाई एकपछि अर्को गरी गिजोल्न आउनेहरूका पाशविक व्यवहार, अनि ती नारकीय दिनहरूको ‘फ्ल्यासब्याक’ दोहोर्‍याएर यो आलेखलाई भावुक रंग दिने किञ्चित रहर छैन ।

    जोशनले अब पार्टी काममा फर्कनुको साटो घरजमतिर लाग्न, बरु गैरराजनीतिक मञ्चबाट सामाजिक काममा सक्रिय हुने विकल्पका लागि आग्रह गरे । गौराले आफू नेपाल फर्केर राजनीतिमै लाग्ने प्रतिबद्धता सुनाइन् । बिहारको कटिहार हुँदै छत्तरगाछ पुगेर उनले झापामा रहेका बुवा लक्ष्मीनारायणलाई चिठी लेखिन् । उनले नेपाल फर्केमा गौराको ज्यान पञ्चायती प्रशासनले लिने डर देखाउँदै कसैगरी नफर्कन जोड गरे । उनले बुवालाई बिहारमै बोलाएर भनिन्, ‘म स्वदेश फर्केरै क्रान्ति गर्छु । बरु सहिद हुनुपरे मलाई फिक्री छैन ।’

    बुवा के डेग चल्थे १ ‘ठिक छ, मेरो बारेमा के गर्ने, पछि सोचौंला, अहिले यो चिठी सीपी मैनालीलाई लगेर दिइदिनूस्,’ गौराले आग्रह गरिन् । तर बुवाले आफू त्यसो गर्न नसक्ने अड्डी लिइरहे । त्यस बेलासम्म पनि उनले आफू बेचिन पुगेकी बताएकी थिइनन् । उनले घर पुग्ने बाटो आफूलाई थाहा भएकाले जसरी पनि फर्केरै छाड्ने बताइन् । पुलिसले घर घेरा हाल्ने डर देखाउँदै रहे, बुवाले ।

    बुवाले गौरासँग ढिट गरिरहनुको पछिल्तिर अर्को कारण थियो । उनी आसाममा रहेका बेला कुनै घटनावश जेल परेका थिएछन् । जेलरले छाड्न मान्दै मानेन । कति अनुनयविनय गरिसकेपछि एउटा सर्त राख्यो– गौराले ऊसित बिहे गर्ने भए बुवालाई छोडिदिन सक्छ । अपरिचित बूढो जेलरसँग कसरी बिहे गर्नु ? १५ दिनपछि बिहे गर्ने सर्तमा आफ्नो ज्यान बन्दकी राखेर गौराले बिहे प्रस्ताव स्विकारिन् । बुवा के छुटेथे, गुरिल्ला रोमाञ्चकताबारे पढेकी यी किशोरी उही भागिहालिन् ।

    ‘बुवालाई मैले त्यसरी बहादुरीपूर्वक निर्णय लिन सकेकामा एकातिर गौरव थियो, छोरी भएर पनि छोराजस्तो साहस देखाई भनेर,’ उनले सुनाइन्, ‘अर्कातिर उहाँमा यही कुरा मनमा दोषी भावनाजस्तो बनेर बिझिरह्यो । त्यसैले योपल्ट मलाई उहाँले नेपाल आउन दिइरहनुभएको थिएन । सीपीलाई चिठी दिने कुरा पनि मान्नुभएन ।’

    गौराले नेपाल फर्किछाड्ने अडान नछाडेपछि कालान्तरमा बुवा सीपीकहाँ चिठी पुर्‍याउन तयार भए । सीपीले पार्टी सदस्य गोविन्द न्यौपानेको हातमा त्यसको जवाफ पठाउँदै उही पत्रवाहकसँगै नेपाल फर्कन आग्रह गरे । उनी तुरुन्तै भूमिगत भएर राजनीतिक प्रवाहमा हेलिइन् । त्यसको तीन महिना नबित्दै उनी पाँच वर्षका लागि जेल परिन् । झापादेखि केन्द्रीय कारागार काठमाडौंसम्मको उनको यो जेलयात्रामा कांग्रेस नेतृ शैलजा आचार्यदेखि थुप्रै राजबन्दी र अन्य कैदी भेटिए ।

    उनको सिलिगुडी कहानी कहिल्यै कसैसँग सुनाउने मौका, मन दुवै भएन । बरु जेलभित्रै अरू अभियोग लागेर थुनिएका महिला बन्दी समेत समेटेर पार्टी सेल गठन गरिन् । कत्रो आत्मविश्वास ! २०३७ वैशाखमा जेलबाट छुटेर उनी कात्तिकमा प्रवासमा संगठनको जिम्मेवारी बोकेर कलकत्ता गइन् । त्यहाँ एउटा सलाई कारखानामा काम गर्दै पार्टी संगठनको काम सुरु भयो ।

    त्यसै बेला उनलाई पुरानो सम्झनाको भूतले पछयाउन थाल्यो । राति अकस्मात् डर लाग्ने । सुतेको बेला अकस्मात् असहज व्यवहार देखाउन थाल्ने । घोरिने, झोक्राउनेजस्ता मानसिक समस्या देखिन थालेपछि साथीहरूले सोध्न थाले । मजदुर नेता लक्ष्मण रायमाझीले स्नेहपूर्वक सोधिरहेपछि उनले आफू यौनकोठीमा बेचिन पुगेको कुरा पहिलोपल्ट रुँदै–रुँदै खुलासा गरिन् । ‘दाइ, यो घटनाले मलाई सधैं तानिरहन्छ । म अब के गरौं ?’ उनले भनिन् । लक्ष्मण र साथीहरूले आँट दिएपछि उनले बिस्तारै पुरानो सम्झना सहने क्षमता प्राप्त गर्दै गइन् ।

    त्यसपछि उनलाई सामान्य अवस्थामा फर्काउन के–कति मिहिनेत पार्टी कमरेडहरूले गर्नुपर्‍यो, त्यस क्रममा स्वयं नेतृत्व अनि सहकर्मीहरूको तर्फबाट कति उज्यालो अँध्यारो क्षण बेहोर्नुपर्‍यो भन्ने सम्पूर्ण कथा उनले आफ्नो पुस्तकमा बेलिबिस्तार लेखेकी छन् । आफ्नो अवस्था थाहा पाएपछि कतिपय नेताहरूले सम्मान र सहानुभूतिले हेरे पनि कतिपय क्रान्तिकारी नेताहरूले आफूप्रति राखेको दृष्टिकोणजस्ता कुरा आज पनि उनका लागि खिलजस्तै गढिरहन्छन् ।

    यी सबै बाधा पन्छाउँदै गौराले आफूलाई अनवरत आन्दोलित बनाइरहिन् । समाजको पितृसत्तासग लड्नु त छँदै थियो, पार्टीभित्रको पुरुष सोचसँग पनि । यसैबीच, २०३९ सालमा पार्टी नेतृत्वमा आएका महासचिव झलनाथ खनालले उनलाई बिहे गर्ने मानसिकता बनाउने भए पार्टीले वातावरण बनाइदिने प्रस्ताव गरे । सुरुमा उनी अन्कनाइन् । बिरामी भएकै बेला उनलाई कैलाली, बर्दिया र बाँके कार्यक्षेत्र बनाएर खटाइयो । बिमार निको नभएपछि उनी बनारस लगिइन् ।

    उनीसँगै बनारस पठाइएका पार्टी सहकर्मी गोविन्द कोइरालाले बिहे प्रस्ताव गरे । ‘आफूमाथि पहिले नराम्रो क्रियाकलाप भएकाले समाजले त्यसैलाई सम्झाएर जिन्दगीभरि अप्ठेरो पार्नेे हो कि म अन्कनाए,’ उनी सुनाउँछिन्, ‘उहाँ (गोविन्द) ले कमरेड, चन्द्रमामा पनि दाग छ, तपाईंलाई त झन् परिस्थितिले त्यस्तो बनाएको हो । किन ग्लानि अनुभूति गर्नुहुन्छ भनी सम्झाउनुभयो, अनि बिस्तारै मन बनाएँ ।’

    पार्टीले २०३९ साउन ३० गते गौरा र गोविन्दको जनवादी बिहे गराइदियो । हाल उनीहरूका दुई छोरी र एक छोरा छन् । गोविन्दकै आड र ढाडसमा उनले हृदय नै विदीर्ण बनाउने ती नारकीय दिनहरूलाई मानव बेचबिखनमा परेका नेपाली महिलाहरूको एउटा प्रतिनिधि आवाजका रूपमा पुस्तकाकार समेत दिन पुगिन् ।

    ‘पुस्तक लेख्नुअघि पनि एक खाले संकोच मनमा नपलाएको होइन । यसै त पुरुषप्रधान समाज छ । त्यो पुरुषसत्ता केवल पुरुषमा छैन, महिलामा पनि छ,’ गौरा भन्छिन्, ‘यौनकर्ममा लाग्न बाध्य पारिएकी महिलाको वास्तविक मर्म बुझ्नेभन्दा पनि चरित्रमै प्रश्न उठाउने समाजको प्रवृत्ति मलाई थाहा थियो । तर श्रीमान्ले नै प्रेरणा दिनुभएपछि मैले नेपाली महिलाका लागि यो पुस्तक एउटा प्रेरणा बन्न सकोस् भनेर लेखेकी हुँ ।’ पाठक माझ पुग्नेबित्तिकै ठूलो चर्चा पाएको त्यस संस्मरण कृतिले २०६९ सालको साझा पुरस्कारसमेत प्राप्त गर्‍यो । उनले थपिन्, ‘त्यस्तो प्रतिकूलता झेलेर त म महिलाहरूको लागि लड्न सकें । आजका महिलाहरूलाई धेरै सहजता छ । यसलाई महिला मुक्तिका लागि उपयोग गर्नुपर्छ ।’

    यी त भए विगतका विस्मयी क्षणहरू । आज गौरा आफैं विगतको दलदलबाट सहसा उठेर नीति निर्माण तहमा छिन् । उनले अथक लड्दै गरेका यी पाँच दशक बितिसक्दा पनि महिला बेचबिखन रोकिएको छैन । थुप्रै गौराहरू अँध्यारा कोठीहरूमा छन् । यस्तो बेला उनी के गर्दै होलिन् ?

    ‘दुईपल्ट सांसद भए पनि म नीति निर्माण तहको केन्द्रमा छैन, सेरोफेरोमा मात्रै छु, तर संघर्ष बिसाएकी छैन,’ उनी भन्छिन्, ‘थुप्रै दिदीबहिनी अहिले पनि नारकीय जीवनमा छन् । अहिले पनि बालिकाहरू बुवा, हजुरबा, दाजु, मामाबाट बलात्कृत भइरहेका छन् । उनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने माग सधैं उठाइरहेकी हुन्छु ।’ हाल एमाले भगिनी संगठन अखिल नेपाल महिला संघ उपाध्यक्ष रहेकी गौराले ५० को दशकमा राष्ट्रिय सभामा छँदा महिला हिंसा गर्नेलाई फाँसीको माग राखेकी रहिछन् । सभाअध्यक्ष मोहम्मद मोहसिनले त्यस्तो माग गर्न कानुनले नदिने भन्दै संसदको रेकर्डबाट मेटाउने आदेश दिएछन् ।

    उनले नीति निर्माण र कानुन भए पनि घटनाहरू नरोकिएको, कतिपय घटना त राजनीतिक आडमै ढाकछोप गर्ने भएको पाएकी छन् । ‘त्यसरी ढाकछोप गर्नेहरू पनि अपराधी हुन्, तिनीहरूलाई पनि कारबाही हुनुपर्छ,’ उनी जोड दिन्छिन्, ‘मानव बेचबिखन मात्रै होइन, दाइजोकै कारण महिलाको हत्या भएको छ । यस्तो विधि अपराध देशमा बढ्दा पनि अझै कडा कानुन ल्याउन पुगेको छैन ।’

    सिलिगुडीको कोठी होओस् या जेलको कालकोठरी– कस्तै विपत्तिमा पनि गौराले आफूले भोगेको अँध्यारोसँग आत्मसमर्पण गरिनन् । त्यसैले त आज उनीसँग सुनाउनका लागि आफ्नै इतिहास छ । बाँकी अँध्यारोविरुद्ध गौराको विद्रोह जारी छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.