×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

यमबुद्धको विरासत

  •  
  • शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सजना बराल

    ‘दुर्व्यसनीमा फसेको मान्छेलाई हेला गर्नुभन्दा ऊ किन र कसरी त्यतापट्टि गयो भन्ने बुझ्नुपर्छ । युवा नै फ्रस्ट्रेटेड छन् भने देशमा कसरी विकास हुन्छ ।’

    माघ ७, २०७३-युवा पुस्तामा असाध्यै लोकप्रिय थिए र्‍यापर यमबुद्ध । सामाजिक सञ्जालको फलोअर्स संख्यालाई एउटा इन्डिकेटर मान्ने हो भने उनी औंलामा गनिने लेभलका सेलिब्रिटी हुन् । अचानक उनको भौतिक अस्तित्व समाप्त भयो । एउटा स्मृति आलेख :

    म्युजिक सुरु गरेको एक वर्षभित्रमै यमबुद्ध युथ आइकन बने । सन् २०११ को फेब्रुअरीबाट उनले औपचारिक रूपमा र्‍याप गाउन थालेका थिए । उनका ‘साथी…’, ‘आमा…’ जस्ता गीत तुरुन्तै पपुलर भए । र्‍यापर स्वयं पनि फेसबुक, ट्वीटर र युट्युबमा भाइरल बने । हरिवंश आचार्य र अञ्जु पन्तहरूकै हाराहारीमा फलोअर्स थिए त्यो बेला । इभेन्टहरूमा उनको माग हुन थाल्यो । एनसेल जस्ता ठूला कम्पनीले आफ्ना कार्यक्रममा उनलाई समावेश गराए ।

    आफू हिट भइसकेपछि यमबुद्ध दंग परेर बसेनन् । अन्य युवा प्रतिभालाई पनि माथि उठाउन लागिपरे । लाहुरे, युनिक पोएट, प्रेक्षा वज्राचार्य जस्ता र्‍यापर उत्पादन गरेको ‘र बार्ज’ नामक र्‍याप ब्याटल यमबुद्धकै आइडिया थियो । नयाँ र्‍यापरलाई तालिम दिने र ग्रुम गर्ने काममा उनी खटिए । उनको योगदानलाई लाहुरेले आफ्नो गीतमा समेटेका छन्, ‘जीपीले खन्यो नेपहपको बाटो, नेप्साइडजले खन्यायो अलकत्रा तातो, वाईबी (यमबुद्ध) ले चलायो त्यसमाथि गाडी… ।’

    गिरीश–प्रनिलले सुरु गरेको नेपाली हिपहप विधा यमबुद्ध उदाउनुअघि सुस्ताइसकेको थियो । र्‍याप गीतहरू बन्नै छाडेका थिए । बनेका गीत चलेका थिएनन् । यमबुद्धले नेपाली हिपहपलाई नयाँ उचाइ दिलाए । उनको बाटो पछ्याउन ठूलै हूल तयार भयो । मोर्डन मिडिया प्रयोग गरेर उनले र्‍याप गीतलाई फेरि एकचोटि जगाइदिएका थिए । उनका ‘आमा…’, ‘अन्त्यको सुरुवात…’, ‘फुटपाथ मेरो घर…’, ‘म फुट्छु तर झुक्दिनँ…’ जस्ता गीत नेपाली हिपहपको टप–चार्टमै छन् अझै ।

    ‘रेडियो/टीभी प्रयोग गर्दिनँ म,’ सन् २०१३ मा भेट्दा उनले भनेका थिए, ‘प्रोड्युसरले रोयल्टी नै दिँदैनन् । त्यही ट्रेन्डको विरोध गर्न युट्युब र अनलाइन मिडियाबाट गीत बजाइरहेको छु ।’ आफ्नो पालामा जेजस्तो भए पनि भाइबहिनी जेनेरेसनले न्याय पाऊन् भन्ने उनको इच्छा थियो । संगीतकर्मीले आफ्नो कृतिको मूल्य पाउनुपर्छ भन्थे उनी । ‘म एक्लैले भए पनि विरोध गर्न छोड्दिनँ,’ उनले भनेका थिए, ‘यति चीजका लागि पनि कुनै दिन मलाई सम्झेलान् मान्छेले ।’

    ‘यो प्रसंग…’ गीतको भिडियो निकाल्ने तरखरमा रहेका यमबुद्ध त्यो बेला असाध्यै व्यस्त थिए । दिनमा २४ घण्टा मात्रै भएकोमा उनी दिक्क मान्थे । अलि धेरै घण्टा भइदिए थुप्रै काम भ्याइन्थ्यो भन्ठान्थे । किन यतिविघ्न काम गर्नुपर्‍यो ? भनी सोध्दा उनले जवाफ दिए, ‘बाबा–आमा, श्रीमती, भाइ–बहिनीलाई हेर्नुपर्छ । जिन्दगी अनिश्चित छ, बाचुञ्जेल सक्दो काम गर्ने हो । कामको भोक छ ममा ।’

    आजभन्दा २९ वर्षअघि मोरङको सलकपुरमा जन्मिएका थिए उनी । घरको आर्थिक अवस्था बलियो थिएन । कहिले मोरङ, कहिले धनकुटा, कहिले विराटनगर त कहिले काठमाडौं धाए । सबै ठाउँका सरकारी स्कुलमा पढे । काठमाडौं आएर बोर्डिङमा भर्ना हुँदा अंग्रेजी फिटिक्कै आउँदैन थियो । भन्थे, ‘गाउँमा अंग्रेजी पनि नेपालीमै पढाइन्थ्यो । यहाँ नेपाली म्यामले समेत अंग्रेजी बोल्दिने । म त सबैमा फेल हुन्थें ।’

    अंग्रेजी नजानेकोमा साथीभाइ र शिक्षकले साहै्र होच्याएपछि त्यो बेलाका अनिल अधिकारीले अंग्रेजी सिकिछाड्ने अठोट गरे । टीभी हेरेकै भरमा हिन्दी भाषा जानेझैं अंग्रेजी सिक्न दिनरात बीबीसी, सीएनएन, स्टार मुभिज, एएक्सएन जस्ता अंग्रेजी च्यानल हेरे । अंग्रेजी भाषाका पत्रिका र किताब पढे । ‘पछि त अंग्रेजीमै कविता लेख्ने भइयो,’ उनी भन्थे, ‘अंग्रेजीमा र्‍याप गाएर ब्याटल पनि जितें ।’

    अनिलउर्फ यमबुद्धले आफ्ना गीतमा सामाजिक कुरीति, विसंगति र अन्यायविरुद्ध बोलेका छन् । चेलीबेटी बेचबिखन, लागू पदार्थ दुव्र्यसन, बालश्रम जस्ता विषयलाई उनले मुद्दा बनाए । हिपहप गीतलाई समाजसँग जोड्ने उनी नै पहिलो नेपाली र्‍यापर हुन् । त्यसअघिका र्‍याप गीतमा माया–प्रेम, पैसाजस्ता विषय समेटिन्थे ।

    सानो छँदा धेरै ठाउँ डुलेकाले आफू सामाजिक यथार्थसँग नजिक भएको बताउँथे अनिल । ‘देखे–भोगेकै कुरा गीतमा राख्छु,’ उनी भन्थे, ‘दुर्व्यसनीमा फसेको मान्छेलाई हेला गर्नुभन्दा ऊ किन र कसरी त्यतापट्टि गयो भन्ने बुझ्नुपर्छ । युवाहरू नै फ्रस्ट्रेटेड छन् भने देशमा कसरी विकास हुन्छ ? कलेजहरूमा राजनीतिक गतिविधि चल्न दिनु हुँदैन ।’

    स्कुल पढ्ने बेलादेखि नै ‘यो देशमा केही हुन्न’ भन्ने लाग्थ्यो रे उनलाई । कलेज सकेपछि अभिभावकले विदेश पठाउन चाहे । अस्ट्रेलिया जान ठिक्क परेका बेला बाइक एक्सिडेन्ट भएर खुट्टा भाँच्चिएछ । एक वर्ष बेड रेस्ट गर्दाताक उनले अनलाइन र्‍याप ब्याटलबारे चाल पाए । त्यसमै ‘बुद्ध’ नाममा ब्याटल गर्न थाले । जिते पनि । अन्डरग्राउन्ड लेभलमा त्यही बेला चिनिए । नाम धार्मिक लागेपछि बुद्धको अगाडि यम थपिदिए । यमबुद्धले यमराज र बुद्धले झैं आफूभित्रको आवेग र शान्तिलाई दर्शाउने उनी बताउँथे ।

    सन् २००९ मा यमबुद्ध स्टुडेन्ट भिजामा यूके गएका थिए । विदेश देख्न पाइने भो भन्दै मख्ख परेर हिँडेका उनी पहिलो दिन नै आत्तिएका थिए रे । ‘कोही चिनेको थिएन,’ उनी भन्थे, ‘खाल्डोमा हाम फाले जस्तै लाग्यो । एउटा नचिनेको नेपालीको घरमा बसें । वेटरको काम थालें । पछि, सडकमा भेटिएका मान्छेलाई क्लब लैजाने काम पनि गरें ।’ दुई वर्षको बसाइपछि उनी ‘हिँडें है केटा हो’ भन्दै अचानक ब्यागप्याक गरेर नेपाल आएको बताउँथे ।

    यमबुद्ध कामलाई सम्मान गर्थे । युवालाई आफ्नो खुट्टामा उभिनुपर्छ, गरिखानुपर्छ, मेहनत गर्नुपर्छ भन्दै कलेज–कलेज चहारेर उत्प्रेरणा जगाउने भाषण गरेका थिए, एकताका । ‘हामीलाई जुन दिनदेखि घुम्न जाने इच्छाहरू आउन थाल्छ, त्यही दिनदेखि काम गर्न थाल्नुपर्छ,’ उनको भनाइ थियो, ‘बाबा–आमाको कमाइ खाउन्जेल म पनि मात्तिएको थिएँ । खुट्टा भाँच्चिएपछि मेहनत र जीवनलाई बुझें । मर्नदेखि डर लाग्न थाल्यो ।’

    आईटी इन्जिनियर थिए अनिल । श्रीमती सिभिल इन्जिनियर । लभ–म्यारिज गरेको बाहेक परिवारबारे कहिल्यै केही बताएनन् । पछि अटोबायोग्राफीमा दाम्पत्य जीवनबारे बताउँला भन्दै प्रसंग बदल्थे ।

     अफसोच, उनको आत्मवृत्तान्त अब पढ्न नपाइने भएको छ । शनिबार (माघ १) लन्डनस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएको खबर बाहिर आयो । सामाजिक सञ्जालमा रेस्ट इन पिस भन्नेदेखि आत्महत्या गरेकोमा खोइरो खन्नेहरूसमेत प्रशस्तै भेटिए ।

    हामीसँगको कुराकानीमा उनले भनेका थिए, ‘नर्क र स्वर्गमा विश्वास छैन । म धार्मिक मान्छे होइन । तर, आनन्दले मर्न पाऊँ भन्ने इच्छाचाहिँ छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.