×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जालभित्र सुत्केरी

  •  
  • शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • बाजुरा, हुम्ला र मुगु जोडिएका क्षेत्रमा सुत्केरीले महिनाभर गाईबस्तु बाँध्ने गोठमा बस्नैपर्ने कुरीति छ
    – अर्जुन शाह, कवाडी (बाजुरा)

    पुस १५, २०७३- बीचमा कर्णाली नदी । वारि बाजुराको तिथिचौर, पारि मुगुको बिन गाउँ । यही बिन गाउँकी नौरती शाहीलाई सुत्केरी व्यथा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो परिवारका सदस्यले हत्तपत्त गोठमा सारे । पशु चौपायालाई अन्यत्र सारेर नौरतीलाई गोठ पुर्‍याइएको ४ घण्टापछि उनी सुत्केरी भइन् । तेस्रो सन्तानका रूपमा बल्ल छोरा जन्मिएपछि परिवारमा हर्षबढाइँ भयो । नौरतीले त्यही गोरु गोठभित्र यसअघि दुई छोरी जन्माएकी थिइन् ।

    छोरा जन्मिएपछि परिवारमा खुसियाली छाए पनि जन्म दिने आमालाई भने शारीरिक कष्ट सुरु भयो । चौपायाले रात बिताउने गरेको हिलाम्मे गोठमा दुर्गन्ध खपिनसक्नु थियो । आँगन छेवैबाट बग्ने कर्णाली नदीबाट सिधै गोठैभित्रै पुग्ने पुस महिनाको चिसो सिरेटोको सास्ती उस्तै । नौरतीले शिशुसँगै पूरापूर एक महिना यही जेलको छिँडीजस्तो गोठभित्र गुजार्नुपर्ने भयो ।
    सामाजिक परम्पराअनुसार गोठको मूल ढोकामा तरबार ठड्याइएको छ । माथिबाट माछा मार्ने जाल ढोकामा फिँजाइएको छ । तरबार र जालले नै सुत्केरी र शिशुलाई भूतप्रेत र कपटबाट सुरक्षा गर्ने जनविश्वासअनुसार परिवारले यसो गरेका हुन् । नौरती पनि ढोकामा राखिएको त्यही जाल र तरबारले आफू र शिशुको सुरक्षा हुनेमा ढुक्क छिन् । ‘यो तरबार र जाल मेरो सुरक्षा घेरा हो,’ उनले भनिन्, ‘केही डर हुँदैन ।’

    सुत्केरीले पूरा गर्नुपर्ने सामाजिक र पारिवारिक परम्पराको बन्धनमा बाँधिएकी नौरतीलाई टसमस गर्ने विकल्प छैन । गोरु गोठमा बस्नुपर्ने परम्परा गलत लागे पनि उनमा यो परम्परागत मान्यता तोड्ने हिम्मत छैन । ‘नियम नमाने गाउँलेले मान्दै आएको रसिकल देउताले सराप्ने डर हुन्छ,’ नौरतीका श्रीमान् रणबहादुरले भने । १२ कक्षासम्म पढेकी नौरतीलाई सुत्केरी भएका बेला गोरु गोठमा बस्दा आफू र शिशु दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने कुरा राम्रै थाहा छ । तर गाउँको प्रचलनले अरूभन्दा फरक छुट दिएको छैन । ‘पढेलेखेको भनेर के गर्नु ?’ उनले भनिन्, ‘गाउँ समाजको मान्यताविपरीत जान सकिँदैन ।’sutkeri-sitadebi-30122016075711-1000x0

    बाजुरा, हुम्ला र मुगु जोडिएका क्षेत्रमा छुवाछूत हुने चलनले सुत्केरीले महिना दिनसम्म कडा बन्धनमा बाँधिनुपर्ने नियम छ । अरूलाई छुन नमिल्ने, आफैंले पकाएर खानुपर्ने, दूधदही खान नहुने लगायत नियमसमेत उनीहरूले कडाइका साथ पालना गर्नैपर्छ ।

    बाजुराको रुगिन, वाई, बाँधु, बिच्छ्याँ, मुगुका ह्रयाङ्लु, धैकोट सुकाडिक, हुम्लाका मदेना, मैला, श्रीनर, कालिका लगायतका गाविसमा सुत्केरीले गोठमै बस्नुपर्ने नियम छ । यसरी गोठभित्र बस्दा आमा र शिशुमा स्वास्थ्य समस्या नआउनु भनेको यस क्षेत्रमा सुखद् संयोग मात्रै हो ।

    मुगुको धैकोट २ दई गाउँकी ४३ वर्षीया सीतादेवी जैसीलाई दुई महिनाअघि सुत्केरी व्यथा लाग्यो । उनका श्रीमान् धनराज जैसीले सीतादेवीलाई हतारहतारमा गोरुगोठमा सारे । बच्चा जन्माउने उमेर ढल्किँदै गएकी सीतादेवीले लामो समयको प्रसव व्यथापछि सातौं सन्तान जन्माइन् । उनलाई सात दिनसम्म बेस्सरी रक्तश्राव भयो । सुत्केरीलाई छुन नहुने मान्यता भएकाले मरणासन्न अवस्थामा पुगेकी सीतादेवीलाई स्याहार गर्न श्रीमान् समेत तयार भएनन् । आठौं दिनमा रक्तश्राव केही रोकियो । महिनादिनसम्म गोठमै बस्नुपर्ने नियम सीतादेवीलाई पनि पूरा गराइयो । अहिले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । रक्तश्राव दोहोरिएको छ । पेट सुन्निएर सीतालाई खपिनसक्नु सास्ती छ । स्वास्थ्य अवस्था दिनदिनै नाजुक हुँदै गएपछि श्रीमान्ले बल्ल उपचार गराउन सुरसार गरेका छन् ।

    सिकिस्त हुँदै गएकी श्रीमतीको उपचार गर्न डोकोमा भरिया लगाएर बाजुराको कोल्टी पुर्‍याउनुको विकल्प उनीसँग थिएन । कोल्टी पुग्न घरदेखि चार दिनको बाटो हिँड्दै गर्दा घर छाडेको दोस्रो दिन कवाडी नजिक भेटिएका धनराजले भने, ‘समयमै उपचार गराउन नसक्दा धोका पायौं ।’

    कोल्टीमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले यहाँ उपचार गर्न नसकिने भन्दै नेपालगन्ज रिफर गरे । ‘जेठो छोरा विदेश छ । छोरी ललितपुरमा पढदै छिन् । कोल्टीमा उपचार नहुने भएपछि दुई दिन जहाजको बाटो कुरेर बिरामी श्रीमतीलाई आफन्तको सहारामा नेपालगन्ज पठाएर घर फर्किंदै गरेका धनराजले भने, ‘उपचारका लागि सहर पठाएँ, अब सन्चो हुन्छ कि ?’

    सँगै जोडिएको बाजुराको बिच्छ्याँ गाविसमा बसोबास गर्ने कुनै पनि गर्भवतीले हालसम्म स्वास्थ्य संस्थामा बच्चा जन्माएका छैनन् । गुम्बालगायत अधिकांश गाउँमा सुत्केरी व्यथा लागेपछि गोरुगोठमा राख्ने चलन छ । ‘गुम्बाका कुनै पनि शिशु हालसम्म गोठबाहिर जन्मिएका छैनन्,’ गाउँकै छिरिङ लामाले भनिन् ।

    कवाडी आसपासका मुगु, हुम्ला र बाजुराका बासिन्दाहरूका लागि उपचार गर्ने मुख्य थलो बाजुराकै कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हो । केन्द्रमा कार्यरत डा. विकल लामिछाने यस क्षेत्रमा सुत्केरीले भोग्दै आएका स्वास्थ्य समस्या सुनाउँदै भन्छन्, ‘४५ वर्षको उमेरसम्म बच्चा जन्माउने, गोठमा सुत्केरी राख्ने, दर्जनभन्दा बढी पटक गर्भवती हुने, गर्भजाँच नगराउने समस्याले यस क्षेत्रका गर्भवतीहरूको जीवन ज्यादै असुरक्षित छ ।’

    बाजुराको महिला र बाल स्वास्थ्य २०६८ को जनगणनाअनुसार बाजुराको जनसंख्या १ लाख ३५ हजार हो । जिल्ला अस्पताल सदरमुकाम मार्तडीमा छ ।

    दुर्गमका बिच्छ्याँ जस्ता गाविसबाट सदरमुकाम पुग्न ३/४ दिन लाग्छ । अस्पतालको पहुँचभन्दा निकै टाढा भएकै कारण अधिकांश बालबालिकाको जन्मेको २/३ महिनाभित्रै मृत्यु हुने गरेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव ०७१/७२ मा जन्मिएका ३८ बालबालिकाको केही महिनाभित्रै मृत्यु भएको थियो । तीमध्ये ३२ घरमै सुत्केरी गराइएका आमाबाट जन्मेका हुन् । त्यसैगरी गत आवमा ३४ बालबालिकाको मृत्यु भयो । तीमध्ये २७ जना २ महिना उमेरका हुन् । उनीहरू पनि स्वास्थ्य संस्थामा नभई घरमै जन्मेका हुन् ।

    बाजुरामा जिल्ला अस्पतालबाहेक १ प्राथमिक स्वास्थ्य केन्द्र, २७ स्वास्थ्यचौकी र २६ बर्थिङ सेन्टर छन् । जिल्लामा गत आर्थिक वर्षमा २ हजार २ सय २८ गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी भए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो कुल सुत्केरी महिलाको ७० प्रतिशत हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.