×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अझै ‘पर्ख र हेर’ नीतिमा चीन

  •  
  • मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालीको गृहकार्य अभाव र एकतर्फी झुकावले चीनसँग सम्बन्ध चिसिँदै

    – चन्द्रशेखर अधिकारी, काठमाडौं

    नेपालको राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धलाई चीनले आफ्ना ‘थिंक ट्यांक’मार्फत् नयाँ शिराबाट अध्ययन थालेको छ । सरकारी थिंक ट्यांक र विभिन्न निकायमार्फत चीनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूसँग विभिन्न बहानामा छलफल अघि बढाएको हो ।

    चीनको नेपाल नीति यतिखेर ‘पर्ख र हेर’कै रूपमा छ । दक्षिण एसिया नीतिमा भारतको चासो फरक हुँदै गएपछि चीनले नेपाललाई केन्द्रमा राखेर यस क्षेत्रको अध्ययन थालेको हो । पछिल्लो समय बाक्लिएको चिनियाँ टोलीहरूको नेपाल भ्रमण यसको उदाहारण हो । यद्यपि यस क्षेत्रको अध्ययन चीनले आफू निकटको पाकिस्तानबाट गर्दै आएको छ ।

    चीन र नेपालबीच हुनुपर्ने महत्त्वपूर्ण बैठकको तिथि तय नहुनुमा यस्तै अध्ययन कारक हो । चिनियाँ नेताहरूको लगातार नेपाल भ्रमण हुने तर त्यसको उपलब्धि भने खासै नहुनुको कारण पनि यसैलाई मानिएको छ । नेपाललाई चीनले उच्च महत्त्वमा राखे पनि अहिले नै पूर्ण प्राथकिमता दिएर सम्बन्ध अघि बढाउने छैन । दक्षिण एसिया र भारतको नेपाल नीतिमै चीनले आफ्नो रणनीति तय गर्नेछ । पछिल्लो समय नेपाललाई सम्बन्धमा व्यस्त राख्ने तर अन्य सार्थक वार्ताहरू अघि नबढाउने चीनको शैली देखिएको छ । चीनले उच्चस्तरको बैठकको सट्टा सानातिना सहकार्य देखाएर नेपाललाई ‘इन्गेज’ गराउँदै आएको छ । भगिनी सहर सम्बन्ध, सैन्य अभ्यास, स्वशासित क्षेत्र तिब्बतका अधिकारीको भेटघाट, भ्रमणका कुरा आए पनि अर्थपूर्ण हुने बैठक भने परराष्ट्र र अर्थ सचिवस्तरीय हुन्, जुन हुन सकेका छैनन् । चीन दक्षिण एसियामा ‘वान बेल्ट वान रोड’ को माध्ययमबाट अघि बढ्न चाहेको छ । त्यसमा नेपालले आफ्नो धारणा अझै स्पष्ट पार्न सकेको छैन । त्यसमा कुनै अध्ययन नै नेपालले गरेको छैन ।

    ‘नेपालले चीनलाई बुझ्न सकेको छैन । यसमा अध्ययन नै भएको जस्तो लाग्दैन । चीनले के बोलिरहेको छ र नेपालले के भनिरहेको छ, यो हेर्दा त्यति तालमेल देखिँदैन,’ राजनीतिक शास्त्रका प्राध्यापक श्रीधर खत्रीले कान्तिपुरसँग भने, ‘हामीले गृहकार्य धेरै गर्न बाँकी छ । सम्बन्धलाई गम्भीर रूपमा लिनुपर्छ । आन्तरिक नीतिलाई सम्बन्धले असर पार्न थालेको छ । भारतको दक्षिण एसिया नीतिलाई चीनले पर्खिरहेको जस्तो देखिन्छ । नेपालमा चीनका उपल्लो स्तरका नेता छिपाओ आउँदा राजनीतिक भेट नगर्नुलाई ख्याल गर्न सक्नुपर्छ ।’

    उनले थपे, केरुङतिर रेल आउने कुरा छ । हाम्रो ध्यान त्यो लिंकमा कसरी सहज पहुँच बनाउने भन्नेमा हुनुपर्ने तर छलफल तातोपानीको विषयमा हुन्छ । त्यो ऐतिहासिक सडक पुनर्निर्माण गर्ने विषय यति ठूलो बनाउनुभन्दा केरुङलाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ । उनले यता गृहकार्य नै नहुने तर हल्ला धेरै हुने गरेको बताए ।

    ‘नेपालको कूटनीति प्रोएक्टिभ हुन नसकेको धेरै भइसक्यो,’ प्राध्यापक खत्रीले भने, ‘अहिले त रियाक्टिभसमेत देखिँदैन । कूटनीतिक रूपमा हामी कमजोर भयौं । यसमा बेलैमा सचेत हुन जरुरी छ । कूटनीतिमा अध्ययन, कार्यशैली र राजनीतिक तालमेल स्पष्ट हुनुपर्छ ।’ नेपाल र चीनबीच निकै महत्त्वपूर्ण मानिएको अर्थ र परराष्ट्र सचिव स्तरीय द्विपक्षीय संयन्त्रको बैठक स्थगन भएयता अन्य कुनै पनि दुईपक्षीय काम अघि बढ्न सकेको छैन । अघिल्लो सरकारले चीनसँग गरेका सम्झौताको प्रोटोकल तय गर्नेदेखि धेरै विषय अहिले बाँकी नै छन् । त्यसको गृहकार्य हुन सकेको छैन ।

    ‘नेपालको कारण यस्ता विषय अघि बढ्न नसकेको हो,’ चीनका अधिकारीहरू भन्छन्, ‘हामी सकारात्मक नै छौं । तर यहाँका नेताले दुई छिमेकीभन्दा पनि अन्यलाई धेरै प्राथमिकता दिएका छन् । हामी के गरौं ?’ चीनका अधिकारीहरूले आफ्ना परराष्ट्र समकक्षीलाई भन्ने गरेका छन्, ‘भारतसँग नेपाल नजिकिनुपर्छ । यसमा हाम्रो कुनै टाउको दुखाइ होइन । तर, त्यही निहुँमा अन्य गतिविधि हुनु भएन । तिब्बतलाई हामीले गम्भीर रूपमा लिने गरेका छौं । नेपालले यसलाई हल्का रूपमा लिएको छ ।’

    चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष रहेका सुन्दरनाथ भट्टराई भन्छन्, ‘हाम्रा नेताहरूको ध्यान र सोचमा कसरी परिवर्तन ल्याउने भन्ने विषय प्रमुख हो । यतिबेला चीन नेपालसँग हार्दिक भएको देखिँदैन । त्यो हाम्रै कारण हो ।’ चीन अध्ययन केन्द्र चिनियाँ सरकारी पब्लिकेसनको अधिकारिक केन्द्रको रूपमा स्थापित छ । त्यो केन्द्रको अलावा चीनले सांस्कृतिक सम्बन्ध भाषा अध्ययनमा समेत पछिल्लो समय जोड दिँदै आएको छ । भाषाका कारण सीमा जोडिएर पनि नजिक हुन नसकेको नेपाल चीन सम्बन्धलाई चीनले जनस्तरमा अघि बढाउन खोजेको हो । कतिपय राजनीतिक सम्पर्कलाई स्थापित गराउन चीनले नेपाली भाषा जानेका कूटनीतिज्ञहरूलाई पठाउने गरेको छ ।

    ‘नेपालमा चीनले सरकारी स्तरसँगै जनस्तरमा सम्बन्ध विस्तार गर्न खोजेको छ । तर हामीले बुझ्न सकेका छैनौं । चीनसँग हामीले फाइदा लिन सकेका छैनौं । यो दु:खद हो,’ पूर्वराजदूत भट्टराईले भने, ‘सरकारी अधिकारीदेखि राजनीतिक दलका नेताहरूले चीनबारे गहन अध्ययन गर्न जरुरी छ ।’

    पछिल्लो समय चीनको सम्बन्ध रहेको या नरहेको भन्ने विषय स्पष्ट पार्ने हतियारका रूपमा छ चिनियाँ पर्यटक । हरेक वर्ष १० करोड चिनियाँले विश्व भ्रमण गर्ने गरेका छन् । त्यही पर्यटकको भ्रमणलाई समेत चीनले उपयोग गरिरहेको छ । चीनले दक्षिण कोरियालाई हालै र एक वर्षअघि फिलिपिन्समा आफ्ना पर्यटक जान रोक लगाउँदा त्यहाँको सरकारले चीनसँग दुईपक्षीय वार्ता गरेर पर्यटक खुला गरेको थियो । यस्तो चीनले पछिल्लो समय नेपालमा पर्यटक नजान निर्देशन आन्तरिक रूपमा दिनु नै सम्बन्ध चिसिएको संकेतका रूपमा बुझ्नुपर्ने हुन्छ ।

    ‘विश्व पर्यटन बजारमा ठूलो हिस्साका रूपमा रहेको चिनियाँ पर्यटकलाई सम्बन्धको टुलको रूपमा चीनले उपयोग गर्न थालेको अवस्थामा हामीले सम्बन्ध सन्तुलनमा सचेतना अपनाउन सक्नुपर्छ,’ दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले भने, ‘नेपालमा आगामी नयाँ वर्षमा पर्यटक भित्र्याउने कुरा गरिरहेको चीन अहिले आन्तरिक सर्कुलर गरेर पर्यटक रोक्दै छ । यो राम्रो संकेत होइन । न हामीले दक्षिणको विश्वास लिन सक्ने भयौं न त उत्तरको । यसमा गम्भीर हुन जरुरी छ ।’

    चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहल भइरहेका बेला सम्बन्धमा अविश्वास पैदा हुनुलाई विज्ञहरू राम्रो मान्दैनन् । अवस्था सन्तुलित भए चिनियाँ राष्ट्रपति नेपाल आउने नै छन् तर त्यसतर्फ नेपालले ध्यान दिन सकेको छैन । नेपालको मुड बुझ्न कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल नै आए तर उनी ढुक्क देखिएनन् । जसका कारण उनले सबैभन्दा ठूलो र दोस्रो दलका प्रमुखसँग दुईपक्षीय भेटसमेत गरेनन् । चीन धेरै बोल्दैन, व्यवहारमा व्यक्त गर्छ भन्ने विषय बुझ्न ढिलाइ गर्न हुँदैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.