×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जदौ जिन्दगी !

  •  
  • शनिबार, पुष ०९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    -लुइटेल दिनेश

    ‘मन कहिल्यै गल्दैन तर शरीरचाहिँ ज्यादा गलेको छ । जिन्दगी मृत्यु चिन्ता रछ । क्षेत्रप्रताप अधिकारीले अब के बाँकी छ भन्दा ‘मर्न बाँकी छ’ भन्थे । मैले चाहिँ जिन्दगीलाई मृत्यु चिन्ता भनेको छु ।’

    विद्युतीय पत्रकारिताको जादुमय आवाज हुन्- ‘जदौ दाहाल यज्ञनिधि’ । ठेट नेपाली बोल्ने रेडियो उद्घोषक अहिले ६३ वसन्तमा हिँड्दैछन् । ‘३३ वर्ष अस्पतालले खायो बाबु’, जदौ बुढाले यसरी कुरा सुरु गरे । भित्तामा दायाँतिर देवकोटा र बायाँतिर बीपीका तस्बिर छन् । आफूचाहिँ तस्बिरमुनिको बासको कुर्सीमा बसेका छन् । हावाले उडाउलाझैं छ शरीर । शरीर भन्नुमात्रै- हाड र छालामात्रै छ ।

    रेडियोमाझैं उनी अहिले पनि मृदु आवाजमा घाँटीका नसा तन्काएर बोल्छन् । बोली सुन्दा लाग्छ जदौ बुढालाई केही भएकै छैन् । ‘मेरी आमाको कोखमै म किड्नी रोगी रहेछु’, नजन्मँदैको पीडा सुनाए, ‘त्यो नै मेरो जीवनभरको समस्या भयो, २०४० सालदेखि अस्पताल धाएँ, २०४४ सालमा रोग पत्ता लाग्यो ।’

    फेरेको ‘किड्नी’ले काम गर्न छोडेको दशकौं भइसक्यो । हप्तामा १२ घन्टा लगातार सियोले घोचेपछि मात्र सहजै सास फेर्न सक्छन् । डायलसिसका लागि प्रत्येक हप्ता आइतबार, बुधबार र शुक्रबार धुम्बाराहीबाट राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली पुग्छन् । ‘डायलसिस गरेपछि औषधि कम छ तर, उपचारका लागि एक दिनमा सात घन्टा समय खर्च गर्नुपर्छ’, उपचारको दुःख सुनाए । यो जटिल उपचार सुरु भएको चार वर्ष भइसकेछ ।

    सरकारले बजेटमै घोषणा गरेपछि साउन १ गतेबाट हप्ताको दुईपटक निःशुल्क डाइलसिसको सुविधा पाएका छन् उनले, अरू मिर्गौला रोगीजस्तै । सरकारी सुविधाबारे भने, ‘साउनदेखि आजसम्म हप्तामा दुईपटक निःशुल्क डायलसिस भएको छ, हप्तामा तीनपटकको डायलसिसका लागि १८ हजार तयार गर्नुपथ्र्यो । अहिले आधा अर्थात् नौ हजारसम्म रकम भए पुग्न थालेको छ ।’

    महँगो रोग भएकाले डायलसिसका लागि मात्र सरकारले दिएको सुविधाले गरिब जनता नबाँच्ने दाहाल सुनाउँछन् । ‘यो रोगलाई सरकारी सुविधाले मात्र पाल्दैन । यसको बजार खर्च बढी छ ।’

    ‘५० प्रतिशत बढ्ता जिन्दगी रोगले खायो । तर, आत्मबल र श्रीमती (सुधा) को टेवाका कारण म हिँडेको छु’, बाँच्नुको रहस्य सुनाए, ‘मेरो मनोभाव चाहिँ खेल खेल्न मैदान छिरेको खेलाडीको भन्दा कम छैन ।’

    शरीरलाई रोगले खाइसकेको छ तर मन तगडा छ । भन्छन्, ‘मन कहिल्यै गल्दैन तर शरीर चाहिँ ज्यादा गलेको छ ।’ बोल्न कठिन भएको देख्दादेख्दै पनि प्रश्न गरेँ, ‘जिन्दगी के रहेछ ? ‘

    ‘जिन्दगी मृत्यु चिन्ता रछ । क्षेत्रप्रताप अधिकारीले अब के बाँकी छ भन्दा ‘मर्न बाँकी छ’ भन्थे । मैले चाहिँ जिन्दगीलाई मृत्युचिन्ता भनेको छु ।’

    दुःख जिन्दगीको
    जिन्दगीको दुःख के रहेछ ?
    ‘दुःख भन्ने हुँदै हुँदैन ।’
    सुख नि ?

    ‘जीवनको सुख पृथ्वीको सौरव हेर्न पाउनु हो, सृष्टिको सौरव नै जिन्दगीको मूल्य रहेछ ।’
    सन्तान नहुनुलाई भने उनले जिन्दगीको असफलता ठानेका रहेछन् । भने, ‘मैले बिहे गरेँ । मेरी पत्नी छ । बच्चा पाउन सकिन । बच्चा पाउने मलाई भन्दा बढ्दा मेरी श्रीमतीलाई खुब रहर थियो । मानिस जन्मदाता हो । जन्मदाता हुन नसकेकोमा मलाई खेद छ ।’

    सन्तान नहुनुको रहस्य सुनाए, ‘सन्तान नजन्मिनुमा मेरी श्रीमतीको कुनै कमजोरी छैन । मेरो कारणले मेरी श्रीमतीको कोख नफलेको हो ।’

    दाहालकी एक्ली साथी श्रीमती सुधा दाहालमात्र हुन् । ‘ श्रीमती सबैभन्दा नजिकको साथी हो । श्रीमतीबाहेक जीवनको नजिकको साथी अर्को हुनै सक्दैन ।’

    ‘रेडियो भन्नेबित्तिकै तारिणीप्रसाद कोइराला, सिङ्याई नदी, जय नेपाल, २००७ साल र रानुदेवी सम्झिन्छु,’ दाहालले भने ।
    बिम्बैबिम्बमा उनले रेडियोको व्याख्या सुरु गरे, ‘रेडियो एउटा पानी बगाउने डुढ जस्तो चिज हो । पहाडको पानी सिँचाइ गर्न कुलोलाई पल्लो भीर र वल्लो भीरको बीचमा हामीले डुढ हालेनौं भने मुहानको पानी खेतमा पुग्दैन । त्यसरी डुढ कति महत्त्वपूर्ण हुन्छ भीरभीरको अन्तरालमा भन्ने कुरा हामी बिम्बमा गएर पढ्न, हेर्न र अनुभव गर्न सक्छौं । नेपालमा रेडियो नेपाल त्यही भीरको डुढ हो ।’

    सञ्चारको विकासमा रेडियोको मीठो सम्झना दाहालसँग छ । ‘किन डुढ मान्छु भने त्यो रेडियो नेपाल थिएन भने आज सञ्चारको विकास हुने थिएन । त्यो रेडियो नेपालको डुढको पानीको थोपामा म पनि मिसिन पाएको छु र मेरो परिचय विस्तार गरेको छु । जहाँ गए पनि मलाई नेपाली जातिले सोधिदिन्छ । सबै नेपाली जातिको भाषा बोलेकैले म जदौ भएँ । बाटो हिँड्दा आज पनि ‘ए तँइहोस् जदौ’ भन्दा म पुरस्कृत भएको ठान्छु ।’

    रेडियो नेपालप्रति असन्तुष्टि पनि छन् उनका । ‘दुःख लाग्छ रेडियो नेपालले ९० प्रतिशत नालायक निर्देशक पायो । जनकलाल शर्मा, भावनी भिक्षु र बालकृष्ण समले अलिकति मेहनत गरे । यी तीनबाहेक अरू कोही राम्रो निर्देशक आएन ।’

    -रेडियो एउटा पानी बगाउने डुढजस्तो चिज हो । पहाडको पानी सिँचाइ गर्न कुलोलाई पल्लो भीर र वल्लो भीरको बीचमा हामीले डुढ हालेनौं भने मुहानको पानी खेतमा पुग्दैन । त्यसरी डुढ कति महत्त्वपूर्ण हुन्छ भीरभीरको अन्तरालमा भन्ने कुरा हामी बिम्बमा गएर पढ्न, हेर्न र अनुभव गर्न सक्छौं ।’

    रेडियो नेपालसँगको सम्बन्धको चर्चा गर्दा दाहालले रेडियो छोडेपछिको असन्तुष्टि पोखे, ‘त्यहाँ रमेश पौडेलले बड्केउले साहित्य फलाक्छ । पहिला मैले चलाएकै कार्यक्रमको नाम ‘साहित्य संसार’ ओगटेको थियो तर अहिले त्यो नाम छैन । उसले नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको प्रयोगवाद, साहित्यको शास्त्रीयता पनि नपढिकन साहित्यको कार्यक्रम मैले चलाइरहन्छु भन्न सुहाउँछ र ? ‘

    उनी रेडियो नेपालबाट अझै ‘जदौ’ शब्द सुन्न चाहन्छन् । ‘मैले नचलाए पनि त्यो कार्यक्रममा सम्बोधन ‘जदौ’ गरिदिओस् भन्नेमा थिएँ म । फुटकर बाहिर सुनिन्छ तर रेडियो नेपालमा मबाहेक कसैले जदौ शब्द बोलेकै छैनन् ।’

    रेडियोको भाषाप्रति पनि उनमा असन्तोष छ । भन्छन्, ‘रेडियोमा काम गर्नेहरू गाउँको भाका खोज्नुको साटो त्यो भाकालाई हेपेर बोल्छ । रेडियोमा नेपाली बोली नै नसुनेर अरूअरू भाषा मिसिएको सुन्दा दुःख लाग्छ । ठेट नेपालीले रेडियोमा कति बोल्यो भनेर हेरेको छु, अलिअलि भेट्छु तर छ्याप्छ्याप्ती भेट्दिन । त्यसमा चाहिँ मलाई दुःख लाग्छ ।’

    कथ्य भाषालाई लेख्य भाषाले थिचेको अनुभव दाहालसँग छ । ‘लेख्य भाषाले प्रभाव धेरै पारेको छ । लेख्यले प्रभाव पारेपछि कथ्य राम्रो हुँदैन ।’ लयात्मक शैलीमा थप्छन्, ‘बोलबोल बोलीको रसैले, बोली टिपी लादैन कसैले । भनेर पो आएको छ त हो हाम्रो बोलीको इतिहास त !’

    कुराकानीकै बीचमा पुरानी समाचारवाचिका कृष्ण ताम्राकार, बीबीसी नेपाली सेवाकी सेवा भट्टराई र सुनिता तामाङसँगै टेलिभिजन उद्घोषक पुष्पहरि क्याम्पाको नाम लिए । तर ताम्राकारको फुईं उनलाई मन पर्दैन । उनका अनुसार सेवा र सुनिताले समाचार मीठो बोले पनि उम्दा उद्घोषक होइनन् ।

    पुष्पहरिले भने आवाजको पद्धति नै फरक बनाएकोमा प्रशंसा गरे । अन्तिममा भने, ‘अहिले मैले नाम लिएका एउटा दुइटा फुर्किए र बाँकी अरू सबै तुर्किए भने नेपाली सभ्यता चल्दैन । मैले उद्घोषक भन्ने शब्दमा कोही स्थापित हुन्छ कि भनेर प्रयास गरेँ । तर, त्योअनुसारको बोली कतैबाट भेटिन् हौ !’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.