×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पाकिस्तानले सबै खाले आक्रमणको जवाफ दिने

  •  
  • शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाकिस्तानी नागरिक समाजका सदस्यहरु भारत-पाकिस्तानबीच शान्तिपुर्ण निर्माणकाे माग गर्दै लाहाेरमा। एपी /रासस

    इस्लामाबादः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो देश कुनै पनि खालका आन्तरिक एवं बाह्य खतरासँग जुध्न सक्षम भएको बताएका छन् । सरिफले एक उच्चस्तरीय बैठकमा यस्तो जानकारी दिएका छन् । बैठकमा सेनाप्रमुख जनरल रहिल सरिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार नासिर जान्जुआ तथा विदेशसचिव ऐजाज चौधरी सहभागी थिए ।
    पाकिस्तान रेडियोका अनुसार उक्त बैठकमा कश्मीरमा मानवाधिकार उल्लंघन भएको भन्दै गम्भीर चिन्ता प्रकट गरिएको थियो । भारतीय सेनाले कश्मीरका जनतामाथि अत्याचार गरेको बताउँदै बैठकले भत्र्सना गरेको थियो । बैठकलाई सम्बोधित गर्दै नवाज सरिफले भने, “संसारलाई थाहा छ, पाकिस्तानले विश्वमा शान्तिका लागि ठूलो त्याग गरेको छ । अरूले भड्काउँदैमा पाकिस्तान भड्कँदैन । हामी निकै संयमित छौं ।’
    प्रधानमन्त्री सरिफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानको आपसी सहमतिमा गरिएको स्मरण गरे । उक्त सम्झौताको मध्यस्थता विश्वबैंकले सन् १०६० मा गरेको उनले स्पष्ट पारे । भारतले चाहेर पनि एक्लै उक्त सम्झौता भंग गर्न नसक्ने सरिफले दाबी गरे ।
    पाकिस्तानले कश्मीरी जनतालाई नैतिक एवं कूटनीतिक समर्थन सधैं दिने उनको भनाइ छ । कश्मीरी जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान नहुँदासम्म पाकिस्तानले उनीहरूलाई सहयोग र समर्थन गरिरहने दृढता व्यक्त गरे ।
    पाकिस्तान शान्तिपूर्ण दक्षिण एसियाको पक्षमा भएको सरिफले दाबी गरे । यसका लागि जस्तोसुकै संघर्ष गर्न पाकिस्तान तयार भएको उनले स्पष्ट पारे । पाकिस्तानको अखण्डता कायम गर्न पाकिस्तानी सुरक्षाबलको तयारीप्रति उनले सन्तुष्टि व्यक्त गरे ।
    यसैगरी पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले बुधबार कश्मीर स्वतन्त्र भएपछि भारत ध्वस्त हुने बताएका छन् । उनले कश्मीरका जनतालाई पाकिस्तानले नैतिक सहयोग र समर्थन दिने स्पष्ट पारेका छन् । उनले भने, ‘जब कश्मीरमा स्वतन्त्रता आन्दोलन सफल हुन्छ तब भारतको अन्त्य हुन सुरु हुनेछ ।’ आसिफले कश्मीरी नागरिकको कुर्बानी खेर नजाने बताए ।
    उनीहरूको कुर्बानीले कश्मीर स्वतन्त्र हुने र सिंगो भारत नरहने उनको भनाइ छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतसँग सम्बन्ध सुधार्न निकै कोसिस गरेको दाबी गर्दै त्यसको सकारात्मक जवाफ नआएको उनले दाबी गरे ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.