फाइल तस्बिर
काठमाडौः चीन र भारतका लागि प्रस्तावित राजदूत लीलामणि पौडेल र दीपकुमार उपाध्यायको व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइ भएको छ ।
बुधबार बिहान संसदीय सुनुवाई विशेष समितिले चीन र भारतका लागि प्रस्तावित राजदूतहको संसदीय सुनुवाइ गरेको हो ।
सरकारले चीनका लागि पूर्वमुख्य सचिव लीलामणि पौडेलको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइमा सहभागी हुँदै प्रस्तावित राजदूत पौडेलले आफनो कार्ययोजना प्रस्तुत गरे ।
योजना सुनाउने क्रममा पौडेलले भने, ‘कुटनीति भनेको कला, कौशल र चातुर्यकता हो, त्यस अनुसार कुटनीतिक जिम्मेवारी रहुन्जेल तटस्थ भएर काम गर्नेछु ।’
आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अठोट रहेको समेत पौडेलले बताए ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतीय राजदूतबाट फिर्ता बोलाइएका भारतका लागि राजदूत दीपकुमार उपाध्याय पुनः भारतका लागि प्रस्तावित राजदूत हुन् ।
बुधबार चीनका लागि प्रस्तावित राजदूत पौडेल र भारतका लागि प्रस्तावित राजदूत उपाध्यायको सुनुवाइ भएको हो ।
annapurnapost




















