×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मा‌ओवादीले भन्यो: अख्तियारले आत्तिएर बार्गेनिङ गर्‍यो

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रेवती सापकोटा

    काठमाडौं: सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ । अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आरोप लगाएका हुन् ।
    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारे छानबिन अघि बढाएको बताउँदै त्यसको नतिजा छिटै बाहिर आउने बताएको थियो । शिविरमा भएको भ्रष्टाचारमा मुछिएका माओवादी नेतामा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, पूर्वअर्थमन्त्री वर्षमान पुनलगायत छन् ।
    उपराष्ट्रपति नन्दबहादुर पुनः पनि अख्तियारको छानबिनमा रहेका छन् । सात मुख्य र २१ सहायक शिविरमा राखिएका लडाकु व्यवस्थापनमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै ०६९ मा एमाले निकट युवा संघले अख्तियारमा उजुरी दिएको थियो । मोहन वैद्यले नेतृत्व गरेको माओवादी र बहिर्गमनमा परेका लडाकुले पनि शिविर व्यवस्थापनमा करोडौं भष्टाचार भएको भन्दै छानबिन माग गर्दै आएका छन् ।
    राज्यको जुन पदमा बसे पनि दोषीले उन्मुक्ति नपाउने अख्तियारले बताउँदै आएको छ । ‘यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो । यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरुरी छैन । यसलाई बार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्न खोजिँदैछ’, माओवादी केन्द्रका वरिष्ठ नेता बर्षमान पुनले अन्नपूर्णसँग भने, ‘त्यति बेला शिविर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको थियो । छानबिनका कुरा नियमित हुन् । तर अहिले यो विषय उठाउनु असान्दर्भिक छ । यो आत्तिएको मानसिकताको उपज पनि हो ।’
    शुक्रबार दिउँसो ३ बजे अदालतको आदेश आएपछि साँझ ७ बजे अख्तियारले पत्रकार सम्मेलन गर्नुलाई नेता पुनले ‘बार्गेनिङ टुल्स’ का रूपमा विश्लेषण गरेका हुन् । सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी फैसला पुनरावलोकन गर्न सात दिनभित्र नियुक्तिको फाइल पठाउन सरकारलाई आदेश दिएको थियो ।
    प्रधानन्यायधीश सुशीला कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले कार्कीविरुद्धको फाइल खोल्ने निर्णय गर्दै त्यस्तो फाइल नपठाए सरकारलाई समेत कारबाही गर्ने चेतावनी दिएको थियो । अख्तियार प्रमुख कार्कीको नियुक्ति संवैधानिक नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले ०७० वैशाख २९ गते रिट दायर गरेका थिए ।
    कायममुकायम प्रधानन्याधीशले शपथ खुवाइसकेपछि र कार्कीले काम सुरु गरिसकेको भन्दै न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मि श्रको संयुक्त इजलासले ०७१ असोज ८ गते सो रिट खारेज गरेको थियो । अधिवक्ता अर्यालले आफूले योग्यतासम्बन्धी प्रश्नसहित नयाँ प्रमाण फेला पारेको र मुद्दा दायर गरेपछि तथ्यमा छ वा छैन भनेर हेर्नुपर्ने भन्दै पुनरावलोकन माग गरेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.