×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारत आएपछि परराष्ट्रमन्त्री महतले भने- विगतमा के भयो बिर्सेर विश्वासमा आधारित सम्बन्ध विकसित गर्न चाहान्छौं

  •  
  • सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २७, २०७३- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले विगतमा दुई देशबीच देखिएको असमझदारीलाई बिर्सेर विश्वासको वातावरण सहित नेपाल र भारतको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका छन् ।

    आइतबार दिल्ली आए लगत्तै केही भारतीय नेताहरुले उनको सम्मानमा आयोजना गरेको रात्रीभोजमा बोल्दै महतले आफूहरुले विश्वासमा आधारित सम्बन्धको विकास गर्न चाहेको बताए ।

    ‘विगतमा देखिएका असझदारीहरुलाई बिर्सेर हामी राम्रो विश्वासका साथ अगाडि बढ्न चाहान्छौ,’ महतले भने । उनले नेपाल र भारतले बेलाबेला सम्बन्धमा देखा पर्ने बाधा, व्यवधान र चुनौतीलाई चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

    उनले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीको लागि दिल्ली आएको र भेटघाटको अवधीमा विविध विषयमा कुराकानी हुने बताए । उनले सम्बन्धलाई सुमधुर बनाउनको लागि उच्चस्तरको भेटघाट एउटा सुरुवात हुने भन्दै निरन्तर रुपमा वार्ता र कम्युनिकेसनको आवश्यकता रहेको बताए ।

    ‘हामी निरन्तर रुपमा संवाद र सञ्चारको माध्यमले विश्वास सहितको सम्बन्धको विकास गर्न सक्छौ,’ महतले भने । उनले अन्य देशको तुलनामा नेपालको संविधान निकै समावेशी रहेको समेत बताए । परराष्ट्रमन्त्री महतले केही असन्तुष्टीहरुलाई भने सम्बोधन गर्न नयाँ सरकार तयार रहेको बताए ।

    जनता दल युनाइटेडका महासचिव केसी त्यागी भारतले नेपालको सन्दर्भमा विग ब्रदरको धारणालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भारतले नेपालको सार्वभौमिकसत्ताको सधै सम्मान गर्नुपर्ने बताए ।

    नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजनले नेपाल र भारतको सम्बन्धमा उतार चढाव देखापर्नु सामान्य रहेको बताए । उनले नेपालको आफ्नो सार्वभौमसत्ताप्रति सेन्सेटिभ भएकाले त्यसको सम्मान गर्नुपर्ने बताए । उनले दुई देशबीचमा पारस्परिक विश्वासको वातावरण बनाई अगाडि बढ्न आवश्यक रहेको बताए ।

    नेसनलसिस्ट कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल ल्याण्ड लक्क भन्दा पनि इन्डिया लक्ड मुलुक भएको बताए । उनले नेपाल र चीनको बढ्दो सम्बन्धलाई लिएर भारतले बढी चिन्ता गर्न नहुने बताए । उनले विविध कारणले गर्दा नेपाल र भारतको सम्बन्धमा चीन कहिल्यै पनि सब्सिच्युट हुन नसक्ने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.