×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिका हिँडेका नेपाली युवा ग्वाटेमालामा अलपत्र, बचाउन आग्रह

  •  
  • सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ग्वाटेमालाको फाइल तस्बिर ।
    सुवास गोतामे
    काठमाडौं: ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्‌यो’, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने ।
    आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ लाख रुपैयाँ बुझाई अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए । भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्‌याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताए ।
    ‘१५ जनाभन्दा बढी नेपाली दुईदेखि तीन महिनासम्म शरणार्थी शिविरमा बसेर हालसालै छुट्यौं, केही अझै अलपत्र छन्, केही शनिबार मात्रै छुटे, केहीलाई दलालले नै कोठामा थुनेर राखेको छ’, न्यौपानेले अन्नपूर्णसँग भने ।
    उनका अनुसार अहिलेसम्म ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिने भन्दै उनीहरूलाई धम्क्याउँदै आएका छन् । आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरू ४० जनालाई भेनेजुयलाका लागि उडाएका थिए । अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवनलगायत जिल्लाका युवक छन् ।
    ‘म त भागेर ग्वाटेमाला आइपुगें तर कोही अझै मेक्सिकोस्थित चपाला एयरपोर्टमा समातिएपछि शरणार्थी शिविरमै छन् त कोहीलाई दलालले थुनेर राखेको छ’, न्यौपानेले भने । दलालका दुईजनालाई भने मेक्सिकोमा कानुनव्यवसायीले पैसा तिरेर निकालेका थिए । न्यौपानेका अनुसार दिल्लीमा अझै ४० जना भन्दा बढीलाई भेनेजुयला उड्ने गरी पर्यटक भिसामै ठिक्क पारेर राखिएको छ ।
    गत साता मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले अमेरिकामा मानवतस्करी हुने तीनवटा रुट सार्वजनिक गरेको थियो । काठमाडौं, दिल्ली, थाइल्यान्ड, मेक्सिको हुँदै अमेरिकाको टेक्ससस्थित शरणार्थी शिविर पुर्‌याउने एउटा रुट हो भने काठमाडौंबाट दिल्ली, जापान, थाइल्यान्ड, मेक्सिको हुँदै टेक्ससको शरणार्थी शिविर पुर्‌याउने अर्को रुट ।
    तेस्रो रुट थियो– काठमाडौं, सिंगापुर, जापान, मेक्सिको हुँदै टेक्ससकै शरणार्थी शिविरसम्म पुग्ने । काठमाडौंदेखि नै दलालले नयाँ दिल्ली, जापान र सिंगापुरमा एजेन्ट राखेर मेक्सिकोमा कानुनव्यवसायीलाई नै एजेन्ट बनाएर अमेरिका पठाउँदै आएका थिए ।
    दलालले अमेरिका पुर्‌याउने तीनवटा रुटबारे अपराध महाशाखाले सूचना सार्वजनिक गरेपछि आफूले पढेर जानकारी पाएको न्यौपानेले बताए । उनले भने, ‘मिडियामा पनि आएछ, हामी धेरै जना अलपत्र परेका छौं, सरकारले चाह्यो भने उद्धार गर्न सक्छ ।’ न्यौपानेका अनुसार एमाले नेता उत्तरकुमार ओलीका आफन्त समेत अमेरिका जाने क्रममा मेक्सिकोमै अलपत्र परेका छन् । नेता ओलीले भने आफ्ना आफन्त अमेरिका पुगिसकेको जानकारी दिए ।
    महाशाखा प्रमुख सर्वेन्द्र खनालले पछिल्लो समयमा अमेरिका लैजाने भन्दै मानवतस्करका गिरोहले बीचैमा छाड्ने प्रवृत्ति बढेको बताए । उनले भने, ‘अमेरिकी सपना बुनेका युवालाई प्रलोभनमा पार्ने दलालका गिरोह छन्, उनीहरूले युवाबाट ४० लाख रुपैयाँसम्म उठाएर बीच बाटैमा अलपत्र छाडेका थुप्रै गुनासा हामीसमक्ष आइपुगेका छन्, कति नेपाली जेल तथा शरणार्थी शिविरमा अलपत्र छन्, यसमा सरकारको उच्चतहबाटै छानबिन हुनु जरुरी छ ।’
    मेक्सिकोमा अलपत्र नेपाली युवाबारे महाशाखालाई जानकारी भएको उल्लेख गर्दै खनालले त्यसका दलालहरूको खोजी भइरहेको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.