×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिका पुर्‍याउन तीन रुट

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २४, २०७३- मानव तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँग मिलेर नेपाली नागरिकलाई अवैधरूपमा अमेरिका पुर्‍याउने समूहका २ जना नेपाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले अन्तर्राष्ट्रिय मानव तस्करीमा सक्रिय समूहका सदस्यको अभियोगमा नवराज खत्री र सागर शिरीषलाई पक्रेको हो।

    महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार उनीहरूले दिल्ली, जापान, फ्रान्स, मेक्सिको लगायतका देशमा रहेका मानव तस्करीमा सक्रिय समूहसँग मिलेर नेपाली नागरिकलाई तीन रुट हुँदै जोखिमपूर्ण रूपमा अमेरिका पुर्‍याउने गरेको खुलेको छ। प्रहरीका अनुसार उनीहरूले यसका लागि प्रतिव्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म लिने गरेका थिए।

    उनीहरूले जोखिमपूर्ण रुट हुँदै १० जना नेपालीलाई अमेरिका पुर्‍याएको पुष्टि भएको खनालले जानकारी दिए। प्रहरीका अनुसार सो समूहले तस्करीका लागि पहिलो रुटमा काठमाडौं–दिल्ली–फ्रान्स–मेक्सिको प्रयोग गर्दै आएका छन्।

    उनीहरूले विभिन्न देशको रुटबाट अन्तर्राष्ट्रिय सञ्जालमार्फत मानव तस्करी गर्न जसरी पनि अमेरिका जान राजी रहेकाको खोजी गरी पैसा लिने गरेका थिए। अवैध रूपमा अमेरिका पुर्‍याउन काठमाडौंका एजेन्टले यतै १० लाख लिँदै आएका थिए। मेक्सिको पुगेपछि त्यहाँ रहेका समूहका सहयोगी कानुन व्यवसायीले थप १० लाख लिन्थे। अमेरिकाको टेक्सासस्थित शरणार्थी क्याम्पमा पुगेपछि समूहका एजेन्टले थप १० लाख लिने गरेको खुलेको एसएसपी खनालले जानकारी दिए।

    उनीहरूले अमेरिका जान तयारलाई काठमाडौंमा भेला पारेर हवाईमार्ग हुँदै दिल्ली पठाउने गरेका थिए। दिल्लीमा रहेका एजेन्टले उनीहरूलाई विमानस्थलबाटै लिएर बैंकक पठाउने गरेका थिए। बैंककमा रहेका उनीहरूका एजेन्टले दिल्ली हुँदै आएकालाई फ्रान्सलाई ट्रान्जिट बनाएर मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याउने गर्थे।

    ‘मेक्सिकोमा पुगेकाहरू केही अलपत्र पर्ने र प्रहरीले पक्राउ गर्ने गरेको समेत देखियो,’ खनालले भने, ‘पक्राउ परेकाहरूसँग प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिएर कानुनी सहायता दिने र शरणार्थीका रूपमा अमेरिकाको टेक्सासको क्याम्पमा पुर्‍याउने समेत समेही समूहका एजेन्ट देखिए।’

    महाशाखाका अनुसार नवराज समूहले दोस्रो रुटमा जापानको प्रयोग गर्ने गरेका छन्। उनीहरूले पहिलो रुटमा कुनै समस्या आए काठमाडौं–दिल्ली हुँदै जापानमा ट्रान्जिट गराएर मेक्सिको पुर्‍याएर अवैध रूपमा अमेरिका पुर्‍याउने गरेको खुलेको छ। तेस्रो रुट सिंगापुर हो। अवैध रूपमा अमेरिका पुग्न राजी समूहलाई काठमाडौंबाट सिंगापुर पुर्‍याएर त्यहाँबाट जापान हुँदै मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेको महाशाखाले सार्वजनिक गरेको रुट सूचीमा उल्लेख छ।

    यसरी खुल्यो पोल
    भदौ १७ मा नवलपरासी रुपौलियाका प्रेमनारायण महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० हजार अमेरिकी डलरसहित पक्राउ परेका थिए। अवैध रूपमा विदेशी मुद्रा लैजाने प्रयास गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग बुझायो। विभागमा बुझाए पनि अनुसन्धान जारी राख्दा महतो मानव तस्करीमा संलग्न समूहलाई पैसा बुझाएर अमेरिका हिँडेको खुल्यो।

    अनुसन्धानमा उनी काठमाडौंबाट दिल्ली हुँदै, बैंकक, जापान, फ्रान्स र मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिर्ने योजनाअनुसार हिँडेको थाहा भएपछि महाशाखाले मानव तस्करीमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा अमेरिका पुग्न महतोसहित अन्य तीन जनाले खत्री र शिरीषलाई पैसा बुझाएको खुलेपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो। महाशाखाले मुद्दा प्रक्रिया र थप अनुसन्धानका लागि दुवै जनालाई काठमाडौं परिसरमा बुझाएको छ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.