×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

साउदी अरबमा ‘मृतक’ सूचीमा रहेका सुवास तामाङ भन्छन्- म जिउँदै छु

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साउदीको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा रहेका मोरङका सुवास तामाङ।तस्बिर सौजन्य : अर्जुन तामाङ

    भाद्र २२, २०७३- साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन्। तर नेपाल फर्कन उनलाई समस्या छ। त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् ।

     जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग ५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ। तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन। ‘साउदी सरकारले यसलाई गम्भीर रूपमा लिएको छ। यस घटनामा संलग्न अधिकारीहरूलाई छानबिन गरिरहेको छ’, जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी मनहरि दंगालले कान्तिपुरलाई भने, ‘छानबिन नसकिएसम्म सुवासलाई पठाउन सकिँदैन।’

    सुवास तीन वर्षदेखि जेद्दास्थित हुन्डाई हयाबी इन्डस्ट्रिजमा कार्यरत थिए। ‘मलाई परिवारले मरेको भनेर काजक्रिया पनि गरिसकेको रहेछ। म सामान्य अवस्थामा फर्किएको छु,’ उनले कान्तिपुरलाई भने, ‘कम्पनीले गर्नुपर्ने सबै दायित्व पूरा गरेको छ। बस्नखान समस्या छैन। स्वदेश छिट्टै जान पाए हुन्थ्यो।’

    सुवासका नाममा तेजेन्द्रको शव 
    ९ जुलाई २०१५ मा सुवास चढेको ट्याक्सी दुर्घटना भयो। सुवासका अनुसार कम्पनीमा तलब बुझेपछि घर पठाएर फर्किरहेका थिए। ‘ट्याक्सीमा ५ नेपाली कामदार सवार थिए। घटनास्थलमै चितवनका रिद्दीबहादुर मगर, सिन्धुलीका बुद्धलाल वाइबा, रूपन्देहीका विष्णुबहादुर राना मगरको मृत्यु भयो। दुई जना गम्भीर घाइते भएका थिए,’ दंगालले भने, ‘घाइते दुवै जनाको अनुहार चिनिएको थिएन।

    एक जनाको उपचारका क्रममा भोलिपल्ट (१० जुलाई) मृत्यु भयो।’ साउथ ट्राफिक प्रहरीको रिपोर्टमा अस्पतालले बाँच्ने व्यक्ति चालक तेजेन्द्र भण्डारी भएको भन्दै घाइतेको उपचार जारी राखे। हुन्डाई कम्पनीले मृतक ४ जना नै आफ्नो कामदार भएको पुष्टि गर्‍यो। त्यही कम्पनीमा कार्यरत सुवासका भान्जा अर्जुन तामाङलाई कम्पनीले सोही सूचना दियो।

    उनले अस्पतालमा ट्राफिक प्रहरीको रिपोर्ट लिएर नेपाली दूतावासमा शव लैजानका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ का लागि निवेदन दिए। दूतावासले आवश्यक कागजातका आधारमा ‘एनओसी’ जारी गर्‍यो। डेढ महिनाभित्रै ४ जनाको परिवारले पाउने गरी शव पठाइदियो। सुवासका पत्नी सन्तोषी तामाङ आफैं शव लिन त्रिभुवन विमानस्थलमा आइन्। आवश्यक प्रक्रिया पूरा गरी शवको दाहसंस्कार गरे। तर त्यो शव सुवासको नभई कपिलवस्तुका तेजेन्द्र भण्डारीको थियो।

    यसरी फेला परेका थिए सुवास
    तेजेन्द्र अल ओतावी कम्पनीमा ट्याक्सी चालक थिए। दुर्घटनापछि उनका साथीहरू अस्पतालमा भेट्न गइरहेका हुन्थे। जेद्दामा होटल चलाइरहेका गुरुङ थरका नेपालीसँग उनको घनिष्ठता थियो। त्यहाँ गुरुङ हरेक हप्ताजसो पुग्थे। उनी पुग्दा सुवास बेडमा बेहोस अवस्थामा हुन्थे। अनुहारमा पुरै प्लास्टर गरिएको हुन्थ्यो। उनले नेपालमा तेजेन्द्रको स्वास्थ्य स्थितिमा सुधार हुँदै आइरहेको’ खबर दिइरहेका हुन्थे। चार महिनापछि बिस्तारै प्लास्टर हटदै गयो। गुरुङले आफ्नो साथीको अनुहारसँग बिरामीको अनुहार मिलेको पाउँदैनथे। त्यसपछि सुवासका भान्जा अर्जुनलाई मान्छे पहिचान गर्न बोलाए।

    अर्जुन अस्पतालमा गएर हेर्ने बित्तिकै आफ्ना मामा सुवासलाई चिनिहाले। ‘त्यतिखेर सोच्दै नसोचको अवस्था भयो’, अर्जुनले कान्तिपुरलाई भने, ‘मामा जिउँदैछन् भनेर तुरुन्तै माइजूलाई फोन गर्न सकिनँ।’ उनले कम्पनीमा गएर सुवास जिउँदै छन् भनेर जानकारी दिए। कम्पनीले दूतावासबाट कर्मचारी लिएर अस्पताल पुगे। त्यसपछि पुष्टि भयो, ‘नेपालमा सुवास भनी पठाइएको शव तेजेन्द्रको रहेछ।’

    हुन्डाई कम्पनीले क्षतिपूर्तिबापत तेजेन्द्रको परिवारलाई १५ हजार रियाल दिने जानकारी महावाणिज्य दूतलाई दिएको छ। ‘सुवास नेपाल फर्किने बेलामा मात्रै १५ हजार रियाल दिने भनेको छ,’ दंगालले भने।

    तेजेन्द्र कार्यरत कम्पनीले भने चालकको लापरबाहीले दुर्घटना हुन पुगेको भन्दै क्षतिपूर्ति दिन मानेको छैन।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.