कैलासबावु श्रेष्ठ/गोरखा
आषाढ ३१ गते । पश्चिम सुर्खेतको विद्यापुर गाविस ८ सन्नेमा घर पैचो कायक्रममा पकाएको च्याउ खादा ११ जना गाउँले विरामी परेका छन ।
विरामीहरुको गाउँमै प्राथमिक उपचार पछि अहिले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैइरहेको छ ।
११ जना मध्ये ७२ वर्षिय नन्दकला गिरी, २१ वर्षीय चन्द्रप्रसाद खनाल र २० वर्षीय राधा बास्तोला गम्भिर विरामी हुनु भएको छ । स्थानीय शेरसिं वास्तोलाको नयाँ घरको घरपैचो कार्यक्रममा उनीहरुले च्याउको तरकारी खाएका थिए ।
दिउँसो १२ बजेतिर च्याउको तरकारी खाएका उनीहरु लगत्तै विरामी परेको स्थानीय भक्तिप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
घरपैचो कार्यक्रममा सहभागी हुन गएका व्यक्तिले वगाले च्याउ खाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले समयमै उपचार भएकाले आत्तिनु पर्ने अवस्था नभएको वताउनु भयो । अधिकारी अनुसार सबै विरामी सवैको अवस्था खतरा मुक्त रहेको जानकारी दिनु भयो ।
क्षेत्रीय अस्पतालमा च्याउ खाएका विरामी भेटको लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, प्रशासकिय अधिकृत हितप्रसाद पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमख वसन्त अधिकारी, नेपाली काँग्रेसका सभापति कमलराज रेग्मी, एमालेका सचिव मोहन वडुवाल लगायत जानु भएको छ ।
घर पैचोमा च्याउ खादा विरामी
घर पैचोमा च्याउ खादा विरामी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



