×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २८ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४० मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

प्रधानमन्त्रीको टुंगो छैन, माओवादी मन्त्रीको सूची तयार !

  •  
  • बिहिबार, असार ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जनार्दनले मन्त्री अस्वीकार गरे, मन्त्रीको सूचीमा पुराना समेत

    ३० असार, काठमाडौं । प्रचण्ड कहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । तर, माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची भने तयार भइसकेको छ । कांग्रेससँग मिलेर माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पार्टीबाट मन्त्री बन्नेहरुको प्रस्तावित नामावली प्रचण्ड निवासमा पठाइएको छ ।

    Maoist-Center Flagमाओवादीले मन्त्री बन्नेहरुको सूची तयार पार्ने जिम्मा कृष्णबहादुर महरालाई दिएको थियो । महराले १२ जनाको नामावली प्रचण्डलाई बुझाउँदै त्यसैमध्यबाट छनोट गर्न भनेका छन् । तर, माओवादीले १२ भन्दा कम मन्त्रालय पाउने स्थिति छ ।

    प्रभाकरद्वारा मन्त्री पद अस्वीकार

    महराले १२ जनाको सूचीमा आफ्नो नाम छुटाएका छैनन् । महराले अर्थ मन्त्रालय सम्हाल्ने चर्चा छ । यो सूचीमा जनार्दन शर्मा ‘प्रभाकर’को नाम पनि राखिए पनि प्रभाकरले अहिले आफू मन्त्री नबन्ने जवाफ प्रचण्डलाई दिएका छन् ।

    लाजिम्पाटको सूचीमा प्रभाकरलाई स्थानीय विकास मन्त्रालयको जिम्मा दिने प्रस्ताव गरिएको थियो । प्रभाकर गृह मन्त्रालयका दाबेदार हुन् । नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालय कांग्रेसको जिम्मामा परेपछि प्रभाकरले अरु मन्त्रालय नसम्हाल्ने बताएको स्रोतले भन्यो ।

    प्रभाकर देउवाको नेतृत्वमा बन्ने सरकारको गृहमन्त्री बन्ने दाउँमा छन् । उनी हाल सार्बजनिक लेखा समितिको सभापति छन् ।

    रेखा शर्मालाई दोहोर्‍याउन प्रस्ताव

    महराले प्रचण्डलाई बुझाएको सूचीमा रेखा शर्माको नाम पनि छ । शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन् । सरकारमा उनको काम सन्तोषजनक भएको भन्दै उनलाई फेरि दोहोर्‍याउन प्रस्ताव गरिएको छ ।

    शर्माले पूर्वविशिष्ट पदाधिकारीहरुको दोहोरो सुविधा अन्त्य, वर्षौंदेखि हुन नसकेको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन, नियम विपरित वर्षौंदेखि काजमा बसेका कर्मचारीहरुको काज फिर्ता, नियम विपरितको कर्मचारी सरुवा रोक्का तथा कारबाही, भूकम्प प्रभावित जिल्लाहरुमा कर्मचारीहरु खटाउन सिडिओ कार्यालयलाई अधिकार प्रत्यायोजनलगायतका काम गरेकी थिइन् ।

    ओली नेतृत्वको सरकारमा रहँदा राम्रो काम गर्ने मन्त्री भनेर रेखा शर्मा र तत्कालीन वन मन्त्री अग्नि सापकोटाको नाम लिने गरिन्छ  ।

    रेखाको विकल्प सीता

    महराले मन्त्री बन्नेहरुको सूचीमा रेखा शर्माको नाम समावेश गरे पनि त्यसलाई सच्याउन केही नेताहरुले प्रचण्डलाई दबाव दिएका छन् । रेखालाई फेरि दोहोर्‍याउनुको सट्टा नयाँलाई अवसर दिनुपर्ने तर्क असन्तुष्ट नेताको तर्क छ ।

    ‘एउटै व्यक्तिलाई पटक-पटक मन्त्री बनाउनुभन्दा नयाँलाई अवसर दिनुपर्छ भन्ने हाम्रो सुझाव हो,’ प्रचण्डलाई आफूले दिएको सुझावबारे ती नेताले अनलाइनखबरसँग भने ।

    रेखाको सट्टा सीता नेपालीलाई मन्त्री बनाउन असन्तुष्ट पक्षको मत छ । सीता नेपाली सुर्खेतकी सांसद हुन् । रेखा शर्मा जस्तै उनी पनि समानुपातिक सांसद हुन् ।

    माओवादी संसदीय दलकी सचेतक रेखा सामान्य प्रशासन मन्त्री बनेपछि सीतालाई सचेतकको जिम्मेवारी दिइएको छ ।

    यसैगरी मधेसी समुदायबाट प्रभु साह र थारु समुदायबाट बुद्धिसागर चौधरीलाई पनि मन्त्री बनाउन प्रस्ताव गरिएको छ । साह हाल व्यवस्थापिका संसदअन्तर्गतको अन्तराष्ट्रिय तथा श्रम समितिको सभापति छन् । यसैगरी चौधरी बर्दियाबाट समानुपातिक सांसद छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.