×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शोकमा डुब्यो दार्जिलिङ

  •  
  • बुधबार, जेठ २६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – पर्वत पोर्तेल, काँकडभिट्टा

    दार्जिलिङमा गीत–संगीतको कमान्ड अम्बरले नै सम्हालेका थिए

    जेष्ठ २५, २०७३- संगीतज्ञ अम्बर गुरुङको निधनको खबर उनको जन्मथलो दार्जिलिङमा मंगलबार झिसमिसेमै फैलियो । निधनले उनी जन्मे/हुर्केको दार्जिलिङ, उनका समकालीनहरू र फ्यानहरू भावुक बने । सिंगो दार्जिलिङ शोकमा डुबेको छ ।

    सन् २६ फेव्रुअरी १९३८ दार्जिलिङको लालढिकीमा जन्मिएका उनले नेपाली संगीत आकाशमा थुप्रै कालजयी गीत–संगीत भरे । कला मन्दिर र आर्ट एकाडेमीजस्ता संगीत विद्यालयमा उनले अरुणा लामा, कर्म योन्जन, गोपाल योन्जन, जितेन्द्र बर्देवा, इन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान, शान्ति ठटाललगायतसँग काम गरे ।

    उनका केही समकालीन बितिसके । केही बाँकी छन् । उनका समकालीनमध्ये एक संगीतज्ञ गगन गुरुङले भने, ‘अम्बरले छाडे पनि दार्जिलिङले सधैं सम्झिरहने छ ।’ गगनका अनुसार अम्बरले दार्जिलिङलाई जति माया गर्थे, दार्जिलिङले त्यसभन्दा बढ्ता माया उनलाई गर्छ । काठमाडौंबाट ज्वाईंले फोन गरेपछि अम्मर बितेको थाहा पाए गगनले । अनि एकाबिहानै भक्कानिए । ‘मेरो त आँसु नै थामिएन,’ अम्बरका ज्यादै निकट समकालीन गगनले थपे, ‘अम्बर संगीतको महासागर थियो ।’

    सन् १९५० देखि गगनले अम्बरसँग संगत गरे । नेपाली गीत–संगीतको उत्थानमा खोलिएको आर्ट एकाडेमीमा यी गुरुङ बन्धुले सँगै काम गरे । अम्बरले दार्जिलिङ नछाडुन्जेल उनीहरूको दोस्ती मज्जाले जम्यो । जब अम्बर काठमाडौं खाल्डो पसे, गगनको दोस्ती टुट्यो । गगन सम्झिन्छन्, ‘अम्बर मेरो साथी मात्रै थिएन, मार्गदर्शक थियो ।’ अम्बरको निधनले नेपाली संगीत आकाशमा ठूलो क्षति पुगेको ठान्छन् गगन ।

    त्यस बेला अरुणा र शान्तिले अम्बरसँग निकट भएर संगीत सिर्जना गरे । अरुणा त बितिसकिन् । शान्ति भने अझै युवा जोसका साथ गीत गाइरहेकी छन् । ठटाल भन्छिन्, ‘अम्बर गुरुङ नेपाली सांगीतिक आकाशका एक धरोहर हुन् ।’ आधुनिक नेपाली संगीतमा अमरको अतुलनीय योगदान रहेको उनले बताइन् । ‘अमरको निधनले दार्जिलिङ र नेपालमा मात्रै हैन नेपाली गीत–संगीत माया गर्ने संसारभरका नेपालीलाई स्तब्ध पारेको छ,’ उनले थपिन्, ‘एउटा अग्लो संगीत धरोहर ढले जस्तो लागेको छ ।’

    सन् ५० को दशकमा अम्बर दार्जिलिङमै संगीत सिर्जनामा सक्रिय थिए । अगमसिंह गिरीको रचनाको ‘नौ लाख तारा उदाए’ बोलको गीत जब रेकर्ड भयो, यसले सिंगो भारतमा तहल्का मच्चायो । ‘राजनीतिक गन्ध’ आएको आरोपमा त्यो गीत तत्कालीन शासकले प्रतिबन्ध नै लगायो । केही समय बजेपछि अल इन्डिया रेडियोले पनि रोक्यो  । यो गीत अम्बरको जीवनमा एउटा कोसेढुंंगा बन्यो । यही गीतका कारण तत्कालीन राजा महेन्द्रले उनलाई डाके । अनि उनी पुगे नेपाल ।

    ‘अम्बर विलक्षण क्षमता भएका सर्जक थिए,’ संगीतकर्मी कर्म योन्जनले सम्झिए, ‘उनी हाम्रा अभिभावक र मार्ग दर्शक थिए ।’ त्यस बेला सिंगो दार्जिलिङमा गीत–संगीतको कमान्ड अम्बरले नै सम्हालेका थिए । कर्म, गगन, शान्ति, अरुणाहरूले सघाएका थिए । कर्मलाई लाग्छ, ‘अम्बर दाजु नेपाली आधुनिक संगीतका प्रणेता नै हुन् ।’ थप्छन्, ‘नेपाली संगीतको श्रीवृद्धिमा अम्बर दाजुको योगदान ज्यादै धेरै छ ।’

    गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन (जीटीए) का प्रमुख विमल गुरुङले अम्बर गुरुङलाई नेपाली संगीताकाशका ध्रुवताराको उपमा दिए । गुरुङको निधनले नेपाली गीत–संगीत क्षेत्र र नेपाली भाषीहरूलाई मर्माहत तुल्याएको उल्लेख गर्दै गुरुङले भने, ‘महान् संगीतकार अम्बर नेपाली संसारबाट अस्ताउनु भनेको समग्र नेपाली संगीत जगतलाई सूर्य ग्रहण लाग्नु जस्तै हो ।’ गुरुङ संगीतकारमात्रै थिएनन् । सफल गायक, गीतकार, चित्रकार अनि साहित्यकार पनि थिए । उनको बहुआयामिक प्रतिभाले नै महान् कलाकारहरूको पंक्तिमा उभ्याएको विमल ठान्छन् ।

    उनको सम्झनामा गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन (जीटीए) को सूचना तथा सांस्कृतिक विभागले बुधबार चौरस्ता क्षेत्रमा दीप प्रज्वलनसहित शोकसभा आयोजना गर्ने भएको छ ।

    ekantipu

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.