×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

काठमाडौंको ‘डोमेस्टीक एयरपोर्ट’ सर्‍यो

  •  
  • बुधबार, जेठ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जेष्ठ ५, २०७३- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगै रहेको आन्तरिक विमानस्थलको टर्मिनल बुधबार पूरानो भवनबाट नयाँ भवनमा सारिएको छ । नागरिक उड्डयन प्राधिकरणले सरकारी स्रोतबाट निर्माण गरेको नयाँ भवनको नाम ‘एनएक्स डोमेस्टीक टर्मिनल बिल्डीङ एण्ड एसोसिएटेड वर्कस्’ राखिएको छ ।

    नयाँ भवनमा डिर्पाचर, एराइभल र कार्गो गरी तीन वटा हल छन् । सबैभन्दा ठूलो डिर्पाचर हल रहेको छ । यहाँ सुरक्षा जाँच, एयरलाइन्स अफिस, स्टल, रेष्टुरेन्ट, ट्याक्स/एयरपोर्ट अफिस, टिकटीङ्ग एरिया, ब्यागेज डिस्प्याच एरिया र एटीएम काउन्टर रहेका छन् ।

    एराइभल हलमा ब्यागेज क्लेम, स्टल, कफीसप र टेलिफोन बुथ राखिने छन् । अब पूरानो भवनमा जस्तो कार्गो र यात्रु पस्ने बाटो फरक राखिएको छ । कार्गो हलमा छुट्टै सुरक्षा जाँचका साथ संचालनमा ल्याइएको छ ।

    पूरानो भवनमा यात्रुको चाप बढ्दै गएपछि नागरिक उड्डयन प्राधिकरणले २०६९ माघ ३ गते नयाँ भवन निर्माण थालेको थियो । उक्त भवन निर्माणका लागि १० करोड ९३ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । भवन निर्माणको जिम्मा काठमाडौंका तीनवटा निर्माण कम्पनीले संयुक्त रुपमा लिएका थिए ।

    विमानस्थलका उपमहानिर्देशक मुरारी भण्डारीका अनुसार बुधबारदेखि संचालनमा ल्याइएको भवन ठेक्दार कम्पनीले एक वर्षभित्रै निर्माण सक्ने सम्झौता गरेका थिए । तर, निर्माण कम्पनीहरु गौरीपार्वती–चक्रेश्वरी र सुनौला खिम्तीले विभिन्न कारण देखाउँदै भाका गरेको म्याद ०७० माघमा भवन निर्माण पूरा गर्न सकेनन् । करिब साढे २ वर्ष ढिलो गरी बुधबारदेखि संचालनमा ल्याइएको भवनको निर्माण सकिए पनि छिटफुट काम भने अझै बाँकि रहेका छन् ।

    यो भवनको बुधबार अपराहन्न पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन सचिव प्रेमकुमार राईले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् । विमानस्थलका प्रवक्ता भोला गुरागार्इंका अनुसार यो भवनको लागत चारपटकसम्म पहिलो कवोल मूल्यमा संशोधन भई बढ्दा ११ करोड ९८ लाख पुगेको छ । उद्घाटनअघि बुधबार बिहानैदेखि प्राधीकरणले यो भवनबाट यात्रु सेवा संचालनमा ल्याइसकेको थियो ।

    यहाँ १५ वटा एयरलायन्सका काउन्टर राखिएका छन् । नागरिक उड्डयन प्राधीकरणको पूरानो भवन र ०५० सालमा थप बिस्तार गरी बनाइएको आन्तरिक भवन हाललाई के गर्नेबारे निर्णय भइसकेको छैन । तर प्राधीकरणको सिभिल इन्जिनियरीङ सम्हालिरहेका उपमहानिर्देशक भण्डारीले पूरानो भवनमा एयरलाइन्स काउन्टर राखिएको स्थानलाई एयरसाइड हल बनाउने भनेको छ ।

    एयरलाइन्सले बोर्डिङपास दिइसकेपछि सुरक्षाकर्मीको निगरानीमा एयरसाइड हल रहने गर्छ । जहाँ गन्तव्यमा उड्न तयार रहेका यात्रु आराम गर्नेछन् । यसैबीच आन्तरिक भवनमा भूकम्पपछि बन्द रहेको क्याफ्टेरिया पनि नयाँ टर्मिनलमा सारिने भएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.