×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

चीनको सहयोगमा बन्ने पेट्रोल भण्डारणमा १५ अर्ब लाग्ने

  •  
  • मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ३ जेठ, काठमाडौं । चीन सरकारको सहयोगमा देशका विभिन्न तीन ठाउँमा नयाँ पेट्रोलियम भण्डारण बन्ने भएको छ ।

    सरकारले आपूर्ति नहुँदा पनि कम्तिमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम भण्डारण गर्ने योजना अन्तरगत चीनको सहयोग लिन लागेको हो ।

    काभ्रेको पाँखखाल, नुवाकोटको बट्टार र तनहुँको खैरहनीमा नयाँ पेट्रोलियम भण्डारण केन्द्र बनाउन चीन सरकारले सहमति जनाइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पेट्रोलियमको भण्डारणका लगि सहयोग गर्ने सहमति भएको थियो ।
    ‘अहिले भण्डारण क्षमता कमजोर हुँदा आपूर्ति केही दिन असहज हुनासाथ समस्या उत्पन्न हुने गरेको छ’ आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने-‘त्यसैले नयाँ भण्डारण केन्द्र स्थापना गर्न प्रक्रिया सुरु भएको हो ।’

    तीन भण्डारण केन्द्रका लागि १५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । यसमा चीन सरकारले कति लगानी गर्ने भन्ने तय हुन भने बाँकी छ । नेपाल सरहकारले पनि यसको केही हिस्सा लगानी गर्नेछ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सरकारले यो विषयलाई समेटेकाले सम्भाव्यता अध्ययन र जग्गा अधिग्रहण लगायतका कामका लागि यसवर्ष बजेट विनियोजन हुने सम्भावना छ ।

    चीनलाई निम्तो

    आपूर्ति मन्त्रालयले चीनलाई यी तीन आयोजनाको सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया सुरु गर्न भन्दै पत्र पठाएको छ । परराष्ट्रमार्फत पठाइएको पत्रमा तीन ठाउँमा पेट्रोलियम भण्डारणको सम्भाव्यता अध्ययनका लागि चीनको प्राविधिक सहयोग मागिएको छ ।

    अब केही समयभित्रै चीनको प्राविधिक टोली आएर तीनै ठाउँमा भण्डारण केन्द्र राख्नेबारे अध्ययन सुरु गर्ने प्रवक्ता रेग्मीले जानकारी दिए ।

    चीनबाट समेत इन्धन आयात गर्ने सहमति भइसकेकाले नयाँ तेल भण्डार आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । पाँचखाल, बट्टार र खैरहनी चीनबाट तेल आयात भएमा भण्डारणका लागि अति उपयोगी हुनेछन् ।

    केरुङ नाकाबाट भित्रिने इन्धन बट्टार र खैरहनीमा भण्डारण गर्न सकिने छ भने तातोपानीबाट भित्रिने इन्धन पाँचखालमा स्टोरेज हुनेछ । थानकोट डिपोको क्षमता पनि कमजोर भएकाले भारतबाट भित्रिने इन्धन पनि पाँचखालमा भण्डारण गर्न सकिने छ ।

    कहाँ कति भण्डार ?

    सरकारले नयाँ स्थापना गर्ने पेट्रोलियम भण्डारण केन्द्रमा एकैपटक १ लाख ६३ हजार मेट्रिक टन  इन्धन भण्डारण गर्न सकिने छ । काभ्रेको पाँचखालमा बन्ने भण्डारण केन्द्र ७१ हजार मेटि्रक टन क्षमताको हुनेछ ।

    यस्तै बट्टार र खैरहनीको केन्द्रमा ४६/४६ हजार मेटि्रक टन पेट्रोलियम पदार्थ अटाउनेछ । ‘यो हाम्रो प्रारम्भिक तयारी मात्रै हो’ प्रवक्ता रेगमीले भने-‘सम्भाव्यता अध्ययनपछि भण्डारण केन्द्रको क्षमतामा थपघट हुनसक्छ ।’

    अहिलेको योजनाअनुरुप झण्डै १ लाख ५३ हजार मेटि्रक टन तेलका लागि नयाँ भण्डारण बन्नेछ । यसअनुसार यी तीन केन्द्रमा झण्डै २० करोड लिटर तेल भण्डारण हुनेछ ।

    सरकारले ३ वटै भण्डारणका केन्द्रको निर्माणका लागि उपयुक्त जग्गाको पहिचान गरिसकेको छ । तर, सम्भाव्यता अध्ययनपछि मात्रै अधिग्रहणको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

    पहिलोपटक ग्यासको भण्डारण

    चीनको सहयोगमा ग्यासको भण्डारण पनि सुरु गर्ने सरकारको योजना छ । अहिलेसम्म नेपालमा ग्यासको भण्डारण छैन । त्यसैले चीनले अहिले गर्ने सहयोगमा आधारित भएर नेपालमै पहिलोपटक ग्यासको भण्डारण बनाउने योजना बनेको छ ।

    यसअनुसार १० हजार मेट्रिक टनको ग्यास भण्डार निर्माण हुनेछ । काभ्र्रेको पाँचखालमा बन्ने ७१ हजार मेटि्रक टनको इन्धन भण्डारमै १० हजार मेट्रिक टन ग्यासको स्टोरेज गरिने आपूर्ति प्रवक्ता रेग्मीले बताए । १० हजार मेटि्रक टन ग्यास ५ सय ५५ बुलेट बराबर हुन्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.