×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पशुपतिमा चढाइएका सामान बिक्रीमा

  •  
  • शनिबार, फागुन १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोपीकृष्ण ढुंगाना

    फोटो :फाइल फोटो
    काठमाडौं: पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा विगत चार वर्षयता चढाइएका सामग्री बिक्रीमा राख्ने भएको छ । २०६८ सालदेखि भण्डारमा थन्क्याइएका विभिन्न कपडा र शृंगार सामग्री सोभेनियर पसल खोलेर बिक्री गर्न लागिएको हो । यसका लागि कोषले शनिबारदेखि सामग्री सूचीकृत गर्ने भएको छ ।
    कोषले २०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावली बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरकै भण्डारमा राख्दै आएको थियो । पशुपतिनाथ मन्दिर तथा गुठी व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले चढाइएका जिन्सी सामग्री मन्दिरको पश्चिम द्वारछेउमा सोभेनियर पसल सञ्चालन गरी बिक्री गर्न लागिएको बताए ।
    उनले शुक्रबार अन्नपूर्णसँग भने, ‘मन्दिरमा शिवनामी सल, रामनामी सल, सारी, ब्लाउज, धोती, पेन्टी, ब्रा, सेन्डो, रुमाल, गम्चा, कुर्तासुरुवालजस्ता सामग्री चढाइएका छन् । यसबाहेक धेरै चढाइनेमा सौभाग्यका सामग्री पनि छन् ।’
    २०६८ चैतसम्म भक्तजनले चढाएका यस्ता सामग्री भट्ट र भण्डारीले नै प्रयोग गर्दै आएका थिए । सिटौलाले भने, ‘खासगरी मारबाडी समुदायमा आफूले गर्ने व्यवसाय वा फ्याक्ट्रीको पहिलो उत्पादन भगवान्लाई चढाउने प्रचलन छ । त्यसैले सारी, सेन्डो, पेन्टी, ब्राजस्ता सामग्री पनि चढाइएको हुनसक्छ । कतिपयले विवाहअघि यस्ता सामग्री चढाएका हुनसक्छन् ।’
    भारतका शिरडी माई, तिरुपति बालाजीलगायत मन्दिरमा पनि भक्तजनले चढाएका यस्ता सामग्री अन्य भक्तजनले न्यूनतम मूल्यमा खरिद गर्न पाउने व्यवस्था छ ।
    मन्दिरमा चढाइएका सुनचाँदी र अन्य धातु भने यथावत् राखिने कोषले जनाएको छ । कोषले भण्डारमा रहेका सामग्रीको न्यूनतम मूल्य तोक्न कोष सञ्चालक परिषद्का सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा मूल्यांकन समिति बनाएको छ । सुरुमा माघ महिनामा चढाइएका समग्रीका पोका खोलिने भएको छ ।
    कोषका कार्यकारीनिर्देशक रमेश उप्रेतीका अनुसार क्रमशः सबै पोका खोली मूल्य स्टिकर राखिनेछ । मन्दिरमा प्रत्येक दिन चढाइने सामग्रीको एउटा पोको पारी मुचुल्का बनाइन्छ ।
    उप्रेतीले भने, ‘पशुपतिनाथमा चढाइएका जे वस्तु वा सामग्री भए पनि कोषले स्वीकार्नुपर्ने भएकाले सबै खालका सामग्री प्राप्त भएका हुन् । यसको बिक्रीबाट उठेको रकम मन्दिरको खातामा जम्मा हुनेछ । उक्त रकमबाट भक्तजनको मागअनुसारका सामग्री खरिद गरी बिक्री गरिने उनले बताए ।
    कोषका सदस्यसचिव गोविन्द टन्डनले मन्दिरमा चढाइएका जिन्सी सामग्री अन्य भक्तजनलाई महत्त्वपूर्ण हुनसक्ने भएकाले बिक्री गर्न लागिएको बताए । उनले भने, ‘पशुपतिनाथ मन्दिर अंकित सुन र चाँदीका सिक्का बनाएर बिक्री गर्ने कोषको योजना छ ।’
    महाशिवरात्रीका अवसरमा कोषले विशेष पूजाको कारोबार पनि मन्दिर प्रांगणमा रहेको एसबीआई बैंकबाट भौचरमार्फत गर्ने भएको छ । यो काम सफल भए बिक्री गर्ने जिन्सी सामग्रीको पनि बैंकबाटै कारोबार गर्ने योजना छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.