×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

थाह नपाई बाँचेको परिवार

  •  
  • शनिबार, फागुन १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले

    नेपालगन्ज: ‘श्रीमान्, म र छोरो थियौं । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो तर एक्कासि एकदमै हल्लियो । प्लेनमा रहेका हामी सबै यात्रु डरायौं । प्लेनभित्र कोही रुन थाले, कोही कराउन थाले तर हामी भने बाँच्छौं कि भनेर बाहिर हामफाल्न खोज्यौं । जमिनमा प्लेन ठोक्किनै लागेपछि हामीले त हामफालेछौं तर त्यसपछि केके भयो, केही थाहा छैन ।’
    दुर्घटनाग्रस्त एयर काष्ठमण्डपको विमानबाट हामफालेर ज्यान बचाएकी जुम्ला चन्दनाथ ६ की २७ वर्षीया जगदम्बा गिरीले कोहलपुर मेडिकल कलेजको शय्याबाट भनिन्, ‘हामफाल्दा बाँचिएला कि भनेर हामफाल्यौं तर छोरो खै ?’
    तत्काल चिकित्सकले छोरा प्रनिललाई उनी सुतेकै शय्यामा ल्याइदिएपछि जगदम्बाले केहीबेर दूध चुसाइन् । उनका पति मेघराज पनि उपचारकै क्रममा रहेको चिकित्सकले बताएपछि जगदम्बाले लामो सास तानिन् ।
    हामहाल्ने क्रममा जगदम्बाको खुट्टामा चोट लागेको छ भने छोरा प्रनिलको टाउकोमा चोट लागेको छ । परिवारका तीनैजनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताए ।
    दुर्घटनामा परी बाँचेका नुवाकोट थानसिङ ३ का धु्रव भण्डारीले विमान उडेको १०–१५ मिनेटपछि भित्र चुइगम पड्काएजस्तो आवाज आएको बताए । उनले भने, ‘प्लेन १२:२० मा उड्योजस्तो लाग्छ । मोबाइल अफ गरेकाले ठ्याक्कै समय थाहा पाइएन । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो ।
    एक्कासि चुइगम पड्काएजस्तो आवाज आयो । पहिलोपटक पड्कँदा केही लागेको थिएन । फेरि पडयो । चारपटकसम्म लगातार पड्किएपछि हामी सबैको सातो गयो । जहाज घरि यता हल्लन्छ, घरि उता । पूरै फाइटर प्लेनजस्तै गर्‌यो । त्यति बेलासम्म पनि पाइलटले पर्खनुहोस्, केही हुन्न भन्दै थिए । हामी तपाईंहरूलाई केही हुन दिन्नौं भने । त्यसपछि प्लेन त के भयोभयो, हामीले थाहा नै पाएनौं ।’
    भण्डारीले चालकको साहसकै कारण विमानका यात्रु बाँचेको बताए । उनका अनुसार विमान भुइँमा जोत्तिन लाग्दासम्म पनि पाइलट र कोपाइलट दुवैजनाले यात्रुलाई नआत्तिन आग्रह गर्दै बचाउने बताइरहेका थिए । भण्डारी सामान्य घाइते भएका छन् ।
    ‘इशारा गर्दै थिए तर बचाउन सकिएन’
    शुक्रबार भएर होला निकै थोरै विद्यार्थी स्कुल आएका थिए । त्यसैले चाँडै बिदा गरेर हामी घर फर्कंदै थियौं । आकाशमा जहाज उडेको आवाज आयो । हाम्रो ध्यान पनि त्यतातिरै गयो । सुरुमा जहाजले गाउँलाई नै पूरै एक फन्को लगायो । त्यसपछि जहाज त माथिबाट तलतल पो झरिरहेको देखियो ।
    नजिक कुनै विमानस्थल थिएन तर जहाज किन तल आइरहेको छ भनेर हामी अचम्मित भयौं । केहीबेरमै जहाजले घरको छानो नै छुन थालेपछि भने हामी आत्तियौं । जहाज जमिनको नजिकै आइसकेको थियो । तीनजनाले त जहाजभित्रबाटै हामफालेको देख्यौं । पछि थाहा भयो उनीहरू एकै परिवारका रहेछन् ।
    उनीहरू हामफालेलगत्तै जहाज भुइँमा जोतियो । हामी दौडेर त्यहाँ पुग्यौं । अगाडिको भाग पूरै माटोभित्र थियो । हामीले सोच्यौं, जहाजभित्र लास मात्रै भेटिने भयो । तर नजिकै पुग्दा भित्रका मान्छे चिच्याइरहेको सुनेपछि भने केही आस पलायो । हामी हतारहतार उद्धारमा लाग्यौं ।
    त्यतिन्जेल गाउँका अरू मान्छे पनि जम्मा भइसकेका थिए । सबैले मिलेर भित्रका यात्रुलाई बाहिर निकाल्यौं । सबै घाइते भएका थिए । मैले माटोमा धस्सिएको जहाजको अगाडिको भाग हेरें । त्यहाँ बीभत्स दृश्य थियो । को–पाइलट सन्तोष रानाको शव उनको सिटमै थियो । ज्युँदै छन् कि भनेर नियालें । बिस्तारै उनलाई चलाएँ तर मृत्यु भइसकेको रहेछ ।
    नजिकै पाइलट दिनेश न्यौपाने घाइते अवस्थामा थिए । तत्काल उनलाई बाहिर निकालें । उनी बोल्न सकिरहेका थिएनन् तर हातले इशारा गर्थे । सायद उनी बचाऊ भनिरहेका थिए । तत्काल उनलाई उद्धार गरेर अस्पताल पुर्‌याउन सकिएन ।
    अस्पताल टाढा थियो । हेलिकोप्टर नै चाहिन्थ्यो । गाउँमै हामीले सामान्य उपचार गर्‌यौं । एक घन्टासम्म उनी ज्युँदै थिए । पछि उनको पनि मृत्यु भयो ।
    उनलाई बचाउन नसकेकोमा मलाई निकै पछुतो लागेको छ । आफ्नैअगाडि उनले बाँच्न चाहेर पनि ज्यान गुमाए । समयमै अस्पताल पुर्‌याएको भए सायद उनी बाँच्ने थिए ।
    (उद्धारमा संलग्न शिवालय उच्चमावि चिलखायाका लेखापाल खत्रीसँग गरिएको कुराकानीमा आधारित ।)
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.