×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मोर्चाको बन्दले ब्रोडगेज निर्माण कार्य प्रभावित

  •  
  • आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनिका झा

    जनकपुरधाम: मधेसी मोर्चाको ६ महिना लामो बन्द हड्तालका कारण नेपालको एकमात्र रेल्वे ब्रोडगेजको निर्माण कार्य प्रभावित भएको छ ।
    महोत्तरी जिल्लाको बर्दिबासदेखि धनुषाको जनकपुरबाट भारतको जयनगर सम्म ब्रोडगेज निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएपनि बन्द हड्तालको कारण प्रभावित भएको हो ।
    बन्द हड्तालले काम अवरुद्ध भएपछि एक वर्ष ढिलाई हुन सक्ने निर्माण कम्पनी कालिका रमण कन्सट्रक्सनले जनाएको छ । तराई आन्दोलनले ६ महिनासम्म काम ठप्प भएको र अब ९ महिना मात्र थप समय रहेकोले यति छिटो काम पुरा गर्न नसकिने कन्सट्रक्सनका बलराम महतोले बताए ।
    भारत सरकारको आर्थिक सहयोगमा करिब ९ अर्बको लागतमा तीन चरणमा ६९ किलोमिटर लामो ब्रोडगेज रेललाइन निर्माण कार्य अन्र्तगत पहिलो चरणमा पुल, कलभर्ट, माटो पुर्ने लगायतका कामहरु भएका छन् ।
    दोस्रो चरणको काम सुरु गर्न थालिएको कालिका कन्सट्रक्सनले जनाएको छ । भारतबाट विग्घी, जलाध सहितका केही ठूला पुलका नक्सा र डिजाइनहरु नपठाईएका कारण पनि निर्माण कार्यमा ढिलाई भएको महतोले बताए ।
    भारतको इरिकन इन्टरनेशनल कम्पनीको निगरानीमा धनुषा र महोत्तरी जिल्लामा छुट्टाछुट्टै निर्माण कम्पनीले ठेक्का मार्फत काम गरिरहेका छन् ।
    जनकपुरबाट पूर्वको गाउँ कपिलेश्वरदेखि पूर्व इनर्वासम्म नायक इन्फ्रा कन्सट्रक्सन कम्पनीले काम अगाडी बढाएको र त्यस क्षेत्रमा माटो पुर्ने, कलभर्ट तथा पुल निर्माण कार्य भइरहेको जनाईएको छ । त्यसैगरी बिजलपुरादेखि महुवा कपिलेश्वर सम्म कालिका रमण कन्सट्रक्सनले निर्माण कार्यको ठेक्का पाएको हो ।
    ‘पूर्ब तर्फको काम धेरै अगाडी बढिसकेको र पश्चिम तर्फको कामपनि तिव्रगतिमा भइरहेको रेल्वे विभागका साइट इञ्जिनियर बिनोदकुमार ओझाले बताए ।
    बिक्रम संबत १९९४ मा दाउरा इञ्जनबाट नेपालमा रेल सुरु भएको थियो । नेपालको जंगलबाट काठ ढुवानीका लागि भारतमा रहेको तत्कालिन अंग्रेज शासकले सुरु गरेको दाउराबाट चल्ने रेललाई पछि भारत सरकारको सहयोगमा कोइला इन्धननबाट लामो समय सञ्चालन भएको थियो ।
    अहिले तीन वर्षदेखि रेल पूर्ण रुपमा बन्द रहेको छ । रेल्वे विस्तार भएपछि भारततर्पm जयनगर र नेपालमा महोत्तरीको बर्दिबास बजार हुने हुने जनाईएको छ ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.