×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

काँग्रेसको प्राथमिकतामा तराई–मधेस

  •  
  • मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन ४ गते। नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन र तराई–मधेसका विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ ।

    महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम बनाउन काँग्रेसले कावा सभापति रामचन्द्र पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको छ । समितिले छिट्टै नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिई सार्वजनिक गर्ने छ । विसं २००७ अघिसम्म मुलुकको केन्द्रीय राजनीतिमा तराई–मधेसको पहुँच नगण्य रहेको जनाउँदै काँग्रेसले आफ्नो नीति तथा कार्यक्रममा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको सङ्ज्ञाका रुपमा उल्लेख गर्ने भएको छ ।

    त्यस्तै तराई–मधेसको भावना समेत समेटी संविधानको पहिलो संशोधन काँग्रेसकै पहल कदमीमा सम्पन्न भएको उक्त प्रस्तावित मस्यौदामा उल्लेख छ । “तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तरदक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार तराई मधेसका अहम् सवाल हुन्”– मस्यौदामा उल्लेख छ ।

    काँग्रेसले सुरक्षाको प्रत्याभूति तराई–मधेसका जनतालाई सधैँ सताइरहने विषय हुन् भन्दै सीमा क्षेत्रमा राज्यले प्राथमिकताका साथ समाधान र स्थायी प्रबन्धको खोजी गर्नुपर्ने जनाएको छ ।

    संविधानको कार्यान्वयनमा पनि नेतृत्व

    आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले आफ्नै नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी हुन सम्भव भएको जनाउँदै भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ ।

    काँग्रेस संविधान कार्यान्वयनको नेतृत्व लिन अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शित गर्ने नीति प्रस्ताव गरेको छ ।

    काँग्रेसले संविधानले सङ्घीयतालाई संस्थागत गरेको बताउँदै सङ्घीयतासम्बन्धी सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ ।

    सामाजिक दृष्टिकोण

    विविधतापूर्ण चरित्रलाई ध्यानमा राखी नेपाली समाजमा विद्यमान परम्परागत रुढीवादी र विभेदपूर्ण मूल्यमान्यताको अन्त्य र त्यसलाई आधुनिक सभ्य, मूल्य र मान्यतामा रुपान्तरण गर्ने नीतितर्फ पनि काँग्रेसले ध्यान दिने जनाइएको छ ।

    महिलाविरुद्ध हुने यौन शोषण, घरेलु हिंसाविरुद्धका काम सामाजिक आन्दोलनकै रुपमा लैजान काँग्रेसले नेतृत्व लिने सङ्कल्प व्यक्त गरेको छ । काँग्रेसले वादी, मुक्तकमलरी, मुक्तकमैया, चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित आवास तथा रोजागरीका कार्यक्रम गरिने जनाएको छ ।

    शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने ज्येष्ठ नागरिक, वृद्ध एकल महिला, लोपोन्मुख जातजाति, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसङ्ख्यक, असहाय, अशक्त समुदाय र व्यक्ति, महिला र ालबालिकालाई सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने नीति काँग्रेसले लिने उल्लेख छ ।

    काँग्रेसले दलितका सन्दर्भमा पनि छुवाछुतको व्यवहार गर्ने कुनै व्यक्ति काँग्रेसको क्रियाशील सदस्य बन्न र रहन नसक्ने वैधानिक व्यवस्था गरेको छ । त्यस्तै महिलालाई राज्य संयन्त्रमा हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गर्दै जाने सङ्कल्प गरिएको छ ।

    प्रजातान्त्रिक समाजवादः आर्थिक नीति

    काँग्रेसले २०१५ सालमा प्रथम निर्वाचित सरकारको नेतृत्व गर्दा कृषि क्षेत्रलाई प्रभाव पार्ने भूमि र श्रमलाई विशेष महत्व दिँदै जमिनमा कृषकको पहुँच सुनिश्चित गर्ने नीति आगाडि सार्दा छोटो समयमा पनि ठूलो प्रभाव पारेको प्रस्तावित मस्यौदामा छ ।

    त्यसपछि २०४७ सालको बहुदलीय प्रजातन्त्रको सुरुआतपछि काँग्रेसले विश्व परिवेश र देशभित्रको आर्थिक अवस्थालाई ध्यानमा राख्दै खुला अर्थतन्त्र र उदार अर्थनीतिलाई आर्थिक उन्नतिको मूल नीतिका रुपमा आगाडि ल्याइएको जनाएको छ । सो नीतिले नै राष्ट्रको आम्दानीमा उल्लेखनीय वृद्धि भएको र राष्ट्र सामाजिक क्षेत्रमा लगानी बढाउन सफल भएको काँग्रेसको ठहर छ ।

    मुलुकको वर्तमान अर्थतन्त्रलाई समृद्ध विश्व परिदृश्यमा आएका परिवर्तनलाई ध्यानमा राख्दै, नेपाली जनताले आफँैले बनाएको संविधानलाई निर्देशक सिद्धान्तका रुपमा ग्रहण गर्दै आर्थिक उन्नतिको अभियान चलाउने काँग्रेसले जनाएको छ ।

    प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुनेछ । काँग्रेसले आर्थिक पुनरोत्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रुपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।

    वैदेशिक नीति

    काँग्रेसले भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने जनाएको छ ।

    राष्ट्रिय एकता र मेलमिलापबाट नै विभिन्न मतालम्बीलाई संयोजन गर्न सकिने र देश विकासका लागि राष्ट्रिय शक्तिको जगमा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई केन्द्रबिन्दुमा राखेर काँग्रेसले निकटतम छिमेकीका साथै विश्व समुदायसँग परराष्ट्र नीति सञ्चालन गर्ने आफ्नो नीति हुने जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.