×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘चिसोले मारिसक्यो, कहिले सार्ला खै!’

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    नवीन खतिवडा/नरहरी सापकोटा

    गोरखा- गोरखाको सौरपानी र सिमजुङ गविसको बीचबाट दरौंदी नदी बग्दछ, जसको वारी पारी झोलुङ्गे र बालुवा गउँका वस्ति छन् । ४० वर्षिय मनकुमारी गुरुङ अहिले सिमजुङको बालुवामा टिनको टहरो हालेर बसिरहेकी छन् ।
    उनी दिनमा पटक पटक टहरो बाहिर आउँछिन् र खोलापारीको झोलुङ्गे गाउँ तिर हेर्दै टोलाउँछिन् । बैशाख १२ गतेको महाभूकम्प नजाँदासम्म झोलुङ्गेमा २६ घरधुरी बसोबास गर्थे, जसमध्ये एउटा परिवार मनकुमारीको थियो । भूकम्पको केन्द्रविन्दु बारपाकसँग जोडिएको सौरपानीको यो वस्ती महाभूकम्पपछि ध्वस्त भयो । त्यहाँ भएका सबै २६ घर ध्वस्त भए ।
    'चिसोले मारिसक्यो, कहिले सार्ला खै!'
    “त्यो दिन सम्झँदै डर लाग्छ । म त बेहोस जस्तै भएको थिए । घरहरु भत्किए,” मनकुमारीले सम्झिइन्, “हाम्रो एक जना छिमेकी भाउजू माथिबाट झरेको ढुंगाले किचिइन् । घर त धुलो भए तर हामी बाँच्यौं ।”

    सौरपानी गाविस ८ को सानो बस्ति झोलुङ्गेको माथि रनचौकको डाँडा छ । बस्तिमाथिको भीरमा धाँजा फाँटेको छ र पहिरो गएको छ ।

    “ठूला ढुंगा झरिरहन्छन् । झोलुङ्गेमा बस्न सकिएको छैन,” ५५ वर्षिय सुकबहादुर गुरुङले भने, “अब भोलीका दिनमा पनि झोलुङ्गेमा बस्न सकिएला भन्ने पनि देखिँदैन ।”

    “भट्टराई पूर्व प्रधानमन्त्री एवम गोरखाबाट सभासदमा निर्वाचित बाबुराम भट्टराई) जेठमा आएका थिए । तिमीहरुलाई सुरक्षित ठाउँमा सारिन्छ भनेका थिए,” सुकबहादुरले थपे, “उनी पनि सासंद छाडेर अन्तै लागे रे । हामीलाई सुरक्षित ठाउँमा सार्ने कुरा पनि हरायो ।”

    सुकबाहादुरको कुरामा कुरा थप्दै मनकुमारी रिसाईन् । “कति जनाले हे¥यो । के के लेखेँ भन्यो । न हामीलाई अन्त सा¥यो न गतिलो राहत नै दियो,” उनले भनिन्, “हामीलाई सबैले विर्सियो ।”

    झोलुङ्गेबाट विस्थापितहरु बालुवाका छाप्रामा सिमित राहतका भरमा गुजारा गरिरहेका छन् । “अन्त त के सार्ला खोई? यहिँ चिसोले विरामी परिसक्यौं,” उनले सुनाइन्, “अहिलेसम्म जाडोमा दिने भनेको १० हजार त दिएको छैन ।” उनले पिडितहरुमा रुघाखोकी र टन्सील बढ्ने समस्या देखिएको पनि सुनाइन् ।

    यसैगरी, धादिङको सेर्तुङ गाविसको पेन्दिसा गाउँका ७० घरपरिवार जिल्ला सदरमुकाम नजिकैको अल्छि डाँडाको सामुदायीक वन भित्र अस्थाइ टहरा हालेर बसेका छन् ।

    “चिसोमा ओड्नेओछ्याउने लुगा थारै छन् । यस्तो टहरोमा बस्दा गाह«ो भएको छ,” २४ वर्षिया कासमाया तामाङले भनिन्, “पेन्दिसामा पहिरोले बस्न नसकिने डर छ ।” पिडितहरुले फेरी गाउँ फर्कन नसकिने दावी गरिरहँदा धादिङको उत्तरी गाविस सेर्तुङ स्थित यो वस्ति अन्त सार्नै पर्ने हो कि होइन भन्ने कुनै भौगर्भिक अध्ययन चाहिँ हुन सकेको छैन ।

    पिडितहरु चिन्ता र चिसोले कठ्याग्रीँदा सरकारी निकायहरुबीच भने तालमेलको अभाव देखिएको छ । “जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले जेठमा नै १७ ठाउँका वस्तिलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो,”गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भने, “मंगलबार पनि समितीको बैठकले खानी विभाग र संवन्धित निकायहरुमा पहिरोको जोखिमबारे अध्ययन गर्न पत्रचार गर्ने निर्णय गरेको छ ।”

    खानी विभागका महानिर्देशक सर्वजीत महतोले भने विभागलाई अध्ययन गर्नुपर्ने जिल्ला र ठाउँहरुको पहिचान गरी कुनै निकायबाट जानकारी आइनसकेता पनि आफ्नो जिम्मेवारी पुरा गर्न तयारी गरिरहेको बताए । “जनशक्ति पर्याप्त छैन तर बाहिरबाट भर्ना गरेर भए पनि भौगर्भिक अध्ययन गर्ने सोचमा छौ,” महतोले बताए ।

    यसैगरी सहरी विकास मन्त्रालयका प्रवक्ता पदम कुमार मैनालीले मन्त्रालयले तथ्यांकहरु संकलन गरिरहेको र वस्ति स्थानान्तरण गर्नु पर्ने ठाउँको पहिचानका लागि भौगर्भिक अध्ययन गर्न केहि जिल्लामा सरकारी टोलीहरु गइरहेको दावी गरे । गृह मन्त्रालयका सहप्रवक्ता केशव आचार्यले भने आफ्नो मन्त्रालय राहत वितरणको कार्यमा अहिले बढी केन्द्रित रहेको र भूकम्पपछिका अन्य विषयहरुलाई कसरी सम्वोधन गर्ने भन्ने बारेमा पुननिर्माण प्राधिकरणको निर्देशन र संयोजन कुरिरहेको बताए ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.