
“त्यो दिन सम्झँदै डर लाग्छ । म त बेहोस जस्तै भएको थिए । घरहरु भत्किए,” मनकुमारीले सम्झिइन्, “हाम्रो एक जना छिमेकी भाउजू माथिबाट झरेको ढुंगाले किचिइन् । घर त धुलो भए तर हामी बाँच्यौं ।”
सौरपानी गाविस ८ को सानो बस्ति झोलुङ्गेको माथि रनचौकको डाँडा छ । बस्तिमाथिको भीरमा धाँजा फाँटेको छ र पहिरो गएको छ ।
“ठूला ढुंगा झरिरहन्छन् । झोलुङ्गेमा बस्न सकिएको छैन,” ५५ वर्षिय सुकबहादुर गुरुङले भने, “अब भोलीका दिनमा पनि झोलुङ्गेमा बस्न सकिएला भन्ने पनि देखिँदैन ।”
“भट्टराई पूर्व प्रधानमन्त्री एवम गोरखाबाट सभासदमा निर्वाचित बाबुराम भट्टराई) जेठमा आएका थिए । तिमीहरुलाई सुरक्षित ठाउँमा सारिन्छ भनेका थिए,” सुकबहादुरले थपे, “उनी पनि सासंद छाडेर अन्तै लागे रे । हामीलाई सुरक्षित ठाउँमा सार्ने कुरा पनि हरायो ।”
सुकबाहादुरको कुरामा कुरा थप्दै मनकुमारी रिसाईन् । “कति जनाले हे¥यो । के के लेखेँ भन्यो । न हामीलाई अन्त सा¥यो न गतिलो राहत नै दियो,” उनले भनिन्, “हामीलाई सबैले विर्सियो ।”
झोलुङ्गेबाट विस्थापितहरु बालुवाका छाप्रामा सिमित राहतका भरमा गुजारा गरिरहेका छन् । “अन्त त के सार्ला खोई? यहिँ चिसोले विरामी परिसक्यौं,” उनले सुनाइन्, “अहिलेसम्म जाडोमा दिने भनेको १० हजार त दिएको छैन ।” उनले पिडितहरुमा रुघाखोकी र टन्सील बढ्ने समस्या देखिएको पनि सुनाइन् ।
यसैगरी, धादिङको सेर्तुङ गाविसको पेन्दिसा गाउँका ७० घरपरिवार जिल्ला सदरमुकाम नजिकैको अल्छि डाँडाको सामुदायीक वन भित्र अस्थाइ टहरा हालेर बसेका छन् ।
“चिसोमा ओड्नेओछ्याउने लुगा थारै छन् । यस्तो टहरोमा बस्दा गाह«ो भएको छ,” २४ वर्षिया कासमाया तामाङले भनिन्, “पेन्दिसामा पहिरोले बस्न नसकिने डर छ ।” पिडितहरुले फेरी गाउँ फर्कन नसकिने दावी गरिरहँदा धादिङको उत्तरी गाविस सेर्तुङ स्थित यो वस्ति अन्त सार्नै पर्ने हो कि होइन भन्ने कुनै भौगर्भिक अध्ययन चाहिँ हुन सकेको छैन ।
पिडितहरु चिन्ता र चिसोले कठ्याग्रीँदा सरकारी निकायहरुबीच भने तालमेलको अभाव देखिएको छ । “जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले जेठमा नै १७ ठाउँका वस्तिलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो,”गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भने, “मंगलबार पनि समितीको बैठकले खानी विभाग र संवन्धित निकायहरुमा पहिरोको जोखिमबारे अध्ययन गर्न पत्रचार गर्ने निर्णय गरेको छ ।”
खानी विभागका महानिर्देशक सर्वजीत महतोले भने विभागलाई अध्ययन गर्नुपर्ने जिल्ला र ठाउँहरुको पहिचान गरी कुनै निकायबाट जानकारी आइनसकेता पनि आफ्नो जिम्मेवारी पुरा गर्न तयारी गरिरहेको बताए । “जनशक्ति पर्याप्त छैन तर बाहिरबाट भर्ना गरेर भए पनि भौगर्भिक अध्ययन गर्ने सोचमा छौ,” महतोले बताए ।
यसैगरी सहरी विकास मन्त्रालयका प्रवक्ता पदम कुमार मैनालीले मन्त्रालयले तथ्यांकहरु संकलन गरिरहेको र वस्ति स्थानान्तरण गर्नु पर्ने ठाउँको पहिचानका लागि भौगर्भिक अध्ययन गर्न केहि जिल्लामा सरकारी टोलीहरु गइरहेको दावी गरे । गृह मन्त्रालयका सहप्रवक्ता केशव आचार्यले भने आफ्नो मन्त्रालय राहत वितरणको कार्यमा अहिले बढी केन्द्रित रहेको र भूकम्पपछिका अन्य विषयहरुलाई कसरी सम्वोधन गर्ने भन्ने बारेमा पुननिर्माण प्राधिकरणको निर्देशन र संयोजन कुरिरहेको बताए ।




















