×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४६ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘न कल रह्यो न नरसिंगा’

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    नवीन खतिवडा/ नरहरि सापकोटा

    आरुघाट (गोरखा)- वैशाख १२ को शक्तिशाली भूकम्पले धेरै नेपालीलाई धेरै थरी पीडा थोपर्योए। केहीले आफ्ना प्रियजन गुमाए भने ठूलो संख्यामा मानिस घरबारविहीन भए। भूकम्पको केन्द्रबिन्दु बारपाकभन्दा केही वरको गोर्खाली गाउँ मुच्चोकस्थित कुसुण्डे डाँडाका आइतबहादुर परियारका लागि भूकम्पले भएजति पीडा एकैपटक ल्याइदियो। उनको घर भत्कियो।
    'न कल रह्यो न नरसिंगा'
    भत्किएको घरले नौ महिनाकी नातिनी पुर्यो । त्यसमाथि उनले अपनाउँदै आएको परम्परागत पेसाका औजार घरसँगै च्यापिँदा अबको जिन्दगी कसरी गुजार्ने भन्ने ठूलो प्रश्न तेर्स्याइदियो।

    उमेरले ५० नाघेका परियार अरूका खेतबारीमा काम सघाएर, लुगा सिलाएर र बिहेबटुलोमा नरसिंगा बजाएर ११ जनाको परिवार पाल्दै आएका थिए। भूकम्पअघिसम्म उनीसँग एउटा सानो घर थियो। भूकम्पले त्यो भत्किएन मात्र, त्यसले नातिनीको जीवन लियो र बाँचेकाहरुको जीविका पनि खोसेर लग्यो।

    ‘सुरुमा पाएको १५ हजार राहतले टहरो बनाइयो। केटाकेटीलाई कपडा र खाना किनियो। केही बोरा राहतको चामल र लुगा पाइयो। चाँडै न्यानो कपडा किन्न १० हजार दिने भनेका छन्,’ परियारले सुनाए, ‘यतिले एउटा परिवार पाल्न साँच्चै गाह्रो रहेछ।’

    परिवारको भविष्यप्रति अनिश्चित छन् परियार। ‘मैले जानेकै खेतमा काम गर्न, लुगा सिउन र नरसिंगा बजाउन हो। नरसिंगा र लुगा सिउने कल त घरसँगै पुरिएर गए,’ आँखा भिजाउँदै परियारले भने, “यो वर्ष त खेती पनि कसैकसैले मात्र गरे। अब कसरी बाँच्ने हो, सोच्नै सकेको छैन।’

    एक सय ३४ घरधुरी रहेको कुसुण्डेमा झन्डै दुई दर्जन घरधुरी दलितका छन् र सबैका कथा लगभग उस्तै छन्। दलित मात्र होइन, भूकम्प अति प्रभावित क्षेत्रमा परम्परागत पेसाका भरमा गुजारा चलाउँदै आएका धेरै गरिब परिवारको अवस्था उस्तै छ।

    धादिङ, सल्यानटारको सेउलीबजार बस्दै आएका भक्तबहादुर भट्टको कथा पनि उस्तै छ। उमेरले ५९ वर्ष पार गरेका भट्टको जीवन सुकुम्बासी भएरै बित्यो। बूढीगण्डकी खोलामा माछा मारेर जीविका गर्दै आएका भट्ट २५ वर्षअघि गोरखाको आरू, चनौटेबाट वारि धादिङ सरेका थिए। बूढीगण्डकी किनारको सार्वजनिक जग्गामा सानो घर बनाएका थिए र माछा मारेरै आफ्ना तीन छोरी हुर्काएका थिए।

    ‘जीवनभर माछा मार्न मात्र जानेँ तर केही वर्षअघिदेखि मान्छेले खोलामा माछा मार्न करेन्ट छाड्ने, बम हान्न थालेपछि यसै पनि मेरो जीवन गाह्रो भएको थियो,’ भट्टले सुनाए, ‘यो भूकम्पले त मलाई के गर्नु र कसो गर्नु बनायो।’

    भूकम्पले ऐलेनी जग्गामा रहेको ढुंगामाटोको घर भत्काएपछि भट्टदम्पती टिनको छाप्रो हालेर बसेका छन्। ‘सरकारले पहिलोपटक दिएको १५ हजार राहतले यो छाप्रो हालेँ तर यो चिसोमा त टिनको छाप्रोभित्र रात गुजार्न गाह्रो हुन्छ,’ भट्टले भने, ‘चारतिरबाट मात्र होइन, तल र माथिबाट पनि चिसो आउँछ। कहिले उज्यालो होला भनी पर्खनुपर्छ।’

    भूकम्पपछि भट्ट यति आत्तिएका छन् कि उनका अगाडि आशाका सबै ढोका बन्द हुँदै आएका छन्। ‘बिहे गरेर गएका छोरीहरु छन्, एउटै आस तिनले हेर्लान् भन्ने हो,’ उनले सुनाए, ‘तर अहिले त उनीहरुलाई नै गुजाराका लागि गाह्रो छ।’

    सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरेर प्रत्येक पीडित परिवारलाई घर बनाउन २ लाख रुपैंयाँसम्म अनुदान दिने आश्वासन दिएको छ। तर, यी घरवारविहीनमा भने त्यो पनि पाउनेमा शंकाले घेरेको छ।

    ‘पाउने त सुनेको हो, हामी सुकुम्बासीले पाउँछौं कि पाउँदैनौं?’ भट्टले सोधे, ‘पाए पनि कहिले पाउने हो, आसमा बाँच्नेबाहेक के पो उपाय छ र!’

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.