गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
सोमबार देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


