गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ भने तराई भागमा बिहानीपख केही स्थानमा हुस्सु लागेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी हिमाली तथा पहाडी भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
भोलि देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


