गाेरखा । सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागुऔषध सहितको मोटरसाइकल बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा कार्तिक ४ गते सुनसरी जिल्ला भोक्राह नरसिंह गाउँपालिका-४ स्थित नहर चोक बाट लागुऔषध सहित माेटरसाइकल बरामद भएको सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
लागुऔषध सहित बरामद मोटरसाइकल
उनका अनुसार प्र.१ ०२-०४७ प १४७२ नं. को पार्क गरि राखिको अवस्थामा भेटिएको मोटरसाइकलमा लागू औषध भेटिएको हो ।
नेपाल प्रहरीको सहित संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरुले फेला पारेको लागूऔषध लुटपाटको प्रयास गरेका थिए ।
उनिहरुले लागुपदार्थ लुटपाट गरि प्रमाण नस्टको प्रयास गर्दै हुलहुज्ज्त समेत गरेका थिए । चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रमाडोल १६ पत्ता र अर्को एक लागुपदार्थ ४ पत्ता फेला परेको थियो ।
उक्त मोटरसाइकल र लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ ।



