गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ५०० रुपैयाँले बढेर तोलाकाे २ लाख ९० हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ८५ रुपैयाँले बढेर ताेलाकाे ४ हजार १८५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार १०० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४८ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ५८८ रुपैयाँमा काराेबार भएकाे छ ।


