गाेरखा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ ।
जसका कारण देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यसैगरी, देशको हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


