गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले घटेर तोलाकाे २ लाख ८९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९० हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा १५० रुपैयाँले बढेर ताेलाकाे ४ हजार १०० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार १५० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४८ हजार ३७० रुपैयाँ र चाँदी ३ हजार ५१५ रुपैयाँमा काराेबार भएकाे छ ।


