गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसकाे प्रभावका कारण हाल देशका हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउसाे देशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागमा पनि आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मौसम प्रभावित बन्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशको हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । यसका साथै सोही क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना समेत रहेको छ ।’


